खोटाङ । सङ्घीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गरेको बजेट भाषणअनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको हो ।
दश स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम बजेट बराहपोखरी गाउँपालिकाले पाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि रु ५८ करोड ८६ लाख, हलेसी तुवाचुङ नगरपालिकाका लागि रु ४१ करोड ३१ लाख, ऐसेलुखर्क गाउँपालिकाका लागि रु २९ करोड १५ लाख, केपिलासगढी गाउँपालिकाका लागि रु २४ करोड ४२ लाख र खोटेहाङ गाउँपालिका लागि रु ३२ करोड एक लाख बजेट प्राप्त भएको छ ।
यस्तै, जन्तेढुङ्गा गाउँपालिकाका लागि रु २५ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका लागि रु ३१ करोड ९९ लाख, रावाबेँसी गाउँपालिकाका लागि रु २१ करोड ९५ लाख, बराहपोखरी गाउँपालिकाका लागि रु २० करोड दश लाख र साकेला गाउँपालिकाका लागि रु २० करोड २५ लाख अनुदान प्राप्त भएको छ । सङ्घीय सरकारबाट विनियोजित बजेटको सिलिङ रातो किताबमा प्रकाशन गर्ने तयारी भइरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिए ।
सांसद भट्टराईका अनुसार दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना, त्रिधार्मिकस्थल हलेसी, धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी, बहानेपोखरी, मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राजमार्गलगायतमा समेत बजेट विनियोजन भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ ।
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गरिने जलविद्युत् आयोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेपछि जिल्लावासी हर्षित भएका छन् । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सफल पार्न खोटाङका रमेश पौडेलको संयोजकत्वमा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका प्रतिनिधि सम्मिलित सरोकार समाजसमेत गठन गरिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: