Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

काठमाडौँमा नै छैन क्वारेन्टिन

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ ।

शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको प्रतिवेदनमा हाल सञ्चलनमा रहेको क्वारेन्टिनको सङ्ख्या धेरै अपुग र अव्यस्थित रहेकाले होटल, लज र रिसोर्टलाई क्वरेन्टिनका रूपमा विकास गर्न सरकारलाई सुझाव दिएको हो । प्रतिवेदनमा भनिएको छ हाल सञ्चालनमा रहेको धेरै क्वारेन्टिन विश्व स्वास्थ्य सङ्गठनको मान्यताविपरीत रहेको र तीनको अवस्थामा सुधार गरी अब निर्माण गरिनेलाई मापदण्डअनुरुप बनाउनुपर्ने पनि बताइएको छ ।

स्थानीय तहहरुले कोरोना जोखिम हुन नदिन क्वान्टिन निर्माणमा लाग्नुपर्ने आज शहरी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री रामवीर मानन्धरले सो जानकारी दिनुभयो । उहाँका अनुसार निर्माणका लागि स्थानीय र प्रदेश सरकारले २५÷२५ प्रतिशत र केन्द्र सरकारले ५० प्रतिशत आर्थिक लगानी गर्नुपर्ने हुन्छ ।

छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकाले व्यवस्थापनमा सङ्घीय सरकारको सहयोग अपरिहार्य रहेको, प्रारम्भिक स्वास्थ्य परीक्षण र पारवहनको जिम्मा प्रदेश सरकारले लिने पनि प्रतिवेदनमा भनिएको छ । लकडाउनपछि तेस्रो मुलुकबाट नेपाल आउन सक्ने व्यक्तिको सङ्ख्या यकिन गरी तीनको व्यवस्थापन पक्षमा पनि ध्यान दिइ उनीहरुको आर्थिक क्षमताका आधारमा वर्गीकरण गरी सोहीअनुरुपको स्वास्थ्य जाँच र पारवहन र क्वारेन्टिनकोे व्यवस्था मिलाउने विषय पनि प्रतिवेदनमा उल्लेख छ ।

क्वारेन्टिनस्थलमा आधारभूत आवश्यकताको व्यवस्थापन अनिवार्य र मनोरञ्जनात्मक सामग्रीको अलवा इन्टरनेटको व्यवस्था गरिनुपर्ने विषय पनि उल्लेख गरिएको छ । मन्त्रिपरिषद्को गत चैत १६ गते बसेको बैठकले शहरी विकास राज्यमन्त्री र स्वास्थ्य राज्यमन्त्रीलाई दिइएको जिम्मेवारीअनुरुप काठमाडौँ उपत्यका क्वारेन्टिन सञ्चालन गर्न सकिने स्थान र उपत्यका बाहिर हाल सञ्चालनमा रहेको क्वारेन्टिनको अनुगमन पनि यस किसिमको प्रतिवेदन तयार गरिएको हो ।

प्रतिवेदन तयार पार्नका लागि स्वास्थ्यराज्यमन्त्री नमराज रावतले पश्चिम क्षेत्रको भ्रमण गर्नुभएको हो भने शहरी विकास राज्यमन्त्री मानन्धरले काठमाडौँ उपत्यकाको सम्बन्धित स्थानको अनुगमन गरेका थिए । हालसम्म काठमाडौँ उपत्यकाका एक वटा पनि क्वारेन्टिन निर्माण भएको छैन । उक्त प्रतिवेदन जेठ १५ गते प्रधमनमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि बुझाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies