


शरीरमा यस्तो लक्षण देखिए हुनसक्छ ‘ब्लड क्यान्सर’


-
-
जेठ १९ गते, २०७७ - १२:५५
एजेन्सी । मानव शरीर कोषिकाहरुले बनेको हुन्छ । जन्मिदा हामी साना थियौँ । कोषिकाहरु बढ्दै गएर हामी ठूलो हुन्छौँ । जिवित प्राणीहरुमा कोषिका बढ्ने क्रम जारी हुन्छ । तर धेरै बढ्नु क्यान्सर हुनु हो ।
कोषिकाहरु सय, हजार, लाख हुँदै बढ्दै जाने तर नियन्त्रण भएन भने त्यसलाई क्यान्सर भनिन्छ । क्यान्सर कुनै भाइरस इन्फेक्सन र वंशाणुगत पनि हुन्छ । कोषिकाहरु बढेर एकबाट अर्को ठाउँमा फैलिर्दै जानुलाई क्यान्सर भनिन्छ ।
क्यान्सर शरीरको जुन पनि भागमा हुनसक्छ । कान, गाला, हड्डी, छाती, रगत, स्तन, पेट जस्ता शरीरका अंगमा क्यान्सर हुनसक्छ ।
डब्लूबीसी अर्थात ह्वाइट ब्लड सेल्स बढ्दै गयो भने ब्लड क्यान्सर हुन्छ ।
ब्लड क्यान्सर हुनुअघि शरीरमा केही यस्ता लक्षणहरु देखिन्छन् । जसलाई समयमै चिन्न सकियो भने यसको उपचार सम्भब हुन्छ ।
सुरुवाती लक्षणहरुः
थकान महसुस
यदि ७र८ घण्टा निदाएर उठ्दा पनि थकान र आलस्य महसुस हुन्छ भने चिकित्सकको सल्लाह लिनुपर्छ । बिना परिश्रम थकान महसुस हुनु ब्लड क्यान्सरको सुरुवाती लक्षण पनि हुनसक्छ । साथै, शरीरमा रगतको कमिले पनि यस्तो हुनसक्छ ।
शरीरमा निलडाम
शरीरको कुनै अंगमा चोटपटक र ठक्कर नलागेको अवस्थामा पनि निलडाम देखिनु ब्लड क्यान्सरको लक्षण हुनसक्छ । ब्लड क्यान्सर वा ब्लड इन्फेक्सन भएको अवस्थामा यस्तो लक्षण देखापर्ने गर्छ । प्रायः शरीरमा प्लेटलेट्सको कमि भएमा रगतका थोपाहरु जम्न थाल्छन् र हात, गोडा र जाँघमा यस्ता निलडाम बढी देखिन्छन् ।
सास फुल्ने
हल्काफुल्का काम गर्दैमा सास फुल्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु ल्युकीमिया हुँदा देखापर्छ । रगत भएको इन्फेक्सनको कारण शरीरको क्षमता कम हुन थाल्छ । सामान्यताः एक स्वस्थ व्यक्ति १२ देखि १५ सिढीँ आरामले चढ्न सक्छ । तर ८ वा १० सिढीँ चढ्दा सास फुल्छ भने चिकित्सकको सल्लाह लिन अत्यन्तै जरुरी हुन्छ । यस्तो लक्षण ब्लड क्यान्सरका साथै कोलेस्ट्रोल र दमका लक्षण पनि हुनसक्छन् ।
ज्वरो आए जस्तो अनुभव
छिट्टै ज्वरो आउने, चिसो लाग्ने र निको हुने भाइरल हुनसक्छ । तर २ दिनसम्म औषधि उपचार गर्दा पनि वा निको हुने वित्तिकै ज्वरो आइहाल्ने अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ । ज्वरोसँगै जाडो अनुभव हुनु ब्लड क्सान्सरको लक्षण हुनसक्छ ।
सुतेको समयमा पसिना आउनु
राति सुतेको समयमा पसिना आउनु सामान्य कुरा होइन । पसिनासँगै दुर्गन्ध, अनुहार र काखीमुनि अत्यधिक पसिना आएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।
अत्यधिक टाउको दुखाई
सामान्यतयाः टाउको दैनिक जीवनयापनका कारण दुख्ने गर्छ । माइग्रेन वा अन्य रोगका कारण पनि टाउको दुख्ने समस्या आउँछ । तर, टाउको अत्यधिक दुख्ने र टाउकोमा रहेको कुनै पनि अंगबाट रगत आएमा तुरुन्तै डाक्टरको सल्लाह लिनु पर्छ ।
दिसामा रगत, दुखाइ- आन्द्राको क्यान्सर
दिशामा रगत देखिने र दिसा लाग्ने समय परिवर्तन भएको भयै हुनु पनि राम्रो संकेत होइन । यसले पनि तपाइँको सानो आन्द्रामा क्यान्सर भएको संकेत गर्छ । दिशा गर्दा दुख्ने वा रगत देखिनु निक्कै घातक मानिन्छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३१ खर्ब
काठमाडौ । लगाातार नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक...कोरोनाबाट विदेशमा तीन सय १९ जना नेपालीको निधन
काठमाडौ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार...आजदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड
काठमाडौं । कोरोनाले बन्द रहेका काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरु अनजदेखि सञ्चालनमा आउने भएका...दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन्...नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु
काठमाडौं । नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु भएको छ । फाइजर–बायोएनटेकले संयुक्त रुपमा निर्माण...जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते
कास्की । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात...इजरायलमा पुन : लकडाउन हुने
जेरुसेलम । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने...ब्रोकर कमिसन घटाउँदै बोर्ड
काठमाडौ । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर...प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना...

प्रतिकृया लेख्नुहोस्:
- यौन सम्पर्क कम गर्ने महिलालाई रोग लाग्ने जोखिम अत्याधिक
- चीनले बनाएको कोरोनाको खोप नेपालमा परिक्षण गर्ने अन्तिम तयारी
- धोविघाटको मेघा अस्पतालले कोरोनाको उपचार सुरु गर्यो
- कतै तपाईंका छोराछोरी डिप्रेसनमा त छैनन् ? हेर्नुहोस् यस्ता छन् लक्षणहरू
- कोरोनाबाट नेपालका थप चारको मृत्यु , मृतककाे संख्या ९५ पुग्याे