Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सङ्क्रमित वडाध्यक्ष भन्छन् : कर्तव्य भूमिमा ढले पनि रत्तिभर पिर छैन

राझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना कोरोना सङ्क्रमित भएका वडाध्यक्ष अहिले आइसोलेशन केन्द्रमा छन्। आफू सङ्क्रमित भएकामा भन्दा जनताको स्वास्थ्यप्रति उनको चासो र चिन्ता छ । “जनताको सेवा अनि आफ्नो कर्तव्य वहन गर्दागर्दै कर्तव्यभूमिमै ढलिएछ भने पनि रत्तिभर पिर छैन, पिर त मेरा जनताको स्वास्थ्यको छ, भगवान्सँग प्रार्थना गर्छु, कसैलाई पनि केही नहोस् ।”, उनले जनतालाई सान्त्वना दिँदै भनेका छन्, “नआत्तिऔँ, बरु सावधानी अपनाऔँ ।”

भारतको कोरोना सङ्क्रमित शहरबाट फर्किएका जनतालाई भारतीय शहर रुपैडिहासम्म पुगेर वडाको क्वारेन्टिनमा पुर्याउने र क्वारेन्टिनमा बसेका नागरिकको सेवामा खटिँदै आएका उनको दुई दिनअघि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

जनताकै सुरक्षाका लागि काम गर्दागर्दै सङ्क्रमित हुनुपरेकामा आफू कहीँकतै दुःखी नभएको बताउँदै उनले जनताको सेवा अनि आफ्नो कर्तव्य पूरा गर्ने क्रममा आफू भाइरसको सङ्क्रमणमा परे पनि वडावासीलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेका छन् । “जनतालाई सुरक्षित बनाउनकै लागि आफ्नो जिउज्यानै जोखिममा राखेर यथाशक्य प्रयास गरेकै हो तर स्वास्थ्य शाखाको चरम लापरबाहीका कारण हिजो क्वारेन्टिनमा बसेका मान्छेहरु डिस्चार्ज भएकामा सबै सामु माफी चाहन्छु”, उनले भनेका छन्,“क्वारेन्टिन व्यवस्थापनमा खानपिन, बसाइ लगायतको व्यवस्थापन वडाबाट हुँदै आएको थियो, सुरक्षासम्बन्धी व्यवस्थापन सुरक्षा निकायले हेर्दै आयको थियोे भने क्वारेन्टिनमा आउने मान्छेको भर्ना जाँच अनि डिस्चार्जको जिम्मा स्वास्थ युनिटको हो ।”

वडाअध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्क भएको हुन सक्ने आशङ्कामा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई वडा नम्बर ३ स्थित आश्रय भवनको क्वारेन्टिनमा राखिएको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री, विभिन्न वडाका वडाध्यक्ष र कर्मचारीलाई क्वारेन्टिन र होम क्वारेन्टिनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

उनका अनुसार कोरोना पोजेटिभ आएका सबै व्यक्तिलाई आइसोलेशनमा राखिएको छ । कोरोना सङ्क्रमितको कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब सङ्कलन गर्ने कार्य भइरहेको छ ।

यसैबीच नेपालगञ्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकामा देखिएको कोरोना सङ्क्रमण बाँके जिल्लाभर बढ्दै गएको छ । गत वैशाख १९ गते पहिलो पटक बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण देखिएको थियो । पहिलो सङ्क्रमित भेटिएको एक महिनाको अवधिमै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर १८१ पुगेको छ । शुक्रबार मात्रै बाँकेको डुडुवा गाउँपालिकाका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

नेपालगञ्जबाट शुरु भएको सङ्क्रमणकोक्रम नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा हुँदै बैजनाथ गाउँपालिकासम्म फैलिन पुगेको छ । नरैनापुर गाउँपालिका कोरोना सङ्क्रमणको प्रमुख केन्द्र बनेको छ । नरैनापुरमा मात्र शुक्रबारसम्म एक जनाको ज्यान जाने गरी ११४ जनामा कोरोना सङ्क्रमण फैलिएको छ । नेपालगञ्जमा २७, डुडुवामा १८, राप्तीसोनारीमा १२, बैजनाथमा सात र खजुरामा तीन जना कोरोना सङ्क्रमित भेटिएका छन् । आठ स्थानीय तहमध्ये कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा अहिलेसम्म सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बाँकेका सङ्क्रमितमध्ये पाँचको दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ भने अन्यको बाँकेकै विभिन्न अस्पताल तथा आइसोलेशन केन्द्रमा राखेर उपचार भईरहेको छ । सङ्क्रमितमध्ये खजुरास्थित कोरोना विशेष अस्पतालमा १०, लायन्स डेन्टल अस्पतालको आइसोलेशन केन्द्रमा २३, कृषि तालीम केन्द्र खजुराखुर्दको आईसोलेशन केन्द्रमा ३९, कोहलपुर पिपिरीस्थित कृषि विकास बैंकको आइसोलेशन केन्द्रमा ४१,

राप्तीसोनारीको आइसोलेशन केन्द्रमा ११, साहापुरुवा डुडुवाको आईसोलेशन केन्द्रमा १८ र बैजनाथको वनकटवा प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेशन केन्द्रमा सात जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

\"\"

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies