Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बाँके दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गएराति भएको गाडी दुर्घटनाका घाइतेको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने १२ जनाको भने सनाखत हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनामा घाइते २१ मध्ये २० जनाको पहिचान खुलेको छ । दुर्घटनामा गम्भीर घाइते भएका चार जनाको भेरी अस्पताल नेपागलञ्जमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका सबै भारतबाट आएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सबैभन्दा धेरै सल्यान जिल्लाका छन् । घाइते हुनेमा सल्यान शारदा नगरपालिका–६ कजेरीकी २९ वर्षीया टीका चलाउने, बनगाड कुपिन्डे नगरपालिका–६ घाँजरीका २० वर्षीय मीनराज विक र ५२ वर्षीय दीपबहादुर बुढा रहेका छन् ।

त्यस्तै सल्यान सिद्धकुमाख गाउँपालिका–५ छापडाँडाका १८ वर्षीय धनबहादुर बोहरा, २६ वर्षीय निमबहादुर वली, दहका ४० वर्षीय तेजबहादुर बुढाथोकी, १८ वर्षीय देवेन्द्र खड्का, १७ वर्षीय ज्ञानबहादुर बोहरा, वडा नं ४ चाँदेका २८ वर्षीय लोकेश घर्ती र २६ वर्षीय शिव भण्डारी रहेका छन् भने एक जनाको नाम र ठेगाना खुलेको छैन ।

त्यस्तै दाङ घोराही उपमहानगरपालिका–५ धर्नाका ४५ मेघराज केसी, राजपुर गाउँपालिका–६ ग्रामीखोलाका २० वर्षीय दीपेश चौधरी, राजपुर गाउँपालिका–२ रैनियाका २१ वर्षीय जीवन घर्ती, गढवा गाउँपालिका–६ भानपुरका २० वर्षीय भरत थापा, तुलसीपुर उपमहानगरपालिका–२ खैरीकोटका ३९ वर्षीया विष्णु गिरी र २३ वर्षीय रुपलाल केसी घाइते भएका छन् ।

यसैगरी घाइते हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का १७ वर्षीय सुनिल परियार, २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, टुटुका ४० वर्षीय दिलबहादुर विक र दुईखोली गाउँपालिकाका कुरेलीका ५२ वर्षीय नरबहादुर विक रहेका छन् । दुर्घटनामा परी मृत्यु भएकाको पहिचान नभएको र उनीहरुको शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना५ख ५९९५ नंको फोर्स गाडी राप्तीसोनारी गाउँपालिका–१ अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जङ्गलमा रोकिराखेको बा४ख ९०६४ नंको ट्रकमा ठोक्किँदा गएराति १२ जनाको मृत्यु भएको थियो । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए ।

कोरोना परीक्षण गरिँदै

दुर्घटनामा मृत्यु तथा घाइते भएकामा कोरोना भाइरस भए÷नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरेर परीक्षण थालिएको छ । मृतक तथा घाइते सबै भारतबाट आएकाले उनीहरुमा कोरोना सङ्क्रमणको जाखिम रहेकाले स्वाब सङ्कलन गरी परीक्षण थालिएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए ।

उनका अनुसार उनीहरु सबैको स्वाब सङ्कलन गरेर कोरोना परीक्षण थालिएको हो । “कोरोना भाइरस सङ्क्रमण बढिरहेका बेला मृतकमा सङ्क्रमण भए÷नभएको पुष्टि गरेर शवको व्यवस्थापन गर्नुपर्ने भएकाले स्वाब सङ्कलन गरिएको हो”, निमित्त मेसु थापाले भने, “मृतकमा कोरोना सङ्क्रमण नभए परिवारको जिम्मा लगाइनेछ भने सङ्क्रमण देखिएमा सोहीअनुसार शव व्यवस्थापन गरिनेछ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies