Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सगरमाथाको चुचुरोमा चिनियाँ सर्वेक्षकको टोली

काठमाडौं । चिनियाँ सर्वेक्षकहरूको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ -कोरोना भाइरस (कोभिड–१९)को महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो टोली हो । चिनियाँ सञ्चार माध्यमका अनुसार उचाइ पुनस् मापन गर्नका लागि टोलीले सगरमाथाको आरोहण गरेको हो ।

भाइरसको महामारीका कारण नेपाल र चीनको सीमामा पर्ने सगरमाथाको आरोहण गर्न दुवै देशले विदेशी टोलीलाई रोक लगाएका छन् । चीनले भने आफ्ना नागरिकलाई आरोहणको अनुमति दिँदै आएको छ ।

चिनियाँ सरकारी समाचार संस्था सिन्हवाले सर्वेक्षकको टोलीले सगरमाथा आरोहण गरेको जनाएको छ । ‘दुई जना व्यावसायिक सर्वेक्षकले मौसमको अनिश्चितता र अपर्याप्त अक्सिजनका कारण आरोहण बीचमै रोकेका छन्,’ सिन्हवाले उल्लेख गरेको छ ।

सिन्हवाका अनुसार ८ जना आरोहीहरू स्थानीय समयअनुसार बुधबार बिहान ११ बजे सगरमाथाको टुप्पोमा पुगेका हुन् । ‘सहयोगीहरूले मंगलबार टाँगेको डोरीको सहयोगमा टोलीका सदस्यहरू चुचुरोमा पुग्न सफल भएका हुन्,’ सिन्हवाले जनाएको छ । टोलीमा सिन्हवा समाचार संस्थाका विशेष संवाददाता टासी छिरिङसमेत छन् ।

चिनियाँ टेलिभिजनमा सार्वजनिक दृश्यहरूमा उनीहरूले सर्वेक्षणका लागि आवश्यक उपकरण समेत जडान गरेको देख्न सकिन्छ । सिन्हवाले आइतबार १२ सदस्यीय टोली ७०२८ मिटरको क्याम्पमा पुगेको जनाएको थियो । यसअघि खराब मौसमका कारण चुचुरोमा पुग्ने उक्त टोलीको प्रयास दुई पटकसम्म असफल भएको थियो ।

चीनको राष्ट्रिय स्रोत मन्त्रालयका अनुसार गत मार्च महिनाको सुरुदेखि ५३ सदस्यीय टोलीले सगरमाथाबारे वैज्ञानिक कार्यहरू गरिरहेको छ । सगरमाथाको उचाइबारे नयाँ तथ्य पत्ता लगाउन ‘बेइडो’ नामक भू–उपग्रह प्रयोग गरिएको सिन्हवाले जनाएको छ । मन्त्रालयका अनुसार हिउँको गहिराइ, मौसम र हावाको बहावबारे समेत टोलीले अध्ययन गर्नेछ ।

चीनले सगरमाथाको उचाइ नेपालले कायम गरेको भन्दा करिब ४ मिटर कम रहेको बताउँदै आएको छ । तर ५ वर्षअघि नेपालमा गएको ठूलो भूकम्पपछि यसको उचाइमा सामान्य परिवर्तन आएको हुन सक्ने ठानिएको छ ।

चीनले सन् १९४९ यता ६ पटक सगरमाथाको सर्वेक्षण गरिसकेको छ । सन् १९७५ को सर्वेक्षणअनुसार चीनले सगरमाथाको ८८४८।१३ मिटर रहेको जनाउँदै आएको थियो । तर सन् २००५ मा चीनले यसको उचाइ ८८४४।४३ मिटर कायम गरेको हो । नेपालले यसको उचाइ ८८४८ मिटर कायम गर्दै आएको छ ।

आरोहण क्षेत्रका जानकारहरूका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नु निकै कठिन मानिन्छ । हिमाण आरोहणसम्बन्धी तथ्यांक राख्ने संस्था हिमालयन डाटाबेसका रिचार्ड सालिसबरीका अनुसार सन् १९६० को मे महिनामा चिनियाँ टोलीले सगरमाथाको आरोहण गरेको थियो ।

त्यसै वर्ष भारतीय आरोहीहरूले प्रयास गरे पनि उनीहरू असफल भएका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङको गत अक्टोबरमा भएको नेपालको राजकीय भ्रमणका क्रममा दुवै देशले संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएको थियो । राष्ट्रपति सीले सगरमाथालाई ‘दुवै देशको मित्रताको अनन्त प्रतीक’ बताएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies