कोलम्बिया । ल्याटिन अमेरिकी क्षेत्रमा मात्रै कोरोना भाइरसका कारण झण्डै एक करोड ४० लाख मानिसमा खाद्य अभावको समस्या पर्नसक्ने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले ठूलो संख्यामा मानिसहरुलाई खाद्य अभाव हुने प्रक्षेपण गरेको हो ।
घर भित्रै बसिरहनु परेको, काम गर्न जान नपाएको, आर्थिक सङ्कटमा परेको लगायतका थप कारणले थप खाद्य सङ्कट उत्पन्न हुने सम्भावना रहेको डब्लुएफपीको ठहर छ ।
यसअघि सन् २०१९ मा भने त्यस क्षेत्रमा ३४ लाख मानिसमा खाद्य अभाव भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अघिल्लो बर्षको तुलनामा आगामी बर्ष झण्डै चार गुणा मानिसमा खाद्य सङ्कट हुने अनुमान गरिएको हो ।
विश्वकै अति महत्वपूर्ण र राम्रो मानिएको ठाउँमा नै यस्तो अवस्था रहनु आफैमा चिन्ताजनक तथ्य भएको अधिकारीहरुको भनाइ छ ।
“हामी एउटा अति जटिल अवस्थामा प्रवेश गर्दैछौँ,” डब्लुएफपीका क्षेत्रीय निर्देशक मिगुएल बार्रेटोले भने, “यसलाई हामीले अर्को खाद्य सङ्कटको महामारी भन्न सक्दछौँ ।”
विषेश गरेर क्वारेन्टाइनमा बसेकाहरुलाई खाद्य अभाव बढी देखिएको उनीहरुले जानकारी दिएका छन् । खाद्य अभावको संकटमा परेकाहरु प्राय अनौपचारिक क्षेत्रमा काम गरेकाहरु र बेरोजगार भएकाहरु रहेका छन् ।
“म मेरो परिवारको नेतृत्वकर्ता हुँ, अहिले म बेरोजगार भएको छु, म पहिला हाइटीमा निर्माण मजदुरको रुपमा कार्यरत थिएँ,” ५७ बर्षीय डिउफेट लेबिएनले भने ।
संयुक्त राष्ट्रसंघले यस अघि पूर्वानुमान गरेको भन्दा धेरै मानिसले खाद्य सङ्कटको सामना गर्नुपर्ने देखिएको छ ।
अध्ययनकर्ताहरुले ११ देशमा यस्तो अवस्था रहेको जानकारी दिएका छन् । ती देशहरुमा भेनेजुएला, ब्राजिल, पेरु, चिली, मेक्सिकोलगायत रहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: