Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कोरोना भर्सेस रोग प्रतिरोधी क्षमता

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप र औषधि उपलब्ध नहुँदासम्म यसबाट बच्न शरीरको रोग प्रतिरोधी क्षमता बढाउनु एक मात्र विकल्प बनेको छ । संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने, सेल्फ आइसोलेसनमा बस्ने कुरामा विश्वभरका मानिस अभ्यस्त बन्दै छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - विभिन्न अध्ययनअनुसार कोरोनाबाट रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिस बढी प्रभावित देखिन्छन् । यसबाट ज्येष्ठ नागरिक बढी जोखिममा छन् तर वयस्कको मृत्युदर पनि कम छैन ।

–संक्रमणविरुद्ध लड्न स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्छ । यसका लागि पोषणयुक्त खानपान र नियमित व्यायामको आवश्यकता हुन्छ ।

–अमेरिकन फेडेरेसन फर एजिङ रिसर्चको तथ्यांकअनुसार ५५ वर्षभन्दा बढी उमेरका मानिस कोरोनाको बढी जोखिममा छन् । जीवविज्ञानको आधारभूत तथ्यअनुसार उमेर बढ्दै जाँदा प्रतिरोधी क्षमता घट्दै जान्छ । बिस्तारै कोष र कोषिका नष्ट हुँदै जाने भएकाले प्रतिरोधी क्षमता पनि कम हुने गर्छ । तर, पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीमा ध्यान दिएमा प्रतिरोधी क्षमता बढाउन सकिन्छ ।

–प्रतिरोधी क्षमता कमजोर हुँदै गएपछि शरीरका कोषिका सुन्निने क्रम बढ्दै जान्छ । यस्तो समस्या भएका व्यक्तिमा भाइरसले छिटो प्रभाव पार्छ । श्वास–प्रश्वासको माध्यमबाट श्वासनली र फोक्सोमा प्रवेश गरेर कोरोना भााइरसले कोषहरूमा क्षति पुर्‍याउन थाल्छ । भाइरस फैलिँदै गएपछि कोष नष्ट हुँदै जान्छन्, जसले शरीरका अंगमा बिस्तारै समस्या उत्पन्न गराउँछ ।

– मोटोपना भएका मानिस कोरोना संक्रमणबाट बढी प्रभावित हुने अध्ययनहरूले देखाएका छन् । त्यसैले संक्रमणविरुद्ध लड्न स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्छ । यसका लागि पोषणयुक्त खानपान र नियमित व्यायामको आवश्यकता हुन्छ ।

– लकडाउनको समयमा घरमै निष्क्रिय भएर बस्नुपर्ने बाध्यताले मानिसमा मोटोपनको समस्या बढ्दो छ । मोटोपनासँगै अन्य स्वास्थ्य समस्या पनि निम्तिने भएकाले यसबाट बच्न चिकित्सकहरूले सल्लाह दिँदै आएका छन् ।

– नियमित व्यायाम गर्नाले शरीरका मांसपेसी सक्रिय रहन्छन् । व्यायामका कारण मांसपेसीमा बोसो कम हुने भएकाले कोषिका स्वस्थ रहन्छन् ।

– घरमै पनि दैनिक व्यायाम गर्न सकिन्छ । संक्रमणको जोखिम घटाउन, दीर्घकालीन स्वास्थ्य समस्या कम गर्न, पर्याप्त निद्रा र एन्जाइटी जस्ता सम्भावित समस्याबाट बच्न पनि व्यायाम अत्यावश्यक छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies