ललितपुर । ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी बस्ने स्थायी ठेगाना सुनसरी घर भएकी २३ वर्षीया महिलामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
उनी यही जेठ ११ गते ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा सुत्केरी हुन भर्ना भएकी थिइन् । जेठ १२ गते उनको शल्यक्रिया गर्नुपूर्व स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदा आज पोजेटिभ देखिएको हो । महिला यही जेठ १५ गते अस्पतालबाट डिस्चार्ज भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले बताए।
उनले भने, “हालसम्म महिलाको स्वास्थ्य अवस्था सामान्य नै छ, उनी सुनाकोठीमै बसिरहेका कारण हामीले भर्खरै यी महिलाका परिवारलगायत त्यहाँका वडाध्यक्षसँग गई कुरा गरेर सावधानी अपनाउने विषयमा छलफल गरेर आयौँ, महिलाको घरमा भएका अन्य पाँच जनालाई मास्कलगायत सामग्री दिएर क्वान्टिनमा बस्न अनुरोध पनि गरेका छौँ।” पाँच दिनपछि उनीहरुको कोरोना परीक्षण गरिने गेलालले जानकारी दिए ।
किष्ट अस्पतालमा महिलाको उपचारमा संलग्न चिकित्सकलाई पनि अस्पताल वा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको गेलालको भनाइ छ ।सुत्केरी गर्न राखेको कक्षमा चारदेखि पाँच घण्टा बन्द गरी सङ्क्रमण हटाउने र औषधि छर्किएर पुनःसञ्चालन गरिनेछ । किष्ट अस्पतालमा गत बुधबार मात्र वडा नं २२ बुङ्मतीका ५७ वर्षीया पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: