Khabar Dabali Logo
  July 4, Sat

स्वास्थ्यकर्मीसहित नौ जनाको आरडिटी रिपोर्ट पोजेटिभ, भोजपुरको पौवादुङ गाउँपालिका सिल

भोजपुर । भोजपुरको पौवादुङमा नौ जनाको आरडिटी परीक्षण नतिजा पोजेटिभ आएपछि गाउँपालिका सिल गरिएको छ ।

मङ्गलबार ३३ जनाको आरडिटी परीक्षण गर्दा स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि समुदायमा सङ्क्रमण फैलिन नदिन सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष किरण राईले भने, “आरडिटी परीक्षण गर्दा छ स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप सतर्कता अपनाउन गाउँपालिका नै सिल गर्ने निर्णय गरेका छौ, आरडिटी किट अभावले अन्यको परीक्षण गराउन सकिएन, आवश्यक स्वास्थ्य सामग्रीका लागि प्रदेश सरकारलाई माग गर्नेसमेत आकस्मिक बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।”

आरडिटी पोजेटिभ आएका सबैलाई वडा नं १ श्यामशीलास्थित राधाकृष्ण माध्यमिक विद्यालयको आइसोलेसन वार्डमा राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले जानकारी दिए । उनीहरुको आज स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाउने तयारी रहेको पनि उनले जानकारी दिए । गाउँपालिकामा स्वाब सङ्कलनमा लागि १० वटा मात्र भिटिएम रहेको संयोजक दाहालको भनाइ छ । पुनः आज सात जनाको पनि आरडिटी पोजेटिभ आएको छ ।

जेठ २१ गते, २०७७ - १६:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतबाट ल्याएको अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच जना पक्राउ

भारतबाट ल्याएको अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच जना पक्राउ

लहान । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्या्रक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको...   

आज कुन-कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौं । शुक्रबाार नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । गत २४ घण्टामा थप ७ सय...   
प्रेममा सम्बन्धमा रहेका एक जोडीले एकैसाथ हाम फाले नहरमा

प्रेममा सम्बन्धमा रहेका एक जोडीले एकैसाथ हाम फाले नहरमा

महेन्द्रनगर । कञ्चनपुरमा युवायुवतीले नहरमा हाम फालेको छन् । शुक्रबार बिहान ११ बजेतिर जिल्लाको भीमदत्त...   
यसकारण एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

यसकारण एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

काठमाडौ । नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट)सम्झौता...   

भैंसी चराउन निस्केकी बालिका मृतावस्थामा फेला

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा फेला परेकी...   
आज एकै दिन ७४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

आज एकै दिन ७४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं । नेपालमा शुक्रबार ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न २३ प्रयोगशालामा...   

क्वारेन्टाइनमा आत्महत्या गरेका युवकमा देखियो कोरोना पोजिटिभ

रोल्पा । जिल्लाको पश्चिमी एक गाउँको गोठमा क्वारेन्टाइन झुण्डिएर आत्महत्या गरेका ३१ वर्षीय पुरुषमा...   

वाग्मतीको अर्थसम्बन्धी विधेयक पारित

हेटौँडा । वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई...   

युवकको मृत्युपछि पानी ट्याङ्करमा आगजनी

भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका–७ का ३८...   

सिन्धुपाल्चोकमा पहिरोले बगायो घर

सिन्धुपाल्चोक । गएरातिको परेको अविरल वर्षाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित कात्तिकेमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top