Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मनाङ प्रवेशमा रोक

मनाङ । कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ । मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सवारी र पैदलयात्रीलाई प्रवेशमा रोक लगाइएको छ । मुख्य नाकामा कडाइ गरिएमा मनाङमा फैलिन सक्ने सङ्क्रमणको सम्भावनालाई भने योसँगै कम गर्न सकिने उनीहरुको अनुमान छ ।

देशका करिब ६० जिल्लामा कोभिड–१९ को सङ्क्रमित पुष्टि भइसकेकाले पैदलयात्री र एम्बुलेन्सबाहेक अन्य सवारी साधनलाई प्रवेशमा रोक लगाइएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए। घलेका अनुसार धेरैजसो जिल्लामा सङ्क्रमण फैलिसकेकाले मनाङमा सङ्क्रमण प्रवेश हुन नदिनका लागि यस्तो निर्णय गरिएको हो ।

जिल्लाको प्रवेश नाका नासों गाउँपालिका–१ तालडाँडामा जाँचचौकी बनाएर कडाइ गरिएको उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा जाँचचौकी राखेर नै कडाइका साथ स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको उनले बताए। “यहाँका बासिन्दालाई सुरक्षित बनाउने पहिलो जिम्मेवारी जनप्रतिनिधिको हो, त्यसैले कडाइ गरे यहाँ सङ्क्रमण फैलिन पाउँदैन भन्ने हेतुले २४ घण्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाएका छौँ”, घलेले भने ।

बन्दाबन्दीको अवस्थामा आउने गरेका तरकारी, फलफूल, मासु र पेयपदार्थको भने यही जेठ १७ गतेदेखि आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए। “बन्दाबन्दीको अवधिमा अत्यावश्यक खाद्यान्न, ग्यास, विकास निर्माणसम्बन्धी सामग्री, औषधि तथा एम्बुलेन्सलगायतका सवारी आवातजावात गरिएको थियो, तर देशैभर सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, यहाँ पनि सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई कम गर्ने प्रयत्न गरिरहेका छौँ, मनाङवासीको सुरक्षालाई मध्यनजर गर्दै प्रवेशमा कडाइका साथै रोक लगाएका छौँ”, प्रजिअ पौडेलले भने।

औषधि तथा एम्बुलेन्सलगायत सवारी साधनले मात्रै मनाङ प्रवेश गर्न अनुमति पाउनेछन् । नाकामा कडा जाँचपछि मात्रै जिल्ला प्रवेश गराउने भएको गाउँपालिकाले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies