Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बुँदागत रुपमा पढ्नुहोस् बजेटका मुख्य घोषणा

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।

आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिए ।

बजेटमा गरिएका मुख्य घोषणा

– काठमाडौं–तराई द्रुतमार्गका लागि ८ अर्ब ९३ करोड बजेट ।

– रेलमार्ग बनाउन ८ अर्ब ६६ करोड बजेट ।

– एक निर्वाचन क्षेत्रलाई ४ करोड बजेट ।

– शिक्षा क्षेत्रलाई एक खर्ब ७२ करोड, १८०० विद्यालय भवन बन्ने ।

– खेलकुद क्षेत्रलाई २ अर्ब ३६ करोड बजेट ।

– बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने

– सबै सरकारी कर्मचारीको कोरोना बिमा गरिने ।

– अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण तथा स्तरोन्नतीका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन ।

– बाँकेको नेपालगन्ज र रुपन्देहीको भैरहवामा एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) निर्माण गर्ने ।

– भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती ।

– कार्यबोझ र कार्यप्रकृति हेरी अनावश्यक सार्वजनिक निकाय खारेज गरिने ।

– आयात निरुत्साहित गरिने, पेय पदार्थको मापदण्ड तोकिने ।

– पूर्व पश्चिम राजनर्मालाई तीन वर्षभित्र सम्पन्न गरिने । १२ अर्ब विनियोजन ।

– युरेनियम उत्पादनको सम्भाव्यता अध्ययन गरिने ।

– काठमाडौंबाट सुरु भएको विद्युत लाइन भूमिगत गर्ने योजना भक्तपुर ललितपुर चितवन लगायत ठूला शहरमा विस्तार गरिने ।

– वैकल्पिक उर्जा कार्यक्रमका लागि ४ अर्र्ब विनियोजन ।

– ग्रामीण विद्युतीकरणका लागि ४ अर्ब विनियोजन ।

– विद्युत प्रशारण लाइन निर्माणका लागि ३६ अर्ब २ करोड विनियोजन ।

– आगामी वर्ष १ हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थप गर्ने ।

– खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब १० करोड वजेट । खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब १० करोड वजेट ।

– युवा तथा खेलकुल क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन

– स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड विनियोजन

– कैलालीको गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याएर सिकलसेल एनिमिया अध्ययन केन्द्र बनाइने ।

– १ सय ३० औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड विनियोजन ।

– सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब विनियोजन ।

– राष्ट्रसेवकको पोशाक र जुत्ता स्वदेशमै उत्पादन हुने ।

– सहकारीलाई ३ अर्ब ६० करोड ऋण, सूचना केन्द्र स्थापना गरिने ।

– राष्ट्रसेवक कर्मचारी र संगठित क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहित गरिने ।

– माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने ।

– पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट ।

– चुरे सरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड

– सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गर्ने ।

– उद्योगलाई १ खर्बसम्मको पुनर्कर्जा, स्वास्थ्यकर्मीको बीमा शुल्क सरकारले व्यहोर्ने ।

– अब एक चिकित्सक, एक स्वास्थ्य संस्था नीति कार्यान्वयन गरिने ।

– पर्यटन क्षेत्रको उत्थानका लागि १ अर्ब २६ करोड बजेट ।

– कृषि तथा साना व्यवसाय प्रवर्द्धन गर्न ३ अर्ब ६० करोड ऋण लगानी गर्ने ।

– मौसम विश्वसनीयता बनाउन २ ठाउँमा राडार स्थापना गरिने ।

– ५० अर्बको आर्थिक पुनरुउत्थान कोष, ५ प्रतिशत ब्याजदर

– रासायनिक मल अनुदानका लागि ११ अर्ब बजेट विनियोजन

– ६० वटा मालपोत र नापी कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने । मालपोत सेवा अनलाइनमार्फत हुने व्यवस्था गर्ने ।

– संघ प्रदेश र स्थानीय तहको लगानीमा ३ सय स्थानीय तहमा भूमि बैक स्थापना गर्ने । भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड विनियोजन ।

– नदी नियन्त्रणका लागि ६ अर्ब २० करोड विनियोजन । लिफ्ट तथा सोलार सिञ्चाइका लागि १ अर्ब १० करोड ।

– सुनकोशी मरिन डाइभर्सनका लागि २ अर्ब ४६ करोड बजेट विनियोजन ।

– महाकाली सिञ्चाई आयोजनालाई राष्ट्रिय गौरव आयोजना बनाइने । १० अर्ब विनियोजन ।

– कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि तत्काल खर्च गर्न मिल्ने गरी सरकारले ६ अर्व रुपैयाँ बजेट विनियोजन ।

– काठमाडौंमा ३ सय शय्याको सरुवारोग अस्पताल निर्माण गरिने घोषणा । साथै सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल बनाइने ।

– सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला, परीक्षणको दायरा बढाउने, क्वारेन्टिन विस्तार गरिने, प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने ।

– हालसम्म दिइँदै आएका सामाजिक सुरक्षा भत्ता निरन्तरता । ६७ अर्ब ५० करोड विनियोजन ।

– आगामी वर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने ।

– एक स्थानीय तह एक उत्पादन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने ।

– सेतो छडी र ब्रेललिपीको पाठ्यक्रम निशुल्क उपलब्ध गराउने ।

– थप ४ लाख विपन्न परिवारलाई निशुल्क स्वास्थ्य सेवा दिने ।

– लकडाउनका कारण बन्द हुनु पुगेका उत्पादन मुलक उद्योगका विद्युत महशुलमा छुट दिने घोषणा ।

– प्रधानमन्त्री रोजगार कार्यक्रम निरन्तरता । त्यसका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies