Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

आगामी बजेटमा ऊर्जा : नदी डाइभर्सन र ठूला आयोजना प्रमुख प्राथमिकता

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण (डाइभर्सन) आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना शुरु गर्ने लक्ष्यसाथ सरकारले बजेट विनियोजन गर्न लागेको जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चालु आवको भन्दा झण्डै रु छ अर्ब कम हुने गरी रु ७५ अर्ब बराबरको बजेट सिलिङ तोकिएको छ । चालु आवमा कूल रु ८१ अर्ब बराबरको बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार अपराह्न ४ बजे सङ्घीय संसदको बैठकमा आगामी आवको बजेट पेश गर्ने कार्यक्रम छ । आगामी आवमा स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशीलगायतका केही महत्वपूर्ण आयोजना सम्पन्न हुने देखिएको छ ।

सरकारको नीति तथा कार्यक्रमका आधारमा केही महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनालाई सरकारले विशेष ध्यान दिने भएको छ । लकडाउनका कारण केही निर्माणाधीन आयोजनामा समस्या परेको भएपनि त्यसलाई सम्पन्न गर्दै नयाँ परियोजना शुरु गर्ने लक्ष्यसाथ बजेट विनियोजन हुने विश्वास लिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसअघि केही महत्वपूर्ण र बहुउद्देश्यीय प्रकृतिका आयोजना सरकारको विशेष प्राथमिकतामा रहेको बताइसक्नुभएको छ । नीति तथा कार्यक्रमका आधारमा दूधकोशी, तामाकोशी पाँचाँै, नलगाड, फुकोट, चैनपुर सेतीजस्ता आयोजना आगामी आवदेखि शुरु गर्ने लक्ष्य छ ।

मन्त्री पुनका अनुसार ती आयोजनाको अध्ययनसमेत सम्पन्न भइसकेको र निर्माणमा लैजान सकिने अवस्थामा रहेको जानकारी दिए । यस्तै, एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण ढाँचा तय गरेर जाने सोचमा सरकार छ । सो आयोजना प्रभावितलाई मुआब्जा वितरणलगायतका काम भइरहेको छ । कोरोनाले मुआब्जा वितरणको काम प्रभावित छ । लगानी बोर्डले संयोजन गरिरहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र अर्को एसआर सिक्स नाम दिइएको आयोजना जोडेर झण्डै एक हजार २०० मेगावाट क्षमताको आयोजना निर्माण शुरु गर्ने तयारीमा सरकार जुटेको छ ।

हरेक प्रदेश एक ठूला आयोजनाको अवधारणालाई अगाडि बढाइएको र नेपालको पानी जनताको लगानी भन्ने दीर्घकालीन लक्ष्यलाई सरकारले विशेष प्राथमिकतासाथ अगाडि बढाउने लक्ष्य राखेको छ ।

पूर्ण विद्युतीकरण प्रमुख प्राथमिकतामा

मन्त्रालयका अनुसार देशभरि विद्युत् सेवा पु¥याउने सरकारको लक्ष्यअनुसार आगामी आवमा वाग्मती, गण्डकी र प्रदेश नम्बर ५ लाई पूर्णरुपमा विद्युतीकरण गरिनेछ । चालु आवमा विद्युतीकरण सम्पन्न गरिने भनिएको प्रदेश नं २ लाई आगामी आव भित्रै तोकिएअनुसार काम सम्पन्न गरिनेछ ।

कोरोनाका कारण चालु आवमा नै सो प्रदेशमा पूर्णरुपमा विद्युतीकरण गर्ने लक्ष्य राखिएको थियो । यस्तै कूल ४० जिल्लालाई चालु आवमा पूर्णरुपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य राखिएको थियो । कोरोनाले सरकारको लक्ष्य पूरा हुन कठिनाइ पैदा भएको छ । यस्तै प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आव २०७८÷७९ भित्र पूर्णरुपमा विद्युतीकरण गरिनेछ । पूर्णरुपमा अँध्यारो अवस्थाका ९७ पालिकामा सौर्य प्रणाली जडानका लागि २०० वटा सौर्य मिनि ग्रीड निर्माणको काम आगामी आवमा शुरु गर्ने लक्ष्यसाथ मन्त्रालय अगाडि बढेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सो परियोजना अगाडि बढाउने योजना छ ।

प्रसारण लाइनमा विशेष ध्यान

मन्त्रालयका अनुसार आगामी आवभित्र विद्युत् प्रसारण तथा वितरण प्रणालीको विकास र विस्तारमा सरकारले विशेष ध्यान दिनेछ । निर्माणाधिन १३२ केभी क्षमतामा ८१ आयोजना आगामी आवभित्र सम्पन्न गर्ने लक्ष्य छ । ती आयोजना सम्पन्न भए विभिन्न आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणारण प्रणालीमा जोड्न थप सहज हुनेछ । वितरणतर्फका ३३ केभी क्षमताका अधिकाशं आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ । त्यसमा केही आयोजना बहुवर्षीय प्रकृतिका छन् ।

चालु आवको र आगामी आवको बजेटसमेत ती आयोजनामा खर्च गर्ने गरी व्यवस्था गरिएको छ । यस्तै, ४०० केभी क्षमताको हेटौँडा, ढल्केबर, इनरुवा प्रसारण लाइनको काम आगामी आवमा सम्पन्न गर्ने लक्ष्यसाथ काम भइरहेको छ । केही स्थानमा वनको अवराधेका कारण काम अगाडि बढाउन समस्या पैदा भएको छ । दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेको न्यू बुटवल गोरखपुर ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण शुरु गर्ने सरकारको लक्ष्य छ ।

सिँचाइमा उत्तिकै ध्यान

सरकारले कृषिउपजको उत्पादन बढाउन तराई मधेशका जिल्लामा विशेष गरी सिँचाइतर्फ विशेष ध्यान दिएको छ । सोही क्रममा समृद्ध तराई मधेश सिँचाइ कार्यक्रमअनुसार पाँच हजार स्यालो ट्युबेल र २४७ डिप बोरिङ जडान गर्नेछ । त्यसबाट कूल २२ हजार ३८० हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । एउटा स्यालो ट्युबेलले कूल २।५ हेक्टर र डिप बोरिङले ४० हेक्टरमा सिँचाइ गर्न मिल्छ । पहाडी क्षेत्रमा नदीबाट पानी तानेर सिँचाइ पु¥याउने कार्यक्रमलाई प्राथमकितामा राखिएको छ । प्राकृतिक तथा मानव निर्मित तालको पानीलाई सिँचाइमा प्रयोग गर्ने गरी व्यवस्था मिलाउने योजना छ ।

नदी पथान्तरणमा जोड

ऊर्जा मन्त्रालयले विशेष गरी भेरी बबई डाइभर्सन आयोजनाको सफल उदाहरणका आधारमा केही नदी पथान्तरण आयोजनालाई अगाडि बढाइने भएको छ । ती मध्ये केही आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारीको क्रममा छन् । तमोर चिसाङ नदी पथान्तरण आयोजना प्रमुख प्राथमिकतामा छ ।

सो आयोजनाबाट सुनसरी र झापाको एक लाख दुई हजार ८०० हेक्टरमा सिँचाइ सुविधा पु¥याउने र २९८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । माडी दाङ नदी पथान्तरण आयोजना प्रमुख प्राथमिकतामा छ । सो आयोजनाबाट ४० हजार २०० हेक्टरमा सिँचाइ सुविधाका अलावा ९० मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना सरकारको प्राथमिकतामा छ । सो आयोजनाबाट एक लाख सात हजार ६०० हेक्टरमा सिँचाइ तथा १२७ मेगावाट विद्युत् उत्पादन हुनेछ । सुनकोशी मरिन डाइभर्सन आयोजनाको स्रोत सुनिश्चित गरी प्रारम्भिकरुपमा काम शुरु भइसकेको छ । इन्द्रवतीको पानी तानेर पाँचखालमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसाथ पाँचखाल मण्डन एकीकृत सिँचाइ परियोजनालाई सरकारले ध्यान दिएको छ । सो आयोजनाबाट एक हजार २६० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies