Khabar Dabali Logo
  July 4, Sat

भेन्टिलेटर विदेशमा अड्कियो, यता ज्यान गयो

काठमाडौं । कोरोना भाइरसको संक्रमित बिरामीका लागि ल्याउन लागिएकोे भेन्टिलेटर विदेशमा अड्किएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – नेपाल ल्याउन लागिएको भेन्टिलेटर अमेरिका, जापान र जर्मनीमा अड्किएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । संक्रमितको संख्या बढ्दा उनीहरूलाई राख्ने अस्पतालको आइसोलेसन र भेन्टिलेटरको अभाव खड्किएको छ ।

जिल्ला अस्पतालमा बाजुरामा भेन्टिलेटर अभावमा आइतबार दुई वर्षीया बालिकाको आइसोलेसनमै मृत्यु भएको थियो । मुलुकमा कोरोना भाइरस संक्रमित केस भेटिएको चार महिना बितिसक्दा पनि आइसोलेसन र भेन्टिलेटरको जोहो गर्न मन्त्रालय असफल भएको छ ।

मन्त्रालय स्रोतका अनुसार अहिले मुलुकभर कोरोना भाइरस संक्रमित बिरामीका लागि छुट्ट्याएको आइसोलेसनको बेड संख्या १ हजार ६ सय २४ छ । आईसीयू बेड संख्या ३ सय ९६ मात्र छ । आईसीयू र आइसोलेसन बेडको अभाव हुने देखिएपछि लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टाइनमा राख्ने योजना सरकारले लिएको छ ।

सरकारले ५ हजार संक्रमित हुने अनुमान गर्दै आवश्यक सामग्री जोहो गर्ने तयारी गरे पनि अपुग हुने देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडीसीडी० का निर्देशक डा। वासुदेव पाण्डेका अनुसार संक्रमितको संख्या ५ हजारभन्दा बढी हुने निश्चित छ ।

डा। पाण्डेले भने, ‘भारतबाट संक्रमित भएर नेपाल आउने क्रमले समस्या बढेको छ । बाटोमा पनि सुरक्षित यात्रा गरेको पाइएन । असुरक्षित यात्रा गर्दै निर्वाध स्वदेश फर्कने क्रम बढेकाले संक्रमितको संख्या बढ्दै गएको छ ।’ संक्रमितमध्ये अधिकांश २१ देखि ३१ वर्ष उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेलले संक्रमणयुक्त स्थानबाट आएका नेपालीलाई सीमावर्ती क्षेत्रमा राखिएको क्वारेन्टाइन अव्यवस्थित हुँदा संक्रमण झन् बढेको बताए । उनले भने, ‘क्वारेन्टाइनमा बसेका व्यक्ति नै असुरक्षित देखिएका छन् । संक्रमित व्यक्तिसँगै बस्नुपर्ने बाध्यता छ। यस कारण पनि भाइरस सर्ने र संक्रमितको संख्या बढ्ने निश्चित छ ।’

भेन्टिलेटर ल्याइँदै

मुलुकमा पहिलो संक्रमित केस माघ ९ गते देखा परेको थियो। पहिलो संक्रमित केस भेटिएको ४ महिना बितिसक्दा पनि आइसोलेसन बेड र भेन्टिलेटरको व्यवस्था हुन सकेको छैन ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भेन्टिलेटर तथा अन्य आवश्यक सामग्री खरिद गर्ने क्रम अघि बढाइएको बताए । उनले भने, ‘अब संक्रमितको संख्या झन् बढ्ने निश्चित छ । भेन्टिलेटरलगायत अन्य सामग्री बाहिरबाट ल्याउने तयारी अघि बढाइएको छ ।’

अमेरिका, जापान र जर्मनीबाट भेन्टिलेटर ल्याउन लागिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए । संक्रमित बढिरहेको र नेपालमा रहेका भेन्टिलेटरको संख्या न्यून रहेका कारण तीन÷ चार सय भेन्टिलेटर थप्ने योजना रहेको महानिर्देशक श्रेष्ठले बताए ।

एकै दिन २३९ संक्रमित
सोमबार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार कोरोना भाइरस पोजेटिभ पुष्टि भएका संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ । संक्रमितमध्ये निको भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२१ पुगेको छ ।

जेठ २० गते, २०७७ - ०७:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

को बन्लान् आईजीपी ?

को बन्लान् आईजीपी ?

काठमाडौं । प्रहरी महानिरीक्षक ९आईजीपी० ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकाश लिँदै...   

न्यून मध्यम आय मुलुकमा उक्लियो नेपाल

काठमाडौं । गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम...   

असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने...   

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’...   

पर्यटनमा ४१ अर्ब क्षति

काठमाडौं । पर्यटन तथा उड्डयन क्षेत्रमा लकडाउन अवधिभर करिब ४१ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान...   

इन्जिनियरको कमाइ ५ करोड रुपैयाँ !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र...   

काठमाडौंमै कोरोना संक्रमितको मृत्यु, ठूलो दुर्घटना निम्तिन सक्ने चिकित्सकको चेतावनी

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा शुक्रबार एक वृद्धको मृत्यु भएको छ । काठमाडौंमा...   

दुई साता बित्दा पनि रिपोर्ट नआएपछि सल्यानको क्वारेन्टाइनबाट भागे ७० जना

सल्यान। पिसिआर परीक्षणको रिपोर्ट आउन ढिला भएपछि सल्यानको बनगाड नगरपालिका–३ लहाघाटस्थित आधारभूत...   

नेकपाका उपाध्यक्ष वामदेवलाई फकाउन बालुवाटारको कोशिस

काठमाडौं। प्रधानमन्त्री केपी ओलीबाट निरन्तर धोका पाएको भन्दै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार...   

नेकपा विवाद : शून्य समयमा शून्य प्रगति

ओलीलाई दुवै पद छाड्न लगाउने प्रचण्ड–नेपाल समूहको अडान, दुवै पद नछाड्ने ओलीको ‘बटमलाइन’ काठमाडौं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top