Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भयवाट सिर्जित चुनौती

कोभिड १९ का कारण सिर्जित भय र त्रासले नेपाली समाजको एउटा तप्का अमानविय र वर्वर वन्ने अवस्था देखियो । जिम्मेवार व्यक्ति र निकाय यस विषयमा समयमा नै गंभीर नहुने हो भने यसले कोभिड १९ महामारी विरुद्धको संर्घर्षलाई नै कमजोर बनाउने छ । वास्तवमा भाइरस प्रत्यक्ष सम्पर्कवाट सर्ने हो नजिको ठाउमा क्वारेन्टाइन र आइसोलेसन राखेर होइन भन्ने कुरा पनि अझैसम्म स्थापित गर्न सकिएको छैन । यतिसम्मको चिकित्सक र स्वास्थकर्मीमा समेत यस विषयमा पर्याप्त भ्रम देखिन्छ ।

कोरोनाको उपचारका सन्दर्भमा सुरुमा डरमान्ने र पछि सहजहुने अवस्था आम रुपमा देखिएको छ । कोरोनाको उपचारका लागि तयार गरिएका अस्पतालमा विरामी लगेर नराख्दासम्म डर रहीरहने देखिन्छ । त्यसका लागि सरकारले उपचारहुने सबै अस्पतालमा निश्चित संख्यामा विरामी पठाएर मानसिक रुपमा तयार गर्नु राम्रो हुन्छ ।विरामीको उपचार गर्न सुरुगरेपछि चिकित्सक र स्वास्थकर्मीमा डर हटेको र मनोवल वढेको देखिन्छ । यतिसम्मकी पछिल्लो समय संक्रमितहरु ठुलो संख्यामा भेटिएका र उपचार पछि निको भएका ठाउमा आम मानिसमा भय र त्रास कमहुदै गएको र त्यहाँको परिस्थिति सामान्य वन्दै गएको देखिन्छ ।

क्वारेन्टाइन वा आइसोलेसनका कारणले वस्तीमा सर्छ भनेर रोक्न खोज्ने कुरा अत्यन्त वेठिक र भ्रमपूर्ण कुरा हो । सबैभन्दा पहिले कोभिड १९ को उपचार गर्ने काठमाण्डौको सरुवा रोग उपचार अस्पताल रहेको टेकु र पाटन स्वास्थविज्ञान प्रतिष्ठान रहेको लगनखेलमा किन संक्रमण फैलिएन । किन विराटनगर र धरान भन्दा उदरपुर र झापामा वढि संक्रमण देखियो । किन कोरोना विशेष अस्पताल रहेको वुटवल र भैरहवामा भन्दा वढि कपिलवस्तुमा वढि देखियो । किन खजुरामा भन्दा वढि नरैनापुरमा वढि देखियो ? किन रोग पत्ता लागेपछि समुदायमा पुगेको कोरोना भाइरस उदयपुर, नेपालगंज र वीरगंजका वस्तीमा समेत नियन्त्रणमा आयो ।कुरा स्पष्ट छ संक्रमण फैलिनुमा संक्रमित पहिचान नभएर नै हो । संक्रमितलाई पहिचान गरेर आइसोलेसनमा राख्ने हो भने संक्रमण फैलनवाट रोकिन्छ । रोकिदै आएको हाम्रो आफ्नै अनुभव पनि छ ।

यतिवेला क्वारेन्टाइन भित्र संक्रमण वढि देखिनुको कारण वाहिरनै संक्रमित भएर आएका र क्वारेन्टाइनमा वस्नेहरुले एक आपसमा सामाजिक दुरी कायम नगरेका कारणले हो । क्वारेन्टाइनमा ठुलो संख्यामा संक्रमित देखिए पनि त्यो त्यति जोखिपूर्ण छैन । किनकी उनीहरुको ठुलो हिस्सा युवाहरुको छ र उनीहरु समाजमा मिसिएको अवस्था छैन । पहिचानगरी समयमा उपचारको प्रकृयामा लानेहो भने उनीहरुलाई सहजै निको बनाउन सक्ने देखिन्छ । तर संक्रमितहरु पहिचान नभइ समाजमा पुगेर दिर्घ रोगी र वृद्धवृद्धामा संक्रमण फैलियो भने स्थिति जटिल वन्छ । यस्तो कुरामा सबैको ध्यान जानु पर्दछ । सचेत पंक्तिले भन्नु पर्दछ क्वारेन्टाइन राखेका कारणले सम्पर्कमा नपुगेका मान्छेमा भाइरस सरेको छैन र सर्दैन ।

यतिवेला आफ्नो वस्ती र ठाउमा क्वारेन्टाइन राख्न नदिने नाममा अवान्छित क्रियाकलाप भइरहेका छन् । क्वारेन्टाइमा संक्रमित वढि देखिएका नाममा सिधै घर पठाउनु उपयुक्त हुने तर्क पनि सुनिन थालेका छन्। स्वास्थकर्मी र जनप्रतिनिधिको निगरानी रहेका क्वारेन्टाइमा समेत सामाजिक दुरी कायम गर्न समस्या देखिएको छ । तीनै व्यक्तिहरुलाई सिधै आफ्नो घर र वस्तीमा पठाउदा के होला ? सहज अनुमान गर्न सकिन्छ । निश्चित छ सिधै वस्तीमा पठाउदा पहिचानमा नै समस्या हुन्छ । अनि आवश्यक सतर्कता कायम गर्न सकिदैन र संक्रमणको जोखिम वढ्न जान्छ । यस्ता विषयमा संचार माध्यमले विज्ञहरु मार्फत भ्रम चिर्न सहयोग गर्नु पर्दछ । अन्यथा हाम्रो समाजमा कोभिड १९संग जोडिएर सिर्जना भएको भय र त्रासले नै हामीलाई महामारीसंग जुध्न कठिन बनाइदिनेछ ।

यद्यपी यतिवेला जनसचेतना जगाउन खोज्न व्यक्ति वा समुहलाई पनि अस्विकार गर्ने वा उनीहरुलाई हतोत्साहित गर्ने प्रवृत्ति वढेको छ । सचेतनता फैलाउनु पर्नेहरु आफै भ्रमको शिकार भएको पनि देखिएको छ । क्वारेन्टाइन राख्न नदिनका लागि शिक्षकको नेतृत्वमा नै विद्यालय भवन भत्काउने काम भएका समाचार सम्प्रेषण भइरहेका छन् । जनप्रतिनिधिको नेतृत्वमा क्वारेन्टाइन वनाउन नदिन अवरोध सिर्जना गरिएका समाचारहरु आइरहेका छन् । अनि राजधानीकै विद्युतिय सवदाहगृहका संचालकहरु तालावन्दीगरेर भागाभाग भएका समाचार आइरहेका छन् । अस्पतालमा विरामी राख्न डाक्टर समेत तयार नभएको कुरा आइरहेका छन् । यस्ता गलत कुराको खासै प्रतिवाद वा विरोध भएको देखिदैन । सम्वन्धित निकायले पनि यस्ताकुरालाई गंभीर रुपमा लिएर स्पष्टिकरण सोधेको र सचेत बनाएको पनि सुनिएको छैन ।

समाजमा व्याप्त भ्रमका कारणले मृतकको दाहसंस्कारमा पनि समस्या उत्पन्न भएको छ । घाटमा लगरेर सव जलाउने कुरा समेत रोकिएको छ । ठुलो संख्यामा मृत्युहुदाको अवस्थामा नियमित प्रकृयामा जान नसक्नु स्वभाविक हो । तर एउटा दुईवटा मृतकको अन्तिम संस्कारमा परम्पराको पालना हुननसक्नु गंभीर कमजोरी हो । यतिसम्मकी भयका कारणले परिवारका सदस्यहरु समेत नजिक नपर्ने स्थिति देखिएको छ । जवकी जिवित मान्छेवाट भन्दा मृत मान्छेवाट भाइरस सर्ने सम्भावना कमहुन्छ । किनकी जिवित मान्छे वोल्दा र हात्च्छेउ गर्दा भाइरस शरिरवाट वाहिर आउछ । तर मृतकको शरिर स्थिरभएको अवस्थामा त्यो सम्भावना हुदैन । तर यतिवेला भाइरसको डर जिउदा मान्छेसंग भन्दा वढि मरेको मान्छेसंग देखिन्छ । यो कुरामा पनि आवश्यक सचेतनता जगाउने काम हुन सकेको छैन ।

नेपालमा दुईजना व्यक्तिको हकमा दाहसंस्कार पछि मात्र संक्रमणको रिपोर्ट आएको थियो । ती व्यक्तिहरुको दाहसंस्कारमा सामेल भएका व्यक्तिमा संक्रमण देखिएको प्रमाण अझैसम्म पाइएको छैन । जिवित संक्रमितको सम्पर्कको तुलनामा मृतकलाई छुदा मानिसले वढि सरसफाईमा ध्यान दिएका कारणले पनि संक्रमण नफैलिएको मान्न सकिन्छ । यस्ता कुरा पनि हाम्रा सन्दर्भमा विचार गर्नुपर्ने विषय हुन् । कोभिड १९ का महामारी नियन्त्रणको नेतृत्व गरिरहेको स्वास्थमन्त्रालय यस्ता विषयमा गंभीर र संवेनशील वन्न पर्दछ । हरेक घटनाको तथ्यपरक विश्लेषण गरी भय र त्रास अन्त्य गर्नु पर्दछ । संक्रमित क्षेत्रवाट आएका नागरिक,संक्रमित व्यक्ति र मृतकका सन्दर्भमा मानवीय व्यवहार प्रदर्शन हुन वातावरण सुनिश्चित गर्नु पर्दछ । मानवीय संस्कार र संस्कृतीको रक्षा संकटका वेलामा झनै जरुरी हुन्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies