Khabar Dabali Logo
  July 4, Sat

विदेशी नागरिकसँग मिलेर ठगीको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

काठमाडौं । ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा अध्ययगमन विभागले सुरक्षामा खटिएका १५ जना प्रहरीमाथि अनुसन्धान थालेको छ । उनीहरुमाथि विभागको हिरासतमा रहेका नाइजेरियाका नागरिक जेम्स एडी जेबीलाई फोन उपलब्ध गराएर ठगी कार्यका लागि सहयोग गरेको आरोप रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० को अनुसन्धानमा सुरक्षामा खटिएका प्रहरीले सघाएको पाइएपछि विभागको सुरक्षामा रहेका सबै प्रहरीलाई नेपाल प्रहरीको दुई नम्बर गणमा राखेर अनुसन्धान थालिएको उनले बताए । घटनामा संलग्न देखिएको भन्दै सिआइबीले कारवाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पत्र पठाएको थियो । सोही पत्रको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।

अधयागमन विभागको सुरक्षामा अर्को टोली पठाइएको छ । एक हप्ताअघि नाइजेरियाका नागरिक जेबीले हिरासतबाटै अनलाइनमार्फत साथी बनाएर ठगी धन्दा चलाएको सिआइबीमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा उनले ह्वाट्स् एपको प्रयोग गरी साथी बनाएर विभिन्न लोभ देखाई पैसा माग्ने गरेको खुल्न आएको छ । आफू अमेरिकी सैनिक भएको र सिरियाको मिसनका बेला अपरेशन गर्दा ९० लाख डलर भेटिएकाले अमेरिका पठाउने अवस्था नभएको उल्लेख गरी नेपाल पठाउन लागेको भन्दै पैसा माग्ने गरेका थिए ।

त्यसरी नेपालमा पठाएको पैसा लिन कूटनीतिक पासपोर्ट भएका आफ्ना सहयोगी नेपाल आउन लागेका बेला दुबईमा अड्किएकाले उसलाई निकाल्नका लागि पैसा चाहियो भनेर एक हजार २५ डलर मागेको पाइएको सिआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनी नेपालमा लागुऔषध मुद्दामा छ वर्ष जेल सजाय पाएर छुटेका व्यक्ति हुन् । प्रवेषाज्ञा सकिएकाले उनलाई डिपोर्ट गरेर चैत १० गते नै पठाउन लागिएको थियो तर अन्तर्राष्ट्रिय उडान रोकिएपछि उनी अध्यागमन विभागको हिरासतमा रहेका थिए ।

जेठ २१ गते, २०७७ - १८:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीका ८० प्रतिशत कोरोना सङ्क्रमित निको भए

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार...   

स्नातक तहमा अध्ययनरत बुहारी र छोरीलाई अब निःशुल्क शिक्षा

काठमाडौं । घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत...   

प्रदेश नं १ मा ३८ जना नयाँ कोरोना सङ्क्रमित थपिए

विराटनगर । प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार...   

क्यान्सर, मधुमेह, आइसियू र आकस्मिक सेवाका बिरामीको पनि पीसीआर परीक्षण

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को परीक्षण दायरा बढाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...   
प्रधानमन्त्री फिलिपद्वारा राजिनामा, जाँ कास्टेक्स फ्रान्सको नयाँ प्रधानमन्त्री नियुक्त

प्रधानमन्त्री फिलिपद्वारा राजिनामा, जाँ कास्टेक्स फ्रान्सको नयाँ प्रधानमन्त्री नियुक्त

पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम...   

पटका कारखानामा विष्फोट पछि आगलागि हुँदा कम्तीमा ४१ श्रमिक घाइते

स्तानबुल । टर्कीको उत्तरपश्चिमी क्षेत्रमा एक पटका कारखानामा विष्फोट हुँदा त्यहाँ कार्यरत कम्तीमा...   

काँग्रेसद्वारा ‘कोभिड—१९ अनुगमन समिति’लाई पूर्णता

काठमाडौं । नेपाली काँग्रेसले गत जेठ २६ गते कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन...   

प्रधानसेनापति थापाद्वारा पदोन्नतिको दज्र्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथीमा प्रेम शाही र सहायकरथीमा बढुवा हुने प्रेमबहादुर...   

लागुऔषधसहित दुईजना युवक पक्राउ

सप्तरी । लागुऔषध ओसारपसार गरिरहेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । राजगढ गाउँपालिका–२...   

तीन महिनाको अवधिमा पर्यटन क्षेत्रले ३४ अर्ब गुमायो : छिट्टै खुलाउने तयारी, १६ हजार नेपालीको उद्धार

काठमाडौं । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको करिब तीन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top