Khabar Dabali Logo
  July 4, Sat

बैंकमा अत्यधिक भीड बढेपछि वडाबाटै सामाजिक सुरक्षाभत्ता

काठमाडौ । बन्दाबन्दीको समयमा बैंकमा सर्वसाधारणको अत्यधिक भीड बढेपछि व्यास नगरपालिकाका वडा कार्यालयले वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेका छन् ।

व्यास नगरपालिका–४ र ९ ले सामाजिक दूरी कायम गर्दै वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेका हुन् । अहिलेको विषम परिस्थितिमा बैंकबाट भत्ता वितरण गर्दा भीडभाड बढेको र लाभग्राहीलाई पनि अप्ठ्यारो भएका कारण वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरिएको व्यास नगरपालिका–४ का सदस्य वसुन्धरा घर्तीले जानकारी दिए ।

“यसभन्दा अगाडि बैंकबाटै भत्ता वितरण हुँदै आएको थियो, तर अहिलेको परिस्थतिमा बैंकबाट वितरण गर्दा बढी भीडभाड हुने देखियो”, घर्तीले भने, “त्यही भएर सामाजिक दूरी कायम गर्दै वडाबाटै भत्ता वितरण गर्यौ ।” उनका अनुसार प्रभु बैंक दमौली शाखाको समन्वयमा वडाबाट १६० जनालाई चार महिनावापतको सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । वडामा २४७ लाभग्राही छन् । बाँकीलाई बैंकले समय मिलाएर सामाजिक सुरक्षाभत्ता वितरण गर्नेछ ।

वडाबाटै सामाजिक सुरक्षाभत्ता पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । बन्दाबन्दीको समयमा बैंकमा गएर पालो पर्खिएर भत्ता बुझ्न समस्या हुने भएकाले वडाबाटै भत्ता पाउँदा सजिलो भएको ज्येष्ठ नागरिक केशरबहादुर गुरुङले बताए। “बन्दाबन्दीले गर्दा सधैँ बैंक पनि खुल्दैन, खुलेको दिनमा भीडभाड हुन्छ, घर नजिकै भत्ता पाउँदा सजिलो भयो”, उनले भने ।

यसैगरी व्यास नगरपालिका–९ ले पनि वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । वडाध्यक्ष सुरेश थापाले महालक्ष्मी विकास बैंक दमौली शाखाको समन्वयमा २७० लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको जानकारी दिए । बैंकको शाखा कार्यालय दमौलीमा रहेकाले गाउँका ज्येष्ठ नागरिकलाई बन्दाबन्दीका कारण दमौली पुग्न समस्या भएकाले वडाबाटै भत्ता वितरण गरिएको थापाले बताए।

“बन्दाबन्दीका कारण सवारी साधन नचल्ने भएकाले हिँडेर जान तीन÷चार घण्टासम्म लाग्छ, सोही कारण गाउँमै बैंकका कर्मचारीलाई बोलाएर भत्ता वितरण गर्यौ”, उनले भने । महालक्ष्मी विकास बैंक दमौली शाखाका प्रबन्धक सुदीप न्यौपानेले ज्येष्ठ नागरिक, एकल महिला, दलित र अपाङ्गता भएकालाई गाउँमै पुगेर सामाजिक भत्ता वितरण गर्दा लाभग्राहीलाई पनि सहज भएको बताए । उनका अनुसार सामाजिक दूरी कायम गरी सुरक्षित हिसाबले भत्ता वितरण गरिएको छ ।

व्यास नगरपालिकाले दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था खोल्नका लागि हप्ताको चार दिन निर्धारण गरेको छ । प्रभु बैंक र महालक्ष्मी बैंक मङ्गलबार बन्द रहने भएका कारण ती दुई बैंकले गाउँमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेका हुन्। नगरपालिकाले सोमबार, मङ्गलबार, बुधबार र बिहीबार हप्ताको चार दिन दमौलीका बैङ्कलाई बिहान ११ देखि दिउँसो ३ बजेसम्म खोल्न अनुमति दिएको छ ।

जेठ २१ गते, २०७७ - १६:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतबाट ल्याएको अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच जना पक्राउ

भारतबाट ल्याएको अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच जना पक्राउ

लहान । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्या्रक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको...   

आज कुन-कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौं । शुक्रबाार नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । गत २४ घण्टामा थप ७ सय...   
प्रेममा सम्बन्धमा रहेका एक जोडीले एकैसाथ हाम फाले नहरमा

प्रेममा सम्बन्धमा रहेका एक जोडीले एकैसाथ हाम फाले नहरमा

महेन्द्रनगर । कञ्चनपुरमा युवायुवतीले नहरमा हाम फालेको छन् । शुक्रबार बिहान ११ बजेतिर जिल्लाको भीमदत्त...   
यसकारण एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

यसकारण एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

काठमाडौ । नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट)सम्झौता...   

भैंसी चराउन निस्केकी बालिका मृतावस्थामा फेला

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा फेला परेकी...   
आज एकै दिन ७४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

आज एकै दिन ७४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं । नेपालमा शुक्रबार ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न २३ प्रयोगशालामा...   

क्वारेन्टाइनमा आत्महत्या गरेका युवकमा देखियो कोरोना पोजिटिभ

रोल्पा । जिल्लाको पश्चिमी एक गाउँको गोठमा क्वारेन्टाइन झुण्डिएर आत्महत्या गरेका ३१ वर्षीय पुरुषमा...   

वाग्मतीको अर्थसम्बन्धी विधेयक पारित

हेटौँडा । वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई...   

युवकको मृत्युपछि पानी ट्याङ्करमा आगजनी

भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका–७ का ३८...   

सिन्धुपाल्चोकमा पहिरोले बगायो घर

सिन्धुपाल्चोक । गएरातिको परेको अविरल वर्षाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित कात्तिकेमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top