Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

\"\"

सप्तरी । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बसेकाबाट आज कुटिएका छन् ।

क्वारेन्टिनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । कुटपिटबाट घाइते प्रहरी साहको दाँहिने घुँडाको माथिल्लो भाग (पटेला) फुस्किएको र अनुहार सुन्निएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब डम्बर गुप्ताले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा प्राथमिक उपचारपछि घाइते साहलाई उपचारका लागि कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल भर्ना गरिएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिनबाट रोक्न एकान्तबासका लागि बनाइएको क्वारेन्टिनमा भारतलगायत बाहिरबाट आएकालाई सुरक्षित राखिए पनि परिवारका सदस्य र गाउँले आएर अनावश्यक भिडभाड गर्ने गरेका प्रहरीको गुनासो छ ।

क्वारेन्टिनमा बसेकालाई भेटघाट गर्न आएका मानिस टाँसिएर कुराकानी गरिरहेका देखि दूरी कायम राखी अलग्गै बस्न भनेकामा क्वारेन्टिनमा बसेका र उनलाई भेटन आएका मिलेर बाँसको लाठीले समेत कुटपिट गरेको घाइते साहले बताए।

ज्यान जोखिममा राखेर जनताको सेवामा खटिएका सुरक्षाकर्मीमाथि नै भएको कुटपिटको घटना निन्दनीय भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए। कुटपिटमा संलग्नमध्ये बाहिरबाट आएका एक जना आरोपितलाई पक्राउ गरिएको उनले बताए । क्वारेन्टिनमा रहेका आरोपित हाल क्वारेन्टिनमै प्रहरी निगरानीमा रहेका प्रहरीले जनाएको छ । उक्त क्वारेन्टिननमा हाल ३१ जना रहेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies