पेरिस । विभिन्न देशका केही रेस्टुरेन्टहरुमा कोरोनाभाइरस फैलिन न्युनिकरण गर्ने व्यवस्थासहित पुनः सञ्चालनमा ल्याइएको छ ।
एक अर्कालाई कोरोनाभाइरस सर्न नपाओस् भन्ने उद्देश्यले टेबलमा प्लाष्टिकले छोप्ने व्यवस्था गरिएको सञ्चालकहरुले जनाएका छन् ।
हरेक व्यक्तिको अनुहार तथा शरिर तीन चार तिरबाट छेकिनेगरी टेवलमा नयाँ संरचना बनाइएको पाइएको छ ।
त्यस्ता संरचना बनाएपछि बोलेको सुनिने, देख्न सकिने तर एक अर्कालाई नछोईने र एक अर्काको स्वासप्रश्वास आदानप्रदान नहुने सञ्चालकहरुको भनाइ छ । यस्ता संरचनाहरु कोरोनाभाइरस सर्ने खतरा रहेको बेलासम्मका लागि मात्रै राखिने उनीहरुले बताएका छन् ।
रेस्टुरेन्टहरुमा सामाजिक दुरी कायम गर्नुपर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरु पनि अपनाउनु पर्ने नियम कायमै राखिएको छ ।
लिथुआनियाको राजधानीमा रहेको एउटा रेस्टुरेन्टमा बनाइएका त्यस्ता संरचनाहरु स्थानीय फेसन डिजाइनरहरुले बनाएको बताइएको छ ।
“हामीले उपभोक्ताहरुलाई सुरक्षित र सजिलो हुनेगरी व्यवस्थापन गरेका छौँ,” रेस्टुरेन्टका एक सञ्चालक पात्रिकास रिबासले भने ।
राजधानी भिल्निसका मेयर रेमिगिजुस सिमासिसले सृजनात्मक र राम्रो काम गरेको भन्दै उनीहरुको प्रशंसा गरेका छन् ।
त्यसैगरी जर्मनीको होफैममा रहेको ‘विफ एण्ड विफ’ले पनि टेवलमा यस्तै प्रकारको संरचना बनाएको छ ।
आम्स्टर्डामको मेडियामेटिक रेस्टुरेन्टले शिशाका साना साना कोठा तथा घरहरु बनाएर कोरोनाभाइरस फैलिन नदिने प्रयास गरेको छ ।
कोरोनाभाइरस फैलिने डरले विश्वका धेरै ठाउँका व्यापार, व्यवसाय तथा कार्यालयहरु बन्द गरिएका छन् भने सरकारले लकडाउनको घोषणा गरेका छन् ।
कोरोनाको डर र लकडाउनका कारण व्यापार व्यवसाय सञ्चालकहरु आर्थिक सङ्कटमा पर्न थालेपछि केही सञ्चालकहरुले सतर्कतासहितको नयाँ व्यवस्था गरेर व्यवसाय सञ्चालन गर्न थालेका हुन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: