Khabar Dabali Logo
  July 4, Sat

रुकुमको सोती घटना प्रकरण : मुख र टाउकोमा कपडाले बाँधेको अवस्थामा बेपत्ता शाहीको शव फेला

जाजरकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ ।

बेपत्ता भएको १० दिनपछि भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको हो ।

बेपत्ताको शव घटनास्थलभन्दा करिब २० मिटर टाढा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको छ ।

स्थानीयले उनको हत्या गरेर नदीमा फालिएको दाबी गरेका छन् । स्थानीय छवि पन्तले मुख र टाउकोमा कपडाले बाँधेको, आँखा फुटेको तथा हात र नाक भाँचिएको अवस्थामा शव फेला परेको बताए ।

जाजरकोटबाट साथी नवराज विककी प्रेमिका भगाउन रुकुम पश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । घटनामा यसअघि ५ जनाको मृत्यु भइसकेको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

जेठ २० गते, २०७७ - १९:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले थप समय मागेपछि नेकपा बैठक फेरि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ ।प्रधानमन्त्री तथा पार्टी...   

रुवेला दादुरा खोप अभियान : छुटेकालाई आज

काठमाडौं । गत चैतमा नै शुरु गर्नुपर्ने राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत रुवेला दादुरा खोप अभियानमा...   

नेपाली सेनाका प्रवक्तामा पौडेल नियुक्त

काठमाडौं । नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित...   

सिन्धुपाल्चोकको सुत्केरीको हेलिकोप्टरबाट उद्धार, शल्यक्रिया सफल

काठमाडौं । सिन्धुपाल्चोकको खाडीचौरबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी महिलाको शल्यक्रिया सफल भएको...   

नेपालीको उद्धारका लागि आज ११ अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौं । विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...   

अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको शव सनाखत नहुँदा एक सातादेखि हस्पिटलमै

झापा । एक साता अघि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र अर्धनग्न अवस्थामा...   

त्रिशूलीमा बेपत्ता स्करपियोका धनी प्रहरी सम्पर्कमा

धादिङ । नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार...   

कर्णालीका ८० प्रतिशत कोरोना सङ्क्रमित निको भए

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार...   

स्नातक तहमा अध्ययनरत बुहारी र छोरीलाई अब निःशुल्क शिक्षा

काठमाडौं । घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत...   

प्रदेश नं १ मा ३८ जना नयाँ कोरोना सङ्क्रमित थपिए

विराटनगर । प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top