Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

अमेरिकाले विश्व स्वास्थ्य संगठनसँग नाता तोडेको ट्रम्पको घोषणा, चीनको 'कठपुतली' भएको आरोप

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग अमेरिकाले नाता तोडेको बताएका छन्।

उनले कोरोनाभाइरस फैलने कुरामा डब्ल्यूएचओले बेइजिङलाई जिम्मेवार बनाउन नसकेको आरोप लगाउँदै यस्तो बताएका हुन्।

बेइजिङलाई दण्डित गर्ने उद्देश्यका साथ विभिन्न उपायहरू सार्वजनिक गर्ने क्रममा उनले भने, \'डब्ल्यूएचओमा चीनको पूर्णतस् नियन्त्रण रहेको छ।\'

अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको रकम वाशिङ्टनले अन्य निकायहरूलाई प्रदान गर्ने पनि ट्रम्पले बताए।

अमेरिका डब्ल्यूएचओलाई सबैभन्दा धेरै रकम प्रदान गर्नेमध्येमा पर्छ।

उसले गत वर्ष ४० करोड अमेरिकी डलर प्रदान गरेको थियो। यसै वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुनका लागि चुनावी अभियान गरिरहेका ट्रम्पलाई महामारी व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गर्ने गरिएको छ।

उनले भने चीनलाई कोरोनाभाइरस महामारी लुकाएको आरोप लगाउँदै आएका छन्।

कोभिड-१९ का कारण अमेरिकामा १ लाख २ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

अमेरिका महामारीका कारण विश्वमै सबैभन्दा धेरै मानिसहरूको निधन भएको मुलुक बन्न पुगेको छ।
ट्रम्पले के भने ?

\'आज हामी डब्ल्यूएचओसँगको सम्बन्ध तोड्दैछौँ र त्यो रकमलाई अन्य विश्वव्यापी जनस्वास्थ्य सम्बन्धी परोपकारी संस्थाहरूमा पठाउँछौँ,\' ह्वाइटहाउसमा सञ्चारकर्मीसँग बोल्दै उनले भने।

\'चिनियाँ सरकारको दुर्भावनाका कारण अहिले विश्व पीडित भइरहेको छ।\'

उनले डब्ल्यूएचओलाई विश्वलाई भ्रमित पार्न चीनले दबाव दिएको आरोप पनि लगाए।

ट्रम्पले गत महिना डब्ल्यूएचओले आफ्नो आधारभूत काम गर्न नसकेको आरोप लगाउँदै अमेरिकाले उसलाई रकम नदिने बताएका थिए।

उनले डब्ल्यूएचओको प्रमुखलाई गत मे १८ मा पत्र लेख्दै असहमति व्यक्त गरेका थिए।

पछि उनले डब्ल्यूएचओलाई चीनको \'कठपुतली\' भएको आरोप लगाएका थिए।

चीनले भने अमेरिकामा भाइरस फैलिनुमा अमेरिका स्वयम् जिम्मेवार रहेको बताएको छ।

डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले कोरोनाभाइरस महामारीबारे चालिएका कदमहरूको एउटा स्वतन्त्र छानबिन गर्ने निर्णय गरिसकेका छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies