Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

गत वर्षभन्दा धानको बीउ दोब्बर बिक्री

रत्ननगर । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री वितरण गरेको छ । गत वर्ष दुई मेट्रिक टन असारे धानको बीउ बिक्री गरेको विद्यालयले बन्दाबन्दीको समयमा पनि दोब्बर बिक्री गरेको हो ।

विश्वविद्यालयले यस वर्षदेखि आफ्नै ‘लोगो’ र ब्राण्डसहित प्याकिङ बीउको बिक्री वितरण शुरु गरेको विश्वविद्यालयका प्रध्यापक मुकेशकुमार सिंहले जानकारी दिए । कोभिड–१९ को जोखिमका कारण कृषकसँग बीउ पुग्ने सम्भावना कम रहे पनि धानको बीउ खरिद गर्न कृषक विश्वविद्यालय पुगेपछि यो समस्या हटेको हो । विश्वविद्यालयले जिल्लाका कृषि समूहलाई एकमुष्ट बीउ उपलब्ध गराएर कृषकसम्म सहजरूपमा बीउ पठाउने गरेको छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा ल्याएको गिरावटलाई कृषि क्रान्तिमार्फत माथि उठाउन सकिने भएकाले एक महिना अगाडिबाट बीउ वितरण गरिएको प्रध्यापक सिंहले जानकारी दिए । यसअघि विश्वविद्यालयले धानको बीउ उत्पादन गरेर अन्य कम्पनीलाई दिने गरेको थियो । प्रध्यापक सिंहका अनुसार विद्यालयले आफ्नै प्रशोधन केन्द्र र परीक्षण प्रयोगशाला स्थापना गरेपछि बीउ उत्पादन र बिक्रीमा वृद्धि भएको हो ।

असारे धानको बीउका लागि उन्नत जातको राम र सावित्री धानको बीउ वितरण गरिएको छ । धानको बीउपछि अब मकै र गहुँको बीउ पनि प्रशोधन एवं परीक्षणको तयारीमा रहेको प्रध्यापक सिंहले बताए । यसबाट विश्वविद्यालयको आम्दानीमा समेत वृद्धि हुने उनको भनाइ छ । “विश्वविद्यालयको लोगोसहित बीउ बजारमा आएपछि कृषक उत्साहित छन्”, उनले भने, “बन्दाबन्दीको समयमा पनि ठूलो परिमाणमा धानको बीउ वितरण गर्नु खुशीको कुरा हो । कृषकले अब बीउ नपाउने समस्या हुँदैन ।”

बीउमा आत्मनिर्भर बन्न नेपाल सरकारले फार्मलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । नेपाल सरकारबाट थप सहयोग पाउन सके बीउ उत्पादन क्षमतालाई वृद्धि गर्न सकिने प्रध्यापक सिंह बताउछन् । विश्वविद्यालयले मूल बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँग लिएर आफ्नो फार्ममा स्रोत बीउ उत्पादन गर्दै आएको छ । स्रोत बीउ उत्पादन गर्ने कृषकलाई दिएर उन्नत बीउ बाली उत्पादन गर्ने गरेको छ । विश्वविद्यालयले करिब ९५ बिघाभन्दा बढी क्षेत्रफलमा बीउका लागि खेती गर्दै आइरहेको छ ।

\"\"

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies