Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सीमा क्षेत्रमा सन्धिसम्झौता र मापदण्ड विपरीत भारतद्वारा सडक निर्माण : प्रदेशसभा सदस्यद्वारा विरोध

रुपन्देही । अन्तरराष्ट्रिय सन्धिसम्झौता र मापदण्ड विपरीत भारतले सीमा क्षेत्रमा चार लेन सडक निर्माण शुरु गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिकासँग सीमा जोडिएको क्षेत्र नजीकै सडक निर्माण शुरु भएपछि स्थानीयवासी डुबानको समस्या हुने भन्दै चिन्तित भएका छन् ।

भारतीय पक्षले वर्षात्मा पानी रोक्ने हिसाबले सीमा क्षेत्रको १५ मिटर नजीकैबाट झण्डै ६ फिट अग्लो सडक निर्माण थालेपछि नागरिकमा त्रास छाएको हो । रोहिणी– ५ र ६ का इमिलीहवा, बुची, बोधबार र विष्णुपुरा गाउँ डुबानमा पार्ने गरी सडक निर्माण शुरु गरेको भन्दै प्रदेश नं ५ का प्रदेशसभा सदस्य डा कृष्णप्रसाद न्यौपानेले आपत्ति जनाएका छन् । न्यौपानेले आज विज्ञप्ति जारी गरी नेपाल भारत सीमा क्षेत्रमा पूर्वबाट पश्चिमतर्फ सामान्य गस्ती गर्नका लागि सडक बनाउने भनिए पनि भारतले नेपाली भूभाग नै डबानमा पर्ने गरी सडक निर्माण थाल्नु दुर्भाग्य भएको जनाउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “भारतले अन्तरराष्ट्रिय सन्धिसम्झौता र मापदण्ड विपरीत नदीनालाको प्राकृतिक बहावमा असर पर्ने गरीे दशगजा क्षेत्रमा चार लेनको सडक निर्माण गरेको छ । सडक निर्माणपछि वर्षाको समयमा पानीले निकास नपाउने र पानीको बहाव थुनिई त्यस आसपासको गाउँको हजारौँ बिघा खेती गरिने जमीन र नेपाली नागरिक बसोबास गर्ने भूभाग डुबानमा पर्ने निश्चित देखिएको छ ।”

उनले अन्तरराष्ट्रिय सन्धिसम्झौतानुसार दशगजा क्षेत्र नजीक नदीनालाको प्राकृतिक बहाव तथा मानवीय रुपले असर पुग्ने गरी दुवै मुलुकतर्फ आठआठ किलोमिटर दूरीमा भौतिक संरचना निर्माण गर्दा एकार्को मुलुकको सहमति लिनुपर्ने भए पनि भारत पक्षले उक्त क्षेत्रमा सडक परियोजना सञ्चालन गर्दासमेत नेपाल पक्षसँग कुनै सहकार्य नगर्नु दुर्भाग्य भएको बताए ।
“सीमावर्ती क्षेत्रका नेपालीको घरखेत डुबानको जोखिमलाई ध्यानमा राखी छिमेकी राष्ट्रको मर्यादालाई पनि ख्याल राख्दै निर्माण कार्यलाई तत्काल बन्द गरी अन्तरराष्ट्रिय सन्धि र सम्झौताअनुसार संरचना निर्माण गर्न भारत सरकारलाई आग्रह गर्दछु । साथै संघीय सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिई कूटनीतिक वार्ताद्वारा समस्या समाधान गर्न पनि अनुरोध गर्दछु”, प्रदेश सभासदस्य न्यौपानेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies