Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

खर्च गर्ने क्षमतामा विस्तार गर्नुपर्नेमा सांसद पाण्डेकाे जोड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुरेन्द्रप्रसाद पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट सकारात्मक रहेकाले कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरेका छन् । बहुपक्षीय दातृ निकायले नेपाललाई ठूलो मात्रामा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको तथ्य पेश गर्दै उनले हाम्रो खर्च गर्ने क्षमतामा विस्तार गर्नुपर्नेमा जोड दिए ।

आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पाण्डेले चालू आर्थिक वर्षमा कूल रु चार अर्ब आठ अर्बको पूँजीगततर्फको विनियोजित बजेटमध्ये हालसम्म रु एक खर्ब १४ अर्ब अर्थात् २८।२८ प्रतिशत मात्रै खर्च भएको अवस्थामा आगामी आवमा सो खर्च बढाउनेतर्फ विशेष ध्यान दिन आग्रह गरे ।

सरकारले आगामी आवमा विशेषगरी स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेषरूपमा बजेट विनियोजन गरेकाले अब खर्च गर्ने क्षमतामा विस्तार गर्नुपर्ने बताए । रोजगारी र सामाजिक सुरक्षाका विषयमा बजेटले विशेष प्राथमिकतामा राखेको बताउँदै पाण्डेले विभिन्न मन्त्रालयले खर्च गर्ने एकै प्रकारका कार्यक्रमलाई एउटै ‘बास्केट’मा राखेर खर्च गर्ने व्यवस्था गर्न माग गरे ।

कृषि क्षेत्रमा महत्वका साथ बजेट विनियोजन गरिए पनि चालू आवको फागुन मसान्तसम्म रु ४५ अर्ब बराबरको खाद्य उपज आयात भएकाले तत्काल उत्पादन बढाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । उनले साना तथा मझौला उद्योगका लागि रु ५० अर्ब बराबरको कोष बनाउने विषय आफैँमा महत्वपूर्ण रहेको बताए ।

नेपाल राष्ट्र बैंकले रु एक खर्बको पुनःकर्जा कोष स्थापना गर्ने विषय तत्काल अगाडि बढाउन र सरकारले स्रोतको व्यवस्था गरिदिन समय लगाउन नहुने धारणा राखे । सहकारी क्षेत्रमा आएको नीति तथा कार्यक्रम र बजेट तथा विद्युत् महसुल छुट, डिमाण्ड शुल्क छुटलगायत विषय असाध्यै आकर्षक रहेको विचार राख्दै पूर्वअर्थमन्त्रीले काठमाडौँ –तराई –मधेश द्रुतमार्गका लागि आवश्यक पर्ने थप रकम कसरी जोहो गर्ने भन्ने विषयमा ध्यान दिनुपर्ने बताए ।

कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक मलमा भन्सार नबढेको बरु सवारी साधनको सफाइमा प्रयोग हुने ‘युरिया’मा मात्रै केही दर बढेको आफूले थाहा पाएको बताउँदै उनले गलत हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरे । विद्युतीय सवारीमा बढी भन्सार लिने व्यवस्था गरिएका विषयमा समेत प्रष्ट पार्दै उनले महँगा र विलासी सवारी खरीद गर्दा वैदेशिक मुद्रामा चाप पर्ने भएकाले त्यस्तो व्यवस्था गरिएको हुन सक्ने भनाइ राखे ।

आर्थिक वृद्धिदरका विषयमा सरकारले राखेको लक्ष्य पूरा हुन गाह्रो छ भन्दै उनले प्रस्तुत भएका योजनाको वस्तुनिष्ठ कार्यान्वयनका लागि सबैको सार्थक पहल जरुरी रहेको बताए । पूर्वमन्त्री पाण्डेले बजेटले आशावादिता जगाउने काम गरेकाले कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies