Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

सशस्त्र प्रहरीको सीमा हेर्न छुट्टै गणकाे स्थापना

काठमाडौं । सीमा सुरक्षा हेर्न सशस्त्र प्रहरीमा विशिष्टीकृत गणहरू स्थापना हुने भएको छ । अहिले भएकै दरबन्दीलाई पुनर्संरचना गरी सीमा हेर्न छुट्टै गण स्थापना गर्न लागिएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - हाल जिल्लाको सुरक्षासमेत हेर्ने गरी स्थापना भएका गणमातहत बोर्डर आउट पोस्ट (बिओपी)परिचालन हुँदै आएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन छुट्टै गण बनाउन लागिएको हो ।

गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्य नेतृत्वको समितिले सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन ९ओएन्डएम० सर्वेक्षण गरी यससम्बन्धी प्रतिवेदन बुझाएको छ । सो समितिले गत आइतबार गृहमन्त्री रामबहादुर थापा बादललाई ब्रिफिङ गरेको थियो । गृहले सशस्त्रको नयाँ ओ एन्ड एम स्वीकृत गर्न मन्त्रिपरिषद् लैजाने तयारी गरेको छ ।

बिओपीको संख्या २२१ पुग्ने
नयाँ संरचनाअनुसार अब सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपीको संंख्या दुई सय २१ पुग्नेछ । हाल एक सय २३ छ । गत २६ मंसिरकै मन्त्रिपरिषद्को बैठकले एक सय १४ वटा बिओपी थप्ने नीतिगत निर्णय गरिसके पनि कार्यान्वयन भएको थिएन ।

नयाँ व्यवस्थाअनुसार सशस्त्र प्रहरीमा रहेका ३९ वटा भन्सार तथा औद्योगिक सुरक्षा गुल्म खारेज हुनेछ । त्यहाँका चार हजार ६ सय ४० जनशक्तिलाई सीमा सुरक्षामा खटाइन लागिएको छ ।

त्यसका लागि एसपीको कमान्ड रहने नयाँ गणहरू स्थापना हुनेछन् । ‘एउटा गणले करिब १५ वटा बिओपी हेर्नेछ,’ ओ एन्ड एम समितिमा रहेका गृह मन्त्रालयका एक अधिकारीले भने, ‘यसबाट सीमा सुरक्षा थप प्रभावकारी हुने हाम्रो मूल्यांकन छ ।’

यही आर्थिक वर्षभित्र एक सय १४ वटा नयाँ बिओपी स्थापना गर्ने निर्णय सरकारले गरेको थियो । तर, यो वर्षभित्रै स्थापना हुने सम्भावना कम छ । भवन निर्माणलगायत कामलाई सरकारबाट थप बजेट समेत आवश्यक हुन्छ ।

सरकारबाट निर्णय भएलगत्तै नयाँ बिओपीहरू सीमा क्षेत्रमा स्थापना हुने सशस्त्र प्रहरीका महानिरीक्षक शैलैन्द्र खनालले बताए । पछिल्लो सीमा विवादपछि गृह मन्त्रालयले भारतसँगको सीमामा बिओपीको संख्या पाँच सय पुर्‍याउने योजना अघि बढाएको छ । त्यसका लागि नौ हजार थप जनशक्ति आवश्यक हुने सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीलाई धेरैतिर जिम्मेवारी दिइएका कारण कुनै पनि क्षेत्रमा राम्रो हुन नसकेको भनेर आलोचना भइरहेको छ । सीमा सुरक्षाको प्रमुख जिम्मेवारी रहेको सशस्त्रको करिब पाँच हजार जनशक्ति मात्र सीमा सुरक्षामा खटिएको छ ।

जसअनुसार ३५ जना जनशक्ति हुने एउटा बिओपीले करिब १५ किलोमिटर सीमा हेर्नुपर्ने हुन्छ । अर्कोतर्फ आधारभूत सुविधा समेत उनीहरूलाई दिइएको छैन । सीमा सुरक्षामा अब प्रविधिको धेरै प्रयोग गर्नुपर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी दुर्गा कुँवर बताउँछन् ।

अर्कोतर्फ सीमा क्षेत्रमा भारतको पाँच सय ३० वटा बिओपी छन् । सीमा सुरक्षा मात्र नभई सीमापार अपराध तथा चोरी तस्करी नियन्त्रण पनि प्रभावकारी हुने सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन् ।

तत्काल दरबन्दी थप नहुने
सीमामा बिओपीको संख्या पाँच सय पुर्‍याउन सशस्त्र प्रहरी बलले नयाँ पाँच हजार दरबन्दी थप गर्न प्रस्ताव गरे पनि तत्काल त्यो सम्भव नभएको गृह मन्त्रालयले जनाएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा ठूलो असर गर्ने भएकाले दरबन्दी थप्न सक्ने अवस्थामा सरकार छैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies