Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेकपाको सरकारलाई निर्देशन –एमसीसीका काम रोक्नु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले संसदबाट एमसीसीको विषयमा टुंगो नलागुञ्जेल सरकारले त्यससम्बन्धि काम कतै अगाडि नबढाउन निर्णय गरेको छ। एमसीसीको विषयमा पार्टीको धारणाका लागि पार्टी बैठकले निर्णय गर्ने र संसदीय प्रक्रिया संसदले टुंग्याउने भएकाले सरकारले बजेटमा राख्न नहुने विषयमा बहुमत सचिवालय सदस्यले धारणा राखेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सचिवालयका बहुमत सदस्यले पार्टी निर्णय विपरित एमसीसीलाई बजेटमा समेटेर के गर्न खोजेको ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न राखेपछि प्रधानमन्त्री ओलीले संसदमा नीति तथा कार्यक्रमको जवाफ दिएकै शैलीमा जवाफ दिएका थिए। प्रधानमन्त्री ओलीले संसदमा प्रस्ताव भइसकेको विषय संसदको अधिकार हो सरकारले नियमित प्रक्रियाअनुसार काम गर्छ कतिपय पार्टीभन्दा पनि देश र सरकार सञ्चालनका प्रक्रिया र बाध्यताहरु छन् भनेपछि विवाद भएको एक सचिवालय सदस्यले बताए।

विवादित अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सहयोगलाई बजेटमा राखेको विषयमा छलफल गर्न बसेको नेकपा सचिवालय बैठक अर्को बैठकबाट सहमती खोज्ने गरी टुंगिएको छ। बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले एमसिसीका विषयमा पार्टीको बैठक बसेर टुंगोमा पुगिने जानकारी दिए।

जेठ १० गते बजेटका विषयमा छलफल गर्न भनी वालुवाटारमा सचिवालय बैठक बसे लगत्तै एमसीसीलाई विनियोजन विधेयकमा समेटेर संसदबाट पास गराउने रणनीतिमा प्रधानमन्त्री रहेको सूचना लिक भएको थियो। बैठकमा अर्थमन्त्री खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटि सदस्य भीम रावललाई समेत बोलाइएको थियो।

एमसीसीलाई जसरी पनि पारित गर्ने पक्षमा नेकपा अध्यक्ष केपी शर्मा ओली छन् भने प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ संसोधन पछि मात्रै पास गर्नुपर्ने पक्षमा छन्। ‘सरकारका प्रभावशाली मन्त्रीहरु रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा मौन छन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies