Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ट्वीटर र सामाजिक संचार माध्यमविरुद्ध राष्ट्रपति ट्रम्पद्वारा नयाँ युद्धको घोषणा

\"\"

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा गरेका छन् । उनले यी माध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर विवादको बिऊ रोपेका छन्।

इन्टरनेटको माध्यमबाट बन्धनमुक्त अभिव्यक्ति स्वतन्त्रताका रुपमा कम्पनीहरुले प्राप्त गरेको कानुनी संरक्षणलाई राष्ट्रपतिको पछिल्लो कार्यकारी आदेशले चुनौती दिएको छ ।

ह्वाइट हाउसमा निकै तडकभडकका साथ कार्यकारी आदेश जारी गरिए पनि यस आदेशभित्र यथार्थभन्दा राजनीति बढी हाबी भएको प्रष्टै देखिन्थ्यो । केही दिनअघि राष्ट्रपति ट्रम्पले गर्नु भएका दुई वटा ट्वीटको विषयलाई ट्वीटरले “तथ्यजाँच”को नियमभित्र राखिदिएपछि यो विवादले उग्र रुप लिएको हो ।

ट्वीटरले “सम्पादकीय निर्णय” भन्दै आफ्ना ट्वीटलाई लिएर “राजनीतिक” प्रतिशोध साँधेको राष्ट्रपति ट्रम्पको आरोप छ । उनको विचारमा यस्ता कार्यहरु गर्दा सामाजिक मिडिया कम्पनीमाथि आइलाग्ने दायित्वको जिम्मेवार उनीहरु स्वयम हुनु पर्दछ ।

विगतमा आफ्ना विरोधीमाथि दिनरात आक्रमण गर्न राष्ट्रपति ट्रम्पले ट्वीटरको दुरुपयोग गरेको भन्दै आलोचना हुने गरेको थियो । तर पछिल्लो समय सिलिकन भ्यालीका उदारवादी विशाल प्रविधि कम्पनीहरु – ट्वीटर, फेसबुक, गुगल – ले कट्टरपन्थी विचारमाथि “तथ्यजाँच” को औजार प्रयोग गर्न थालेका थिए । राष्ट्रपति ट्रम्पको विचारमा आफ्ना समर्थकहरुका ट्वीटको तथ्यजाँच गर्ने वा ट्वीट हटाउने गरका छन् ।

कार्यकारी आदेशमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामी यसबाट थकित छौं ।” उनले नयाँ कार्यकारी आदेशबाट अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न बल पुग्ने दाबी गरे ।
प्रविधि उद्योग समूहहरुले ट्रम्पको आदेशप्रति असहमति जनाएका छन् । उनीहरुको भनाईमा राष्ट्रपतिको आदेशले नवीनता र अभिव्यक्ति स्वतन्त्रता दुवै इन्टरनेटबाट दमनमा पर्नेछ ।

अमेरिकी च्याम्बर अफ कमर्सले राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएको छ । “जेजस्तो परिस्थितिमा यो आदेश आएको भए पनि संयुक्तराज्य अमेरिकामा सार्वजनिक नीति यसरी निर्माण हुँदैन ।”

कार्यकारी आदेशमा संघीय संचार आयोग ९एफसीसी० र संघीय व्यापार आयोग समेतका स्वतन्त्र नियामक निकायहरुलाई प्रविधि कम्पनीहरुले आफूखुशी नयाँ नियमहरु लागू गर्न सक्ने वा नसक्ने भनी अध्ययन गर्न सक्ने उल्लेख छ । यद्यपि विज्ञहरूले अमेरिकी संसद कङ्ग्रेसको सहकार्यबिना सम्भव नहुने बताएका छन् ।

एफसीसीका अध्यक्ष अजित पाईले एक विज्ञप्तिमा भनेका , “यो बहस निकै महत्वपूर्ण छ । संघीय संचार आयोगले वाणिज्य विभागले दायर गर्ने नियमसम्बन्धी कुनै पनि निवेदनमाथि होसियारीपूर्वक समीक्षा गर्नेछ ।”

ट्विटर र फेसबुक जस्ता कम्पनीहरूले कम्युनिकेसन्स डिसेन्सी एक्टको ९सञ्चार शालीनता ऐन०को धारा २३० अन्तर्गत संरक्षण प्राप्त गरिरहेका छन् । ऐनले यी कम्पनीहरुलाई “प्रकाशक” को साटो “प्लेटफर्म” का रुपमा मान्यता दिएको छ । “प्रकाशक” भएको अवस्थामा उनीहरुमाथि कुनै सामग्रीका विषयमा कानुनी कारबाही हुन सक्दछ ।

यस्तै किसिमको कार्यकारी आदेश जारी गर्ने गरी ट्रम्प प्रशासनले यसअघि पनि छलफल चलाएको थियो । तर कानुनी जालो पार गर्न नसक्ने चिन्ताबीच यसलाई अघि बढाइन ।

“आम नागरिकहरू वा ठूलो समुदायबीचको संवादका क्रममा उनीहरू ९कम्पनीहरु०ले आफूखुशी सेन्सर गर्ने, सीमित गर्ने, सम्पादन गर्ने, आकार दिने, लुकाउने, कुनै पनि प्रकारको संचारलाई परिवर्तन गर्ने सामथ्र्य राख्न सक्दैनन्,” ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुअघि सामाजिक संचार माध्यमका बारेमा बताए । “अमेरिकी इतिहासमा यति सानो संख्याका संस्थानहरूले मानव अन्तक्र्रियाको यति ठूलो क्षेत्रलाई नियन्त्रण गरेको कुनै उदाहरण छैन ।”

राष्ट्रपति ट्रम्पले हुलाकमार्फत हुने मतदान “धोखाधडी” रहेको तथा “मेल बाकस लुटिने छ” भनेर ट्वीट गरेपनि ट्वीटर कम्पनीले यसलाई “तथ्यजाँच” को घेरामा राखेको थियो । यसलगत्तै ट्रम्प र उहाँको चुनावी प्रचार टोलीले ट्वीटरको उक्त कदमको विरोध गरेको थियो ।

ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनावमा ट्वीटरले हस्तक्षेप गरेको आरोप लगाएका छन् । राष्ट्रपतिका रुपमा “आफूले यसलाई गम्भीरतापूर्वक लिएको र सह्य नहुने” उनले प्रतिक्रिया दिएका छन् । उनका चुनावी अभियानका प्रबन्धक ब्राड पास्र्केलले ट्विटरले “स्पष्ट राजनीतिक पूर्वाग्रह” राखेकै कारण “महिनौं अगाडि ट्विटरबाट आफ्ना विज्ञापनहरु” हटाइएको बताए । । वास्तवमा ट्विटरले गत नोभेम्बरदेखि राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाएको छ ।

बुधबार नै ट्विटरका प्रमुख कार्यकारी अधिकृत ९सीईआ०े ज्याक डोर्सीले ट्वीट गर्दै “हामी विश्वव्यापी रूपमा निर्वाचनको बारेमा गलत वा विवादित जानकारी औंल्याउने कार्यलाई जारी राख्ने” स्पष्ट गरेका छन् ।

अर्कोतर्फ, फेसबुकका सीईओ मार्क जुकरबर्गले फक्स न्यूजलाई दिएको प्रतिक्रियामा आफ्नो प्लेटफर्ममा “ट्वीटर भन्दा फरक नीति रहेको” बताएका छन्। “म दृढताका साथ के कुरामा विश्वास गर्दछु भने मानिसहरुले अनलाइनमा व्यक्त गरेका विचारमाथि फेसबुक मध्यस्थ हुन सक्दैन ।”

अरेगनका डेमोक्र्याट पार्टीका सिनेटर एवं इन्टरनेट स्वतन्त्रताका पक्षधर रोन विडेनले भने, “राष्ट्रपति ट्रम्पले अदालत र कङ्ग्रेसको शक्ति आफैँमा केन्द्रित गर्न चाहेका छन् । यो सबै कार्यमार्फत् आफ्ना झुटहरु फैलाउने एकमात्र चाहना हो ।”

ट्रम्पको कार्यकारी आदेश विरुद्ध कानुनी उपचार खोजिने छ ।

अमेरिकी कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पको यो “अपमानजनक” निर्णय हो भन्दै यसविरुद्ध सबै एकजुट हुन आह्वान गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies