Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नागरिक हुन नसकेकी एक ६५ वर्षीया वृद्धा

धादिङ । यहाँको सिद्धलेक गाउँपालिका–७ अमिलिटारकी बहुअपाङ्गता भएकी एक वृद्धा सरकारले उपलब्ध गराउँदै आएको अवसरबाट वञ्चित हुनुपरेको छ । गाउँमा माइजू भनेर चिनिने यी ६५ वर्षीया वृद्धाले नेपाली नागरिकता, अपाङ्गतासम्बन्धी प्रमाणपत्र, मतदाता नामावलीजस्ता राज्यबाट उपलब्ध हुने कुनै पनि परिचय नपाएकाले सामाजिक सुरक्षाका अवसर पनि पाएकी छैनन् ।

भारती थरकी यी वृद्धाको श्रीमानको एक वर्षअघि मृत्यु भएको र त्यसपछि उनको दिनचर्या झनै दयनीय बन्दै आएको छ । अहिले उनले जस्ताले बारिएको छाप्रोमा जीवन गुजार्दै आएकी छिन् । भाँचिन लागेको खाट, धेरै पुराना र पातला ओड्ने उनको सहारा भएका छन् । उनीसँग एकसरो लगाउने लुगा मात्र छ । वर्षात्को पानीले सहज निकास नपाउँदा उनले प्रयोग गर्ने खाटमुनि पानी जम्ने गरेको छ । टोलबाट बगेर आएको पानीले छाप्रोमा गन्ध आउने गरेको छ ।

सहयोगको याचना गर्दा समेत वरपरका मानिसले त्यति वास्ता गरेका छैनन् । ती वृद्धाले खान पाए नपाएको स्थनीयवासीले चासो दिएका छैनन् । यस्ता नागरिकको राज्यले जिम्मा लिनुपर्ने स्थानीय शिक्षिका जानुका रिजालको भनाइ छ । उनले स्थानीय सरकारले अपाङ्गता भएका नागरिकको सुरक्षा गर्नुपर्ने बताइन् ।

दश वर्षअघि नन्द यानकुमारी गिरीको घरको शरणमा बसिरहेकी यी वृद्धाले अहिलेसम्म सरकारको कुनै सुविधा पाएकी छैनन् । गरिब परिवारमा रहेकी उनकी नन्दले जेनतेन खुवाइरहेकी छिन् । राज्यले उपलब्ध गराउनुपर्ने कुनै पनि परिचय नभएकाले संरक्षण गर्नसमेत समस्या परेको हो ।

सिद्धलेक–७ का वडाध्यक्ष लक्ष्मण खतिवडाले उनको वंशजको नाता खोज्न लागिएको बताउँदै अर्को वर्ष सामाजिक सुरक्षाभत्ता दिने गरी नेपाली नागरिकता र अन्य कागज बनाउन सहयोग गरिने आश्वासन दिए । उनले आगामी दिनमा त्यस्ता नागरिकको पहिचान गरेर सुरक्षा दिइने प्रतिबद्धता पनि व्यक्त गरे ।

\"\"

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies