Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

तनहुँका स्थानीय तहलाई तीन अर्ब ८० करोड बजेट, कुन गाउँपालिकालाई कति ?

तनहुँ। सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि तनहुँ जिल्लालाई रु तीन अर्ब ८० करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार सार्वजनिक गर्नुभएको बजेटमा तनहुँका लागि रु तीन अर्ब ८० करोड ७८ लाख विनियोजन भएको छ ।

दश स्थानीय तह रहेको तनहुँले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानवापत रकम प्राप्त गरेका छन् । तनहुँले आगामी वर्षका लागि रु १० करोड बढी बजेट प्राप्त गरेको छ । गत आर्थिक वर्षमा तनहुँ जिल्लाका स्थानीय तहले रु तीन अर्ब ७० करोड बजेट प्राप्त गरेको थियो ।

व्यास नगरपालिकाले समानीकरण अनुदानतर्फ रु १८ करोड ६९ लाख, सशर्त अनुदानतर्फ रु ५२ करोड ७७ लाख, विशेष अनुदानतर्फ रु दुई करोड ५० लाख र समपूरक अनुदानतर्फ रु दुई करोड ५० लाख गरी कूल रु ७५ करोड ९६ लाख बजेट पाएको छ । शुक्लागण्डकी नगरपालिकाले समानीकरण अनुदानतर्फ रु १४ करोड ६१ लाख र सशर्त अनुदानतर्फ र ३६ करोड १९ लाख गरी कूल रु ५० करोड ८० लाख बजेट पाएको छ ।

भानु नगरपालिकाले समानीकरण अनुदानतर्फ रु १४ करोड २३ लाख, सशर्त अनुदानतर्फ रु २३ करोड ६५ लाख, विशेष अनुदानतर्फ रु दुई करोड ५० लाख गरी कूल रु ५२ करोड १२ लाख, भीमाद नगरपालिकाले समानीकरण अनुदानतर्फ रु ११ करोड ५१ लाख, सशर्त अनुदानतर्फ रु २३ करोड ६५ लाख, विशेष अनुदानतर्फ रु ५० लाख र सशर्त अनुदानतर्फ रु ५० लाख गरी कूल रु ३६ करोड १६ लाख बजेट पाएको छ । आँबुखैरेनी गाउँपालिकाले समानीकरण अनुदानतर्फ रु नौ करोड २६ लाख, सशर्त अनुदानतर्फ रु १५ करोड ५९ लाख, विशेष अनुदानतर्फ रु एक करोड ४४ लाख गरी कूल रु २६ करोड २९ लाख, ऋषिङ गाउँपालिकाले समानीकरण अनुदानतर्फ रु नौ करोड ९८ लाख, सशर्त अनुदानतर्फ रु २० करोड ८५ लाख, विशेष अनुदानतर्फ रु एक करोड गरी कूल रु ३१ करोड ८३ लाख, घिरिङ गाउँपालिकाले समानीकरण अनुदानतर्फ रु आठ करोड ६६ लाख, सशर्त अनुदानतर्फ रु १५ करोड सात लाख गरी कूल रु २३ करोड ७३ लाख बजेट पाएको छ ।

देवघाट गाउँपालिकाले समानीकरण अनुदानतर्फ रु सात करोड ९७ लाख, सशर्त अनुदानतर्फ रु १७ करोड ५० लाख, विशेष अनुदानतर्फ रु ६४ लाख गरी कूल रु २६ करोड ११ लाख, म्याग्दे गाउँपालिकाले समानीकरण अनुदानतर्फ रु नौ करोड ६५ लाख, सशर्त अनुदानतर्फ रु १५ करोड, विशेष अनुदानतर्फ रु ५० लाख गरी कूल रु २५ करोड १५ लाख, बन्दीपुर गाउँपालिकाले समानीकरण अनुदानतर्फ रु नौ करोड चार लाख, सशर्त अनुदानतर्फ रु १७ करोड चार लाख, विशेष अनुदानतर्फ रु एक करोड ८० लाख गरी कूल रु ३२ करोड ६३ लाख बजेट पाएको छ । वित्तीय समानीकरणअन्तर्गत प्राप्त बजेटबाट स्थानीय तहले परिषद्बाट योजना पारित गरी कार्यान्वयन गर्नुपर्छ भने सशर्त अनुदानअन्तर्गत प्राप्त बजेटले कर्मचारी र शिक्षकहरूको तलबभत्ता, सामाजिक सुरक्षाभत्ता र स्थानीय तहको प्रशासनिक खर्चमा कार्यान्वयन गर्नुपर्छ ।

कोरोना परीक्षण गर्न धमाधम स्वाब सङ्कलन

भारतका विभिन्न शहरबाट जिल्ला फर्किएकाहरूको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन तीव्र पारिएको छ । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बसेकाहरूको कोरोना परीक्षणका लागि स्वाब सङ्कलनलाई तीव्र पारिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले दमौली अस्पतालका तीन स्वास्थ्यकर्मीलाई स्वाब सङ्कलनका लागि पठाउने गरेको छ । प्रत्येक स्थानीय तहमा दमौली अस्पतालकै स्वास्थ्यकर्मी गएर स्वाब सङ्कलन गरेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । “सबै स्थानीय तहका स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गर्न जानेका छैनन्, दमौलीबाटै स्वास्थ्यकर्मी गएर स्वाब सङ्कलन गर्ने गरिएको छ”, अधिकारीले भने “दमौलीबाट गएका स्वास्थ्यकर्मीले सम्बन्धित स्थानीय तहका स्वास्थ्यकर्मीलाई स्वाब सङ्कलन गर्ने तरिका पनि सिकाउँछन् ।”

उनका अनुसार आँबुखैरेनीमा त्यहीको स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गर्छन् भने शुक्लागण्डकी र बन्दीपुर गाउँपालिकाका स्वास्थ्यकर्मीलाई यसबारेमा जानकारी दिइएको छ ।

भारतबाट आएर व्यास नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका ५४ जनाको स्वाब सङ्कलन गरिएको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा रहेका एक महिला र ५३ पुरुष गरी ५४ को स्वाब सङ्कलन गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

उक्त क्वारेन्टिनमा ७५ जना छन् । त्यस्तै व्यास नगरपालिका–४ स्थित मदरसा आधारभूत विद्यालयको क्वारेन्टिनमा १७ जना छन् । उनीहरू सबै भारतबाट आएका हुन् । जिल्लामा हालसम्म २६७ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकामा १८० जनाको रिपोर्ट नगेटिभ आएको छ । मङ्गलबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएका म्याग्दे गाउँपालिकाका २५, बन्दीपुर गाउँपालिकाका नौ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । देवघाट गाउँपालिकाका १४, शुक्लागण्डकी नगरपालिकाका ३९ र भीमाद नगरपालिकाका ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दश स्थानीय तहका क्वारेन्टिनमा आजसम्म ४१९ जना पुगेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies