Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

फास्ट ट्रयाकबाट संविधान संशोधन, यस्ता छन् प्रक्रिया

काठमाडौं । संविधानको अनुसूचीमा रहेको निसान छापलाई नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न सरकारले संविधान संशोधन विधेयक छोटो विधि (फास्ट ट्रयाक)बाट पारित गर्ने तयारी गरेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ- कोरोना संक्रमणको सम्भावित जोखिम र विधेयकप्रति कुनै पनि दलको विरोध नरहेका कारण छोटो प्रक्रियाबाट पारित गर्नुपर्ने प्रस्ताव सरकारले गरेको हो। भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेसँगै त्यसअनुसार निसान छापभित्रको नक्सा सच्याउन सरकारले गत शुक्रबार संसद्मा विधेयक दर्ता गरेको थियो ।

विपक्षी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले शनिबार संविधान संशोधनका पक्षमा उभिने निर्णय गरेपछि विधेयक आइतबार प्रतिनिधिसभामा पेस गरिएको छ । उसले पार्टीले निर्णय गर्नुपर्ने भन्दै ‘केही दिन पर्खिन समय मागेको’ थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा। शिवमाया तुम्बाहाङफेले आइतबारको प्रतिनिधिसभा बैठकमा विधेयक पेस गरेकी हुन् । त्यसलाई आइतबारै सर्वसाधारणको जानकारीका लागि राजपत्र र गोरखापत्रमा प्रकाशन गर्न पठाइएको छ ।

सार्वजनिक सूचना जारी भएको सात दिनपछि र सांसदलाई संशोधन राख्ने ७२ घण्टाको समयावधि घटाएर छोटो विधिबाट पारित गर्ने तयारी भइरहेको मन्त्री डा। तुम्बाहाङफेले बताइन् । ‘कोरोना महामारी दिन–प्रतिदिन फैलिरहेको छ’, उनले भनिन्, ‘संशोधन विधेयक र बजेट चाँडो पारित गरी बर्खे अधिवेशन नै चाँडो अन्त्य गर्नुपर्ने अवस्था छ ।’

विधेयकलाई छोटो प्रक्रियामा लैजान प्रतिनिधिसभा नियमावलीका केही नियम निलम्बन गर्र्नुपर्छ । त्यसो गर्न दलीय सहमति चाहिन्छ । यस विषयमा छिट्टै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर टुंगो लगाइने उनले बताइन् ।

सत्तासीन नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले विधेयकमा कसैको विवाद नरहेको र केही पनि तल–माथि गर्नुपर्ने अवस्था नरहेकाले चाँडो पारित गर्नुपर्ने बताए । ‘प्रधानमन्त्री ज्यूले बोलाउनु भएको सर्वदलीय बैठकमा नयाँ नक्सा र त्यसअनुसारका संवैधानिक व्यवस्थाका लागि सिंगो मुलुक एक भएर उभिने कुरा भएको थियो’, नेता नेम्बाङले भने ।

संविधान संशोधनका पक्षमा कांग्रेस समेत उभिएकाले दुई तिहाइभन्दा बढी मत देखिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फास्ट ट्रयाकबाट विधेयक पारित गर्नुपर्ने निर्णय पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेको जानकारी दिए ।

मधेस केन्द्रित दल विधेयकका विषयमा सकारात्मक देखिए पनि पक्षमा वा विपक्ष कता मतदान गर्ने भनेर निर्णय गरेका छैनन् । ‘हामीले केही निर्णय गरेका छैनौं’, राजपाका सांसद लक्ष्मणलाल कर्णले भने, ‘समाजवादी र राजपाले भोट हाल्ने बेला निर्णय गर्छौं ।’ यी दुई दलले गैरसरकारी विधेयकका रूपमा छुट्टै संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेका छन् ।

संविधानको धारा २७४ ९१० मा नेपालको सार्वभौमसत्ता, अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने व्यवस्था छ । सोही धाराको उपधारा ९३० मा विधेयक सदनमा प्रस्तुत भएको ३० दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

नियमावलीअनुसार जनतामा जानकारीका लागि प्रकाशन भएको सात दिनपछि मात्र विधेयकमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल हुने व्यवस्था छ । सैद्धान्तिक छलफलपछि सांसदहरूलाई संशोधन राख्न ७२ घण्टाको समयावधि दिइन्छ । सार्वजनिक जानकारीका लाग प्रकाशन भएको सात दिनको समय र ७२ घण्टा संशोधनको समय घटाउनु पर्ने प्रस्ताव सरकारले गरेको हो ।

नियमावलीको नियम १३७ ९७० अनुसार विधेयकका धारा, उपधारा, खण्ड, उपखण्ड वा स्पष्टीकरणमध्ये जहाँ संशोधन प्रस्ताव पेस गरिएको छ, सोही बुँदामा मात्र सांसदले संशोधन पेस गर्न सक्नेछन् । यो प्रावधानले मधेसकेन्द्रित दलले उठाएका बुँदालाई सरकारले पेस गरेको विधेयकमा समेटेर पारित गर्ने अवस्था देखिँदैन ।

सांसदहरूबाट संशोधन परेपछि सभामुखले ती संशोधनमाथि छलफल गर्न विशेष समिति गठन गर्न सक्ने व्यवस्था छ । समिति गठन नभए सभामुखले प्रतिनिधिसभा बैठकमा संशोधनमाथि परेका संशोधनलाई निर्णयार्थ पेस गर्नुपर्नेछ । संशोधन विधेयकलाई सभामुखले निर्णय प्रक्रियामा लैजाँदा मतविभाजन गरेर सांसदहरूको हस्ताक्षर संकलन गर्नुपर्छ । दुई तिहाइ सांसदले विधेयकको पक्षमा हस्ताक्षर गरेर मत दिए विधेयक पारित हुनेछ ।

पारित विधेयकलाई राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाले भने सर्वसाधारणलाई जानकारीका लागि सूचना प्रकाशन नगरी सोझै सैैद्धान्तिक छलफल गरी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउन सक्छ । राष्ट्रियसभाको दुईतिहाइ मतले विधेयक पारित भयो भने पुनः प्रतिनिधिसभामा पठाउनु पर्छ । दुवै सदनबाट पारित भएको विधेयक लालमोहरका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

संशोधन विधेयक पारित गर्दाका प्रक्रिया

—जनतालाई जानकारीका लागि राजपत्र र गोरखापत्रमा विधेयक प्रकाशन गर्नुपर्ने

—सात दिनपछि मात्र प्रतिनिधिसभामा सैद्धान्तिक छलफल हुने

—सांसदहरूलाई संशोधन राख्न ७२ घण्टाको समयावधि दिनुपर्ने

—संशोधन प्रस्तावमाथि दफावार छलफल गर्न सभामुखले विशेष समिति गठन गर्न सक्ने

—विधेयकबारे निर्णय गर्दा मतविभाजन गरी सांसदहरूको दस्तखतसमेत गराइने

—प्रतिनिधिसभामा दुईतिहाइले पारित भएको विधेयक राष्ट्रियसभामा पठाइने

—राष्ट्रियसभाले पनि विधेयकमाथि प्रक्रिया पूरा गरेर पारित गरी प्रतिनिधिसभामा पठाउनुपर्ने

—दुवै सदनले दुईतिहाइले पारित गरेपछि लालमोहरका लागि राष्ट्रपतिसमक्ष पठाइने

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies