Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश भित्रिनेको चाप बढ्यो : तर क्वारेन्टिन बढेन

कञ्चनपुर । भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्कने नागरिकहरुको सङ्ख्या दैनिक बढ्दो रहेको छ । फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा ल्याएर राख्न थालेका छन् ।

बढ्दो चापले क्वारेन्टिनको व्यवस्थापन मिलाउन स्थानीय तहलाई निकै चुनौती थपिएको छ । बस्ने, खानपानको व्यवस्था मिलाउनेसँगै व्यवस्थित तरिकाले राख्नका लागि स्थानीय तहमा कार्यरत कर्मचारीको व्यस्तता बढेको छ । पाँच दिनको अवधिमै पश्चिमी सीमानाकाबाट १० हजार बढी स्वदेश भित्रिएका छन् । ती मध्ये आधा बढी कञ्चनपुरका बासिन्दा छन्् । कारोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै क्वारेन्टिनमा बस्नेहरुलाई सामाजिक दूरी कायम गराउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खानेकुराको व्यवस्था गराउने कार्य गरिँदै आएको छ । शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, “स्वास्थ्य जाँचकार्यलाई समेत त्यत्तिकै ध्यान दिन थालेका छौँ ।”

क्वारेन्टिनमा बस्दै आएका सबैको किट अभावमा आरडिटी र पिसीआर परीक्षण हुन नसकेको छैन । जोखिमयुक्त क्षेत्रबाट आएका र जोखिम हुनसक्ने व्यक्तिको कोरोना परीक्षण हुँदै आएको उनले जानकारी दिए । यसैगरी दैनिक स्वदेश फर्कनेको चाप बढ्ने हो भने क्वारेन्टिनमा राख्न समस्या त हुन्छ नै सम्हाल्नसमेत गाह्रो हुन्छ”, उनले भने। पाँच दिनअघिसम्म रित्तो अवस्थामा रहेका क्वारेन्टिनमा सम्हाल्न नसकिने गरी नागरिक आइपुगेका छन् । बढ्दो चापलाई मध्यनजर गर्दै जिल्लाका नौवटै स्थानीय तहले क्वारेन्टिनको क्षमतामा वृद्धि गरेका छन् ।

नगरपालिकामा मात्रै सीमित क्वारेन्टिनलाई वडा–वडामा विस्तार गरिएको छ । वडाध्यक्षको संयोजकत्वमा क्वारेन्टिन व्यवस्थापनका लागि समिति गठन गरिएको छ । नगरपालिकामा क्वारेन्टिन व्यवस्थापन मूल समिति रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार नौवटै स्थानीय तहमा क्वारेन्टिनको सङ्ख्या १३७ रहेको छ ।

क्वारेन्टिनमा श्यया सङ्ख्या छ हजार १९४ र क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या पाँच हजार ८९२ रहेको छ । हालसम्म क्वारेन्टिन अवधि पूरा गरी ८४८ घर फिर्ता भइसकेका छन् । विदेशबाट फर्किएका व्यक्तिको सङ्ख्या भने ११ हजार ५२३ रहेको छ । कञ्चनपुरमा क्वारेन्टिनको सङ्ख्या भीमदत्त नगरपालिकामा १२५, महाकालीमा २४, बेदकोटमा १२, शुक्लाफाँटामा १८, कृष्णपुरमा १७, पुर्नवासमा १४, बेलौरीमा सात, लालझाडीमा नौ, बेलडाँडीमा ११ गरी १३७ रहेको छ ।

क्वारेन्टिनमा श्ययाको सङ्ख्या भीमदत्त नगरपालिकामा ८०० , महाकालीमा दुई हजार, बेदकोटमा ४४२, शुक्लाफाँटामा ७५०, कृष्णपुरमा ७६२, पुर्नवासमा ४५०, बेलौरीमा ३३५, लालझाडीमा २२०, बेलडाँडीमा ४३५ गरी छ हजार १९४ रहेको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या भीमदत्त नगरपालिकामा ७०१, महाकाली नगरपालिकामा एक हजार १९९, बेदकोट नगरपालिकामा ४०७, शुक्लाफाँटा नगरपालिकामा ७००, कृष्णपुर नगरपालिकामा ७६२, पुर्नवास नगरपालिकामा ४४०, बेलौरी २७० लालझाडी गाउँपालिकामा २१९ र बेलडाँडी गाँउपालिकामा ३९४ गरी पाँच हजार ८९२ जना छन् ।

स्वदेश फर्कने सबैलाई अनिवार्यरूपमा क्वारेन्टिनमा राखिँदै आएको छ । हालसम्म स्वाब परीक्षण ५९७ र आरडिटी दुई हजार ८९९ जनाको मात्रै गरिएको छ । फर्केका नागरिकलाई सम्बन्धित नगरपालिकाले सीमा क्षेत्रबाट क्वारेन्टिनमा ल्याउन भरपर्दो साधानको अभाव छ । टिपर र ट्रकलगायतका साधनमा एकै ठाउँमा राखेर ल्याउने कार्यले कारोना भाइरसको सङ्क्रमणको जोखिम निकै बढाएको बताइएको छ । सामाजिक दूरी कायम गरी बसलगायतका साधानमा भारतबाट फर्कनेलाई ल्याइनुपर्ने स्थानीय जानकारको भनाइ छ । सीमा क्षेत्रबाट नागरिक ओसार्न प्रयोग गरिएका सवारी साधनलाई समेत स्यानिटाइज नगरिदा जोखिम बढेको बताइन्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies