Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मेयर रेणु दाहाल लगायतको संयुक्त प्रयासले चितवन जिल्लामा कोरोना भाइरस जानबाट जाेगियाे

\"\"

चितवन । जिल्लाका स्थानीय तह, प्रशासन, अस्पताल, राजनैतिक दलसँगै सरोकारवालाहरुको संयुक्त प्रयासले आजसम्म कोरोना भाइरस समुदायमा जानबाट रोकिएको छ । देशैभरका क्यान्सरका बिरामी उपचार गर्ने, छिमेकी जिल्लासहितका जिल्लाका बासिन्दाको उपचारको थलो, देशका ७७ जिल्लाका बासिन्दाको बसाइ रहेको यस जिल्ला हुँदै राजधानी प्रवेश र बाहिरिने गरिन्छ । भारतीय क्षेत्रबाट फर्किएका नेपाली र त्यहाँबाट भित्रिएका खाद्यान्नसहितका सामग्री यसै जिल्ला हुँदै आवतजावत गर्ने भएकाले पनि यो जिल्ला बढी जोखिममा रहेको देखिन्छ ।

भरतपुर अस्पतालको मातहतमा एउटा कोरोना अस्पताल र एउटा कोभिड–१९ प्रयोगशाला सञ्चालनमा छ । भरतपुर अस्पतालमा १० श्ययाको सघन उपचार कक्ष र आइसोलेशन निर्माण गरिएको छ । यस अस्पतालबाट तीनजनाले उपचार पाएर कोरोना जितिसकेका छन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी समयमै भरतपुर महानगरको अगुवाइमा स्थापना भएको भरतपुर कोरोना विशेष अस्पताल, भरतपुर कोभिड–१९ प्रयोगशालासँगै स्वास्थ्यकर्मी स्थानीय तह, दलहरु, प्रशासन सबैको सहकार्यले रोग फैलन नपाएको बताउछन् । भरतपुर अस्पतालले उपचारको नेतृत्व गरिरहेको छ । अस्पतालमा डा प्रमोद पौडेलको नेतृत्वमा पाँच सदस्यीय कोभिड–१९ उपचार क्लिनिकल टिक गठन भएको तिवारीको भनाइ छ । उहाँले लकडाउन प्रभावकारी हुँदा पनि रोग फैलन नपाएको बताउनुभयो ।

सोही अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी १३५ जनासम्मको उपचारका लागि भरतपुर अस्पताल आफँै सक्षम रहेको बताउछन् । कोरोना अस्पतालमा ६० र भरतपुर अस्पतालमा ७५ जना सङ्क्रमित राखेर उपचार गर्न सकिने उनको भनाइ छ । यससँगै बिरामी थप भएमा मेडिकल कलेजहरु, निजी अस्पताल सहयोग गर्न तयार रहेको अधिकारीको भनाइ छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको नेतृत्वमा सङ्क्रमण भित्रन नपाउँदै स्थापना गरिएको कोरोना अस्पताल र प्रयोगशालाको महत्व अहिले देखिन थालेको अधिकारी बताउछन् । चैत ७ गते कोरोना अस्पताल सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिकाले स्थापना गरेको कोरोना अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । कोरोना अस्पतालमा चितवन, मकवानपुर र नवलपरासीका सङ्क्रमितले उपचार गराइरहेका छन् । प्रयोगशालामा धादिङ, नवलपरासी र कपिलवस्तुका स्वाब पनि परीक्षण भइरहेको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार हालसम्म जिल्लाका एक हजार एक सय जनाको ¥यापिट डाइग्नोष्टिक टेष्ट र एक हजार ६९१ जनाको पिसिआर परीक्षण भइसकेको छ । सङ्क्रमितको सम्पर्क, पहिचान र व्यवस्थापन नै रोग फैलनबाट रोक्न सार्थक भएको उहाँको ठम्याइ रहेको छ । सरोकारवालाहरुको राम्रो समन्वयका कारण आजसम्म रोग फैलन नपाएको उहाँ बताउनुहुन्छ ।

जिल्लाका सात स्थानीय तहमा ९८ वटा वडा रहेका छन् । अधिकांश वडामा क्वारेन्टिन बनाउने काम भइरहेको छ । प्रजिअ नारायणप्रसाद भट्टराई हालसम्म जिल्लामा पाँचजना सङ्क्रमित फेला परेको र तीमध्ये दुईजना निको भइसकेको बताउनुहुन्छ । हाल तीनजनाको उपचार भइरहेको छ । उहाँका अनुसार पाँचैजना बाहिरबाट आएका हुन् । आजसम्म समुदायमा सङ्क्रमण फैलन नपाएको उहाँले बताउनुभयो । सबैको साथ र सहयोगका कारण लकडाउन प्रभावकारी बन्न सकेको र सङ्क्रमितको उपचार व्यवस्थित भएकै कारण सङ्क्रमण फैलन नपाएको भट्टराईको भनाइ छ ।

राजनैतिक दल, स्थानीय तह, अस्पतालहरुसँगै जिल्लावासीको साथ र सहयोगले नै सङ्क्रमण फैलन रोक्न प्रभावकारी बनेको देखिन्छ । जिल्ला समन्वय समिति चितवनले कोरोना सङ्क्रमितको उपचारमा खट्ने चिकित्सक, स्वास्थ्यकर्मीको बसोबास र खानपानको व्यवस्था स्थानीय तहसँग मिलेर गर्दैछ । समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी चितवन सचेत नागरिकको बसोबास भएको जिल्ला भएको र यहाँका सरोकारवाला सङ्घसंस्थाको प्रभावकारी गतिविधिका कारण सङ्क्रमण फैलन नपाएको बताउछन् । जिल्लामा रहेका क्वारेन्टिनहरुमा हाल ५३० जना रहेका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल देशमै सबैभन्दा अघि यही कोरोना अस्पताल स्थापना गरिएको, प्रयोगशाला सञ्चालनमा ल्याइएको, क्वारेन्टिनहरु सकेसम्म व्यवस्थित गरिएको, सीमा क्षेत्रमा रहेका जिल्लावासी ल्याउने काम भइरहेको, सीमित स्रोतसाधनका बाबजुत जनप्रतिनिधिहरु कार्यक्षेत्रमा खटिरहेको बताउछिन् । स्थानीय सरकारसँगै दलहरु, स्थानीय प्रशासन, अस्पताल, स्वास्थ्य कार्यालय लगायतको संयुक्त प्रयासकै कारण सङ्क्रमण फैलन नपाएको दाहालको भनाइ छ । उनले सबैले साथ र सहयोग गरेमा समुदायमा सङ्क्रमण फैलनबाट रोक्न सकिने बताइन् ।

जिल्लाका प्रमुख दलहरु नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काँग्रेसका जिल्ला नेतृत्वले लकडाउन प्रभावकारी बनाउन पटकपटक सार्वजनिक रुपमा सन्देश प्रवाह गरिरहेका छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ सरकारले सङ्क्रमण रोक्न गरेको आह्वान सबैले अक्षरश पालना गर्नुपर्ने बताउछन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हाल भरतपुर अस्पतालमा दुई र भरतपुर कोरोना अस्पतालमा चारजना सङ्क्रमित उपचाररत छन् । कोरोना अस्पतालका तीनजना नवलपरासीका हुन् भने अन्य तीनजना चितवनका हुन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies