Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अन्तरजातीय प्रेम विवाह गर्दा झुटा मुद्दामा जेल

झापा । झापाको दमक नगरपालिका– २ का सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकी राई थरकी एक किशोरीसँग प्रेम विवाह गरे ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सुमनको उमेर १७ र किशोरीको उमेर १५ वर्षको थियो । फेसबुकमार्फत चिनजान भएका उनीहरूले दुई महिना प्रेम–सम्बन्धमा रहेपछि विवाह गरेका थिए । तर, बिहे गरेको सातौँ दिन प्रहरी घरमै आएर सुमन र ती किशोरीलाई पक्राउ गरेर लग्यो ।

‘पुलिसले हथकडी लगाएर लग्यो । किन लग्यो हामीले त थाहै पाएनौँ,’ सुमनका बुबा गोपालले भने, ‘पछि त तेरो छोराले बलात्कार गर्‍यो पो भन्छन् १’ विवाह नगरे आत्महत्या गर्ने प्रेमिकाको घुर्कीपछि सुमनले उनलाई भित्र्याएका थिए । तर, प्रेमको बदला उनले जेल सजाय पाए । जिल्ला अदालत झापाले सुमनविरुद्ध जबरजस्ती करणी मुद्दामा नौ वर्ष जेल सजाय तोकेको छ । उनी अहिले बाल सुधारगृह विराटनगरमा छन् ।

छोरीले कथित तल्लो जातको युवकसँग बिहे गरेपछि उनको परिवारले इलाका प्रहरी कार्यालय दमकमा बलात्कार मुद्दा दर्ता गराएको थियो । प्रहरी र अदालतमा ती किशोरीले सहमतिमै विवाह गरेको बयान दिँदा पनि सुमनले धर पाएनन् ।

‘जातकै कारण मेरो छोरोलाई फसाइयो । बिहे गरेर घरमा ल्याएकी बुहारीलाई बलात्कार गर्‍यो भनियो । त्यस्तोमा कसरी बलात्कारको मुद्दा लाग्यो,’ गोपालले भने, ‘बरु, बालविवाह गरेको भन्न मिल्छ, त्यही मुद्दा लगाएको भए ठीकै हो भन्न पनि हुन्थ्यो नि १’

अहिले वेलावेला छोरा भेट्न विराटनगर पुग्छन् गोपाल । ‘जति खर्च लाग्छ यहाँबाट निकाल्नु बुबा, बरु म कमाएर तिर्छु’ भन्दै सुमन रुन्छन् । छोराको रोदनले गोपाल पनि भक्कानिन्छन् । ‘मनमनै भन्छु– दलित भएर जन्मनु नै तेरो पाप रहेछ,’ गोपालले भने, ‘हामी निमुखाको त के नै पो लाग्दोरहेछ र १’

दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्ने गोपाल कानुनको भाषा बुझ्दैनन्, छोरो छुट्ने आसमा कानुन व्यवसायी जे भन्छन् त्यही गर्छन् । मुद्दा–मामिलामा अहिलेसम्म एक लाख सकिसके, तर छोरो छुटेन । ‘खै वकिलले छुट्छ भन्थ्यो । पैसा मात्र लग्यो, तर छोरा छुटेन, अहिले पनि के–के गर्दिन्छु भन्छन् । पैसै मात्र माग्छन्,’ गोपालले भने ।

कानुन व्यवसायीले मात्रै होइन, सुमनविरुद्ध किटानी जाहेरी दिएका किशोरीका बुबाले समेत मुद्दा मिलाइदिने भन्दै गोपालबाट ३५ हजार रुपैयाँ खाए । अदालत र प्रहरीमा कमजोर बयान दिएर मुद्दा कमजोर बनाइदिने उनको प्रतिबद्धता थियो ।

गोपालले कागज गरेरै रकम दिएका थिए, तर छोरो जेल जानबाट बचेन । पैसा दिँदा गरिएको कागजमा भने छोरी खोज्दा लागेको पैसा बुझेको उल्लेख छ । ‘म मुद्दा मिलाइदिहाल्छु नि भने । होला नि त भनेर ३५ हजार दिएँ । बेकार पैसा मात्र गयो,’ गोपालले भने । पैसा दिएको प्रमाण अहिले पनि गोपालको दराजमा छ ।

अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्दा सुमन जस्तै दर्जनौं दलित युवा–युवतीले झुटा मुद्दामा सजाय भोगिरहेका छन्, अधिकांशलाई कथित उपल्लो जातको बोलवाला रहेको समाजले समेत तिरस्कार गर्ने गरेको छ ।

दलित महिला विवाह गर्ने गैरदलित पुरुष घरबाटै लखेटिन्छ । उसले समाजमा बस्ने अधिकार गुमाउँछ । दलित पुरुषले गैरदलित महिला विवाह गर्दा सधैँ कानुनी झमेला भोग्नुपर्छ । महिलाको परिवारले उनीहरूमाथि जबरजस्ती करणी, अपहरण, मानव बेचबिखनलगायतका मुद्दा चलाइ दिन्छन् । कानुनको डण्डाले उनीहरूको भविष्य नै बर्बाद बनाइदिन्छ । यस्तै झमेला भोग्ने अर्का किशोर हुन्– पाँचथरको फिदिम नगरपालिका– ५ का १६ वर्षीय गोपाल शंकर ९विक० ।

गोपाल र उनकै छिमेकी १६ वर्षीया सापकोटा थरकी किशोरीले ०७५ चैतमा अन्तरजातीय प्रेमविवाह गरे । एउटै विद्यालयमा पढ्ने उनीहरूबीच कक्षा–८ देखि नै प्रेम–सम्बन्ध थियो । पूर्व योजनाअनुसार नै उनीहरूले एसइई सकेर घरबाट भागेर विवाह गरेका थिए ।

कथित माथिल्लो जातको माइती पक्षबाट जोगिन उनीहरू इलाम आएर बसेका थिए । तर, यो कुरा धेरै दिन लुक्न सकेन । युवतीको परिवारका मान्छे उनीहरू बसेकै ठाउँमा आइपुगे । गोपाललाई प्रहरीको जिम्मा लगाएर उनीहरू छोरी लिएर फर्किए । तर, एक हप्तामै युवती फेरि भागेर इलाम आइन् । गोपाल र उनी पुरानो ठाउँ परिवर्तन गरेर सँगै बसे ।

फेरि पनि युवतीको परिवार उनीहरूको प्रेममा तगारो बनेर उभियो । छोरी खोज्दै दोस्रोपटक आएका परिवारका सदस्य थप क्रूर बने । छोरीलाई लगेर मात्र गएनन्, गोपालविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा अपहरण, जबरजस्ती करणी र मानव बेचबिखनको जाहेरी पनि दिए ।

प्रहरीले गोपाललाई पक्राउ गरेर जिल्ला अदालतमा मुद्दा चलायो । मानव बेचबिखन र अपहरण प्रमाणित हुन सकेन । तर, जबर्जस्ती करणीमा उनलाई सात वर्ष जेल सजाय सुनाइयो । उनी पनि अहिले बाल सुधारगृह विराटनगरमा छन् ।

यो मुद्दालाई नजिकबाट हेरेका कानुन व्यवसायी तथा दलित अधिकारकर्मी देवेन्द्र विश्वकर्माले दलित भएकै कारण गोपालमाथि मुद्दा चलाइएको बताए । ‘यो जातीय विभेदको पराकाष्ठा हो, जात नमिलेको भनेर मात्रै मुद्दा चलाइएको हो ।

कथित पानी चल्ने जातबीचमा बालविवाह भएको छ भने यसरी मुद्दा लगाएको हामीले कहीँ सुनेका छौँ रु’ उनले भने, ‘यदि केटा कथित उपल्लो जातको भए यस्तो सजाय पाउँदैन थियो । कानुनतः १८ वर्षमुनिको किशोरीलाई सहमतिमै शारीरिक सम्बन्ध राख्नु पनि जबर्जस्ती करणी हो । तर, यो डण्डा दलितमाथि मात्रै प्रहार भयो, हुने गरेको छ ।’ मुद्दालाई पुनरावेदनको तयारी भइरहेको उनले बताए ।

‘गैरदलित–गैरदलित र दलित–दलितबीचमा पनि बालविवाह हुन्छ । त्यस्तो वेला कुनै मुद्दाको विषय बन्दैन । तर, जब दलित र गैरदलितबीच बालविवाह हुन्छ त्यो वेला मुद्दा बनाइन्छ,’ दलित अधिकारकर्मी नवराज शंकरले भने, ‘गरेको बालविवाह हुन्छ मुद्दा चलाइन्छ– बलात्कार, अपहरण तथा मानव बेचबिखनको । दलितहरू भनेको त पैतालामै राख्ने जात हो भन्ने पुरातन मनोविज्ञानको धङधङी कथित उपल्लो जातमा अझै हटेको छैन ।’

शासन व्यवस्था फेरिए पनि सामाजिक संरचना र मानिसको सोचमा परिवर्तन नआउँदा विभेद हट्न नसकेको शंकरको भनाइ छ । ‘थुप्रै राजनीतिक परिवर्तन भए र शासन व्यवस्था फेर्‍यौँ । तर, समाजमा रहेका विभेदकारी संरचना र सोच, व्यवहारमा परिवर्तन गर्ने बिन्दुमा हामी पुगेनौँ, हिजो विवाह भोजमा दुईवटा भान्सा लाग्थ्यो । दलितले छुट्टै भान्सामा खाना खान्थे । आज एउटा भान्सा हुन्छ, तर दलितलाई भोजमा बोलाउनै छाडियो । यो विभेद नै हो । शैली मात्रै फेरिएको हो,’ उनले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies