Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

५९ जिल्लाका फैलियो कोरोना भाइरस, २२१ जना डिस्चार्ज, कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलो पटक वुहानबाट आएका एक युवामा सङ्क्रमण देखिएसँगै अहिले सङ्क्रमित एक हजार ८०० नाघेको छन् । आज मात्र विभिन्न ठाउँमा गरिएको परीक्षणमा एकै दिन २३९ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आज डोटीमा पहिलो पटक सङ्क्रमण देखिएको छ । डोटीमा सङ्क्रमण देखिएसँगै ५९ जिल्लामा देखिएको हो । अब सङ्क्रमण नदिएका जिल्ला जम्मा १८ रहेका छन् । ती सङ्क्रमितमध्ये पुरुष २२६ जना र महिला १३ जना रहेका छन् । आज देखिएका २३९ सँगै सङ्क्रमित एक हजार ८११ पुगेका छन् ।

आज देखिएको सङ्क्रमण अहिलेसम्म बढी हो । हिजो आइतबार १६६ जना र गत शनिबार १८९ जना र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै एक हजार ७९८ जनामा देखिएको छ । तीमध्ये एक हजार ६६७ जना पुरुष र १३१ जना महिला रहेका छन् ।

आज देखिएका सङ्क्रमित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा बाह्रदशीका ३२ र ४६ वर्षका पुरुष रहेका छन् । यस्तै पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपुर कावासोतीका २२ र ३६ वर्षीय पुरुष र नवलपुर विनात्रिवेणीका १४ वर्षीया बालक रहेका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा सङ्क्रमण देखिएको छ । दैलेखको नारायण नगरपालिकाका नौ जना १७ देखि ३५ वर्ष उमेर पुरुष, दैलेख सिमडाका दुई जना २४ वर्ष र २९ वर्षका पुरुष रहेका छन् । यस्तै दैलेख देवकाँडाका तीन जना १८ वर्षदेखि ३४ वर्षका, दैलेख सोतका एक जना ३५ वर्षीय पुरुष, दैलेख साँदुका एक जना २२ वर्षीय पुरुष, दैलेख जुकेपानीका एक जना ६० वर्षीय पुरुष रहेका छन् ।

यस्तै दैलेख दुल्लुका सात जनामा पनि सङ्क्रमण देखिएको छ । तीमध्ये २३ वर्ष र ३० वर्षका महिला तथा र दुईका बालकदेखि ३९ वर्ष उमेर समूहका पुरुष रहेका छन् । यस्तै जुम्ला हिमाका आठ जना पुरुष २३ वर्षदेखि ६३ वर्षका रहेका छन् । जुम्ला सिंजाका नौ जना १२ वर्षीया बालकदेखि ४५ वर्ष उमेर समूहका रहेका छन् ।

यस्तै जुम्लामा नै कार्यरत रहेका २७ वर्ष र ३४ वर्षका पुरुषमा पनि सङ्क्रमण देखिएको छ । सुर्खेत अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दैलेख नारायण नगरपालिकाका १६ जना पुरुष १० वर्षीया बालकदेखि ३६ वर्ष उमेर समूहका रहेका छन् । यस्तै दैलेख महावु गाउँपालिकाका एक जना २५ वर्षका पुरुष रहेका छन् । सल्यान कुपिण्डेका १० जना पुरुष २० वर्षदेखि ४० वर्षसम्मका रहेका छन् । सुर्खेत वराहातालका पाँच जना २० वर्षदेखि २६ वर्षका पुरुष रहेका छन् ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २० जनामा सङ्क्रमण देखिएको छ । तिनमा कपिलवस्तु वाणगङ्गाका ३१ वर्ष र ३८ वर्षीय महिला रहेका छन् । रौतहट परौवाका १४ जना १९ वर्षदेखि ४५ वर्षका पुरुष, रौतहट यमुनामाईका तीन जना पुरुष २२ देखि ३५ वर्षका र एक जना महिला २० वर्षका रहेकी छन् ।

यस्तै भेरी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जना डुडुवा गाउँपालिकाका १७ देखि ३५ वर्ष उमेरका पुरुष रहेका छन् । राप्ति अस्पताल दाङमा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको छ । ती सबै दाङका पुरुष हुन् । तुल्सीपुर उपमहानगरपालिकाका पाँच जना १८ वर्षदेखि ३२ वर्षका, गढवा गाउँपालिकाका दुई जना २४ वर्ष र ३६ वर्षका, लमही नगरपालिकाका एक जना ४० र राप्ति गाउँपालिकाका एक जना ३६ वर्षका पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ९२ जनामा सङ्क्रमण देखिएको छ । धनुषा धनौजीका चार जना १८ वर्षदेखि ४८ वर्षसम्मका पुरुष, धनुषा हंसपुरका दुई जना १९ वर्ष र २० वर्षका पुरुष, धनुषाकै जनकपुर अस्पतालमा रहेका एक जना २१ वर्षका पुरुष रहेका छन् ।

यसैगरी कपिलवस्तु शिवराजका १२ जना १९ देखि ५५ वर्षका पुरुष, कपिलवस्तु हरिहरपुरका आठ जना पुरुष १९ देखि ३८ वर्षका र कपिलवस्तु महाराजगञ्जका ३० वर्ष र ३३ वर्षका पुरुष रहेका छन् । कपिलवस्तु रङ्गीलामा रहेको क्यारेन्टिनमा रहेका ११ जना १७ वर्षदेखि ३५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । यस्तै कपिलवस्तु चनौटाका तीन जना पुरुष ४२ देखि ४८ वर्षका, कपिलवस्तुकै रघु सामुदायिक विद्यालयको क्यारन्टिनमा रहेका दुई जना २७ वर्ष र ४६ वर्षका पुरुष रहेका छन् ।

महोत्तरीका दुई जना पुरुष दुवै १८ वर्षका रहेका छन् । यस्तै मकवानपुर एक जना ६४ वर्षीय पुरुष रहेका छन् । सर्लाहीको जनतामावि क्यारन्टिनमा रहेका पाँच जनामा पनि सङ्क्रमण देखिएको छ । ती नौ वर्षका बालिकासहित २७ वर्षका सबै महिला र सोही स्कुलको क्यारन्टिनमा रहेका ३३ जना ११ वर्षका बालकदेखि ७५ वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

सिराहाका पाँच जना १८ वर्षदेखि ६० वर्ष उमेरका सबै पुरुष रहेका छन् । उदपुरका हाल जनकपुर प्रादेशिक अस्पतालमा रहेका एक जना ३१ वर्षका पुरुष रहेका छन् । यस्तै प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

उहाँका अनुसार पाल्पा निस्दी गाउँपालिकाका १७ वर्ष र ३६ वर्षका पुरुष, नवलपरासी सरावल गाउँपालिकाका–६ वर्षका बालक, गुल्मी रेसुङ्गा नगरपालिकाका २६ वर्षका पुरुष, कपिलवस्तु मायादेवी गाउँपालिकाका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षका पुरुष तथा रुपन्देही गैडहवा गाउँपालिकाका तीन वर्षीया बालिका र ५४ वर्षका पुरुष रहेका छन् ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये अछामका एक जना एक वर्षका बालक कैलाली १४ जना दुई वर्षीय बालकदेखि २७ वर्ष उमेरका रहेका छन् । तीमध्ये तीन जना महिला र ११ जना पुरुष छन् । बैतडीका एक जना ३४ वर्षका पुरुष, डोटीका एक जना २५ वर्षका पुरुष र कञ्चनपुरका एक जना ११ महिनाका बालकमा पनि संक्रमण देखिएको छ ।

अहिलेसम्म प्रदेश नं। २ मा सबैभन्दा बढी ६९४ जनामा सङ्क्रमण देखिएको छ । यस्तै प्रदेश नं। १ का नौ जिल्लामा १६८ जना, वागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशका ६ जिल्लाका २६ जनामा, प्रदेश नं ५ को १० जिल्लाका ६२२ जना, कर्णाली प्रदेशका पाँच जिल्लामा १९८ जना र सुदूरपश्चिम प्रदेशमा सबै जिल्लामा ४५ जनामा संक्रमण देखिएको छ । पत्रकार सम्मेनमा काठमाडौँका एक जना र डडेल्धुराका ६ वर्षीय बालकको मृत्यु भएका व्यक्तिमा संक्रमण नदेखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

२२१ जना डिस्चार्ज

आज एक जना डडेल्धुरा अस्पतालबाट २८ वर्षका पुरुष डिस्चार्ज भएका छन । उनी १० दिनमा डिस्चार्ज भएको प्रवक्ता डा देवकोटाले जानकारी दिए। अहिलेसम्म २२१ जना डिस्चार्ज भएका छन । तिमध्ये १७३ जना पुरुष र ४८ जना महिला रहेका छन् । अहिलसम्म ७१ हजार ९०३ जनामा पीसीआर र एक लाख १३ हजार ७५७ जनामा आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies