Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

गुरुकुलहरूले दलित विद्यार्थीलाई भर्ना लिनै मान्दैनन्, लिए पनि विभेद गर्छन्

झापा । नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको १४ वर्ष पूरा भएको छ । तर, अहिले पनि विभेद कायमै छ । अशिक्षाका कारण जातीय विभेद भएको भन्ने गरिन्छ । तर, शिक्षामा पनि दलित समुदायमाथि विभेद भएको पाइएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ- दलित विद्यार्थीले संस्कृत पाठशाला गुरुकुलमा भर्ना नै पाउँदैनन् । पाइहाले पनि विभेद भोगेरै उनीहरू पढ्न बाध्य छन् । उनीहरूलाई गुरुकुलमा गैरदलित सरह व्यवहार गरिँदैन । झापामा २३ वटा गुरुकुल छन् । तर, गुरुकुलमा पढ्न जाने दलित ‘बटुक’ लाई दलितले पढ्न हुँदैन भन्दै फर्काइने गरिएको छ । अधिकांश गुरुकुलले दलित विद्यार्थीलाई भर्ना नै लिँदैनन् ।

इलाम–५ बरबोेटेका ११ वर्षीय विकास कार्कीडोली (दर्जी) झापा, भद्रपुरको कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा भर्ना हुन गए । तर, गुरुकुलले भर्ना लिनै मानेन । गुरुकुलले ब्राह्मण बटुकलाई मात्र भर्ना लिने भनेपछि यो विषय दलित अधिकारकर्मीको कानमा पुग्यो ।

पढे लेखेकाहरूबाटै यस्तो विभेद भएपछि ०७५ जेठमा आन्दोलन भयो । दलित अधिकारकर्मीको आन्दोलन र दबाबपछि गुरुकुल भर्ना लिन तयार भयो । तर, विकासमाथि गरिएको विभेदका कारण उनले पढ्नै सकेनन् । भर्ना भएको चार दिनपछि उनले पढाइ नै छाडे । उनी अहिले गाउँ फर्केर स्थानीय विद्यालयमा पढ्दै छन् ।

‘त्यहाँ बस्न थालेपछि मलाई दाइहरूले कुट्न थाले । दमाई, कामीले संस्कृत पढ्न हुँदैन भन्दै हप्काए,’ विकासले भने, ‘मलाई त पढ्नै मन लागेन । संस्कृत त अब कहिले जान्न ।’ बुबा सानै उमेरमा बिते ।

आमाले अर्को विवाह गरेपछि टुहुरो बनेका विकासले अझै पनि वेलावेला संस्कृत पढ्ने रहर गर्छन् । तर, गुरुकुलको आवासमा बस्न मान्दैनन् । ‘अहिले पनि संस्कृत पढ्छु । तपाईं पनि मसँगै बस्नु, आवासमा बस्दिनँ भन्छ,’ आमा मीना दर्जीले भनिन्, ‘उसको स्वभाव पनि संस्कृत पढ्ने जस्तै छ । अब एक वर्षजति आफै बसेर पढाउँछु । त्यसपछि त बानी पर्छ होला नि ।’

झापाको गौरादहस्थित ज्ञानेश्वर गुरुकुलमा २५ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये दुई जना दलित बालक पनि पढ्छन् । तर, गुरुकुल जस्तो शिक्षित ठाउँमा पनि दलित विद्यार्थीमाथि विभेद छ । दलितलाई औपचारिक शिक्षा मात्र दिइएको छ । गैरदलितलाई जस्तो व्यवहार गरिँदैन ।

गौरादह–१ का आसिक दर्नाल ९दर्जी० र गौरादह–२ का रोहित विक गुरुकुलमा पढ्दै आएका छन् । गुरुकुलका सबै विद्यार्थीलाई मन्दिर तथा घरमा पूजामा पुरोहितका रूपमा लगिन्छ । तर, दलित विद्यार्थीलाई न त घरमा पूजा गर्न नै लगिन्छ, न त अरू कुनै कार्यक्रममै सहभागी गराइन्छ । उनीहरूमाथि विभेद गरिएको छ ।

गुरुकुलका प्रधानाध्यापक पुष्पराज गुरागाईं पनि दलित भएकै कारण गुरुकुलबाहिर लान नसकिएको बताउँछन् । ‘अरूले त दलितलाई पढाएका पनि छैनन् । कम्तीमा हामीले त पढाएका त छौँ ।

दलित विद्यार्थीलाई अरूलाई जस्तो बाहिरको पूजापाठमा पढाउन लान सकिँदैन । सुरुमै हामीले अभिभावकसँग बोकेर हिँड्न सक्दैनौँ भनेर सम्झौता गरेका छौँ,’ गुरागाईं भन्छन्, ‘तर, समाजले पूजापाठमा पढ्न ब्राह्मण बटुक नै खोज्छन । त्यसैले हामीले लान सक्दैनौँ । उनीहरूले पढ्छन्, बुझ्छन् । तर, बाहिर जान पाउँदैनन् ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies