Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चितवनमा आजबाट थोक बजार खुल्यो

\"\"

चितवन । बन्दाबन्दीका कारण बन्द रहेको ‘महानगर फलफूल तथा तरकारी बजार’ बुधबारदेखि सञ्चालनमा आएको छ । कोभिड–१९ को जोखिम हुन नदिन सो तरकारी बजार गत चैत १८ गतेदेखि बन्द गरिएको थियो । यसबाट कृषकले उत्पादन गरेको तरकारी खेर गएको थियो ।

भारतीय तरकारी बोकेका सवारी साधन बजारमा आउन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाकै ठूलो सो तरकारी बजार बन्द गराएको थियो । जिल्लामा कोरोना सङ्क्रमित समेत देखिन थालेपछि स्थानीयवासीले तरकारी बजार बन्द गराउन दबाब दिएका थिए । अहिले पनि भारत तथा अन्य मुलुकबाट बजारमा तरकारी तथा फलफूल ल्याउन भने बन्द नै गरिएको छ ।
भरतपुर महागनरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ , कृषि ज्ञान केन्द्र, महानगर फलफूल तथा थोक बजार समिति र टोल विकास संस्थाबीचको संयुक्त बैठकले फलफूल तथा तरकारी बजार खुलाउने सहमति गरेको हो ।

सो बैठकले बिहान ६ देखि बेलुका ४ बजेसम्म सो बजार खोल्ने सहमति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । तर पहिलो चरणमा सो बजारका थोक पसलमात्र खुल्नेछन् । यी पसलले स्वदेशीउत्पादन मात्र बिक्री गर्नुपर्ने नियम बनाइएको छ । महानगर फलफूल तथा तरकारी बजारमा ६० होलसेल पसल रहेका छन् । सो बजारमा तत्कालका लागि खुद्रा बेच्न भने रोक लगाइएको छ ।

उत्पादित तरकारी बजारसम्म पु¥याउन नसक्दा कृषक समस्यामा पर्दै आएका छन् । बजार खुल्ने भएपछि कृषकले केही राहतको महसुस गरेका छन् । यसअघि पनि कृषकले सामाजिक दूरी कायम राखेर प्रशासनलाई बजार खोल्नका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । जिल्लाकै ठूलो तरकारी बजार खुल्न नसक्दा लकडाउनको समयमा कृषकले बाहिरी जिल्लामा बिक्री गर्दै आएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies