Khabar Dabali Logo
  July 4, Sat

भारतमा कोरोना सङ्क्रमणबाट निको हुने व्यक्तिको दर ४७.७६ प्रतिशत

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस सङ्क्रमण निको भइ घर फर्किन वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या ८६ हजार ९८३ पुगेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

भारतमा आइतबारसम्ममा एक लाख ८२ हजार ९९० जना सङ्क्रमित भएका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार कूल सङ्क्रमितमध्ये ४७।७६ प्रतिशत व्यक्ति उपचारपछि निको भइ घर फर्किएका वा भारतबाट अन्य मुलुक गएका बताइएको छ ।

मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “विगत २४ घण्टामा चार हजार ६१४ व्यक्ति निको भई घर फर्किएका वा यहाँबाट अन्य मुलुक गएका छन् । योसँगै कूल निको हुनेको सङ्ख्या ८६ हजार ९८३ पुगेको छ अर्थात् ४७.७६ प्रतिशत सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन् ।”

हाल चिकित्सकको निगरानीमा रहेर उपचार गराइरहेका व्यक्तिको सङ्ख्या ८९ हजार ९९५ रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

विभिन्न चरणमा पूर्व भावनात्मक र रोग निधानका लागि सक्रियता देखाई सङ्क्रमण नियन्त्रण, रोकथाम र व्यवस्थापनलाई अघि बढाएकोले अन्य ठूला मुलुकको तुलनामा भारतमा सङ्क्रमण फैलिने क्रम सुस्त रहेको दावी भारत सरकारले गरेको छ ।

भारतमा प्रति १० लाख जनसङ्ख्यामा १३३ जना सङ्क्रमित रहेको र चार जनाको मृत्यु भएको सरकारको तथ्याङ्कबाट पुष्टि भएको छ ।

यहाँ अहिलेसम्म ३७ लाख ३७ हजार २७ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण भएको छ । परीक्षण भएका व्यक्तिको सङ्ख्या प्रति १० लाखमा दुई हजार ७१० हुन आउँछ ।

भारतमा आइतबारसम्ममा पाँच हजार १६४ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने आठ हजार ९४४ गम्भीर खालका विरामी रहेका मन्त्रालयले जानकारी गराएको छ ।

जेठ १८ गते, २०७७ - १९:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानका विदेश मन्त्रीलाई कोराना सङ्क्रमण

इस्लामावाद । पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुुरेशीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि...   

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही र गोरखाका...   

शनिबार २३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुग्याे

काठमाडौं । शनिबार थप २३२ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा ४...   
एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड

एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा...   

६० रुपैंयाँ पर्ने औषधि दुई हजार ४०० मा बिक्री !

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री...   
रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप : ४ प्रहरी घाइते

रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप : ४ प्रहरी घाइते

काठमाडौँ । सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप खोकनावासी र प्रहरीबीच...   

बझाङ पहिरो अपडेट : सात बेपत्तामध्ये तीन जनाको शव भेटियो (नामसहित)

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । सो पहिरोमा सात बेपत्ता...   

उद्धारमा हिँडेको सेनाको गाडी बझाङकाे पहिरोमा पर्‍यो, ३ जना घाइते

बझाङ । बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको...   

सलहबाट मकै बालीमा पाँच करोडको क्षति

अर्घाखाँची । जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ...   

ओलीले थप समय मागेपछि नेकपा बैठक फेरि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ ।प्रधानमन्त्री तथा पार्टी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top