Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

कर्णाली प्रदेशसभाका दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ । प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो । अम्मरबहादुर दैलेख क्षेत्र नं. १ (ख) बाट र सुशील क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन ।

दुवैलाई कोभिड–१९ बाट सुरक्षित रहन प्रदेशसभाले बनाएको आचारसंहिताको उल्लङ्घन गरी सङ्क्रमणको उच्च जोखिममा रहेको जिल्लामा गएको आरोप छ । दैलेखमा कोरोना सङ्क्रमण बढ्दै गएपछि प्रदेशसभा सदस्यद्वय क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन निरीक्षण र जिल्ला भित्रिने नागरिकको उद्धारमा खटिएका थिए ।

सभामुख राजबहादुर शाहीले आइतबारको बैठकमा अहिलेको अवस्थामा सबै सदस्यले सतर्कता अपनाउनुपर्ने जनाउँदै बजेट अधिवेशनभर कुनै पनि सदस्यलाई बाहिर नजान र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन रुलिङ गरेका थिए। उनले टेलिफोन गरी सदस्यद्वयलाई एक साता होम क्वारेन्टिन बस्न र अनिवार्य कोरोना परीक्षण गरेर मात्र बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले प्रदेशसभा सचिवालयको अनुमतिबेगर जिल्लामा जाने सबैका लागि यो नियम लागू हुने बताए । “कोभिड–१९ बाट सुरक्षित रहन प्रदेशसभाले बैठकमा सहभागी सबै माननीय, मर्यादापालक, पत्रकार, कर्मचारीसमेतको पिसिआर परीक्षण गरिएको थियो, बैठकमा सामाजिक दूरी कायम गर्ने गरिएको छ, निर्मलीकरणका सबै उपाय अपनाइरहेका बेला उहाँहरु जिल्ला जानुभयो”, सचिव बुढाथोकीले भने, “एक साताका लागि भनेर रोक लगाइएको छैन, कोरोना परीक्षण गरेर बैठकमा आउनसक्नुहुन्छ ।”

प्रदेशसभा सदस्य सुशील थापाले सभामुख पूर्वाग्रही भएर आफूहरुलाई बैठक प्रवेशमा निषेध गरेको प्रतिक्रिया दिए । “हामी गृहजिल्ला पुगेर कोरोना नियन्त्रणका सम्बन्धमा उच्चस्तरीय बैठकमा सहभागी भएर आएका हौँ, विपद्को बेला जनप्रतिनिधि जनतामाझ पुगेको विषयलाई अन्यथा लिनुहुँदैन”, उनले भने ।

सभामुखले कसैलाई काखा, कसैलाई पाखाको व्यवहार गरेको उनको आरोप छ । “अन्य माननीय र मन्त्रीहरु आफूखुशी हिँडडुल गर्दा आचारसंहिता लागू नहुने, हामीलाई मात्र लागू हुने न्यायोचित छैन्”, प्रदेशसभा सदस्य थापाले भने, “जनतामाझ जानु गल्ती होइन, सुरक्षाका सबै विधि अपनाएरै जिल्लामा पुगेका हौँ ।” अर्का प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले पनि सभामुखले पिसिआर परीक्षण गरेर एक सातापछि बैठकमा आउन टेलिफोन गरेको बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies