Khabar Dabali Logo
  July 4, Sat

विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु

आसाम । भारतीय उत्तरपूर्वी राज्य आसाम राज्यमा विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको राज्य सरकारका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् ।

आसामको चचार, हैलाकाँडी, करिमगञ्जलगायतका जिल्लामा पहिरो गएको छ । प्राप्त सूचनाअनुसार चचारमा सात, हैलाकाँडी सात र करिमगञ्जमा छ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एकै परिवारका धेरै सदस्यहरू पनि रहेका बताइएको छ ।

चचारका जिल्ला विपद व्यवस्थापन कार्यालयका आयोजना प्रमुख शमिम लश्करले भन्नुभयो, “चारमा मङ्गलबार पहिरो जाँदा सात व्यक्तिको मृत्यु भएको छ भने केही घाइते भएका छन् । चचारमा मृत्यु भएकामध्ये छ जनाको मृत शरीरलाई पहिरोबाट बाहिर निकालिएको छ भने सातौँ व्यक्तिको खोजी भइरहेको छ ।”

हैलाकाँडीमा पनि पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको र पाँच जना घाइते भएको जिल्लाकाा उच्च अधिकारीले पुष्टि गरेका छन् ।

भारतीय प्रहरीका अतिरिक्त उप–आयुक्त इएल फाइरहेमले सिन्ह्वासँग भने, “हैलाकाँडीको अल्गापुर क्षेत्रमा गएको पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइते पाँचै जनालाई स्थानीय अस्पतालमा पु¥याइएकोमा दुई जनालाई सामान्य उपचारपछि घर पठाइएको छ भने तीन जनाको अस्पतालमा भर्ना गरी उपचार सेवा भइरहेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार करिमगञ्जमा कम्तीमा छ व्यक्तिको मृत्यु भएको र अन्य १० जना घाइते भएका छन् ।

जेठ २० गते, २०७७ - १८:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार २३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुग्याे

शनिबार २३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुग्याे

काठमाडौं । शनिबार थप २३२ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा...   
एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड

एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा...   

६० रुपैंयाँ पर्ने औषधि दुई हजार ४०० मा बिक्री !

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री...   
रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप : ४ प्रहरी घाइते

रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप : ४ प्रहरी घाइते

काठमाडौँ । सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप खोकनावासी र प्रहरीबीच...   

बझाङ पहिरो अपडेट : सात बेपत्तामध्ये तीन जनाको शव भेटियो (नामसहित)

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । सो पहिरोमा सात बेपत्ता...   

उद्धारमा हिँडेको सेनाको गाडी बझाङकाे पहिरोमा पर्‍यो, ३ जना घाइते

बझाङ । बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको...   

सलहबाट मकै बालीमा पाँच करोडको क्षति

अर्घाखाँची । जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ...   

ओलीले थप समय मागेपछि नेकपा बैठक फेरि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ ।प्रधानमन्त्री तथा पार्टी...   

रुवेला दादुरा खोप अभियान : छुटेकालाई आज

काठमाडौं । गत चैतमा नै शुरु गर्नुपर्ने राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत रुवेला दादुरा खोप अभियानमा...   

नेपाली सेनाका प्रवक्तामा पौडेल नियुक्त

काठमाडौं । नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top