Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कालापानि भारतलाई र भारतको फुलबाडी नेपाललाई लिजमा सट्टाभर्ना दिने चर्चा

नयाँ दिल्ली । नेपालको नयाँ नक्सा जारी भएपछि भारतमा यसले ठूलो चर्चा पाएको छ ।

भारतीय मिडिया र साउथ ब्लकले नेपालले चीनको आडमा नक्सा छाप्ने काम गरेको आरोप लगाउँदै आएका छन् ।

नेपालसँग सम्बन्ध बिग्रिनु कुनै पनि कोणबाट राम्रो नभएको भन्ने ठूलो जमात पनि भारतमा छ । नेपालसँग शत्रुतापूर्ण सम्बन्ध हुनु चीनलाई फाइदा पुग्ने भएकोले भारतले जुनसुकै विकल्प अपनाएर पनि तनाव अन्त्य गर्नुपर्ने कतिपय भारतीयले सामाजिक सञ्जालमा लेखेका छन् ।

तर,  यस्ता विकल्प सोच्ने बेला उनीहरुले कालापानी क्षेत्र भने भारतकै भएको दावी गर्न पनि छोडेका छैनन् ।

कालापानीको रणनीतिक महत्व रहेको भन्दै त्यसको साटो नेपाललाई अन्य क्षेत्रका भूमि प्रदान गर्नुपर्ने समेत केहीले बताएका छन् ।

भारतका एकजना वरिष्ठ पत्रकार तथा लेखक र हाल भाषा सम्मेलन तथा भारत विदेश नीति परिषदका अध्यक्ष डा. वेदप्रताप वैदिकले एक लेखमार्फत नेपाल र भारतबीचको भातृ सम्बन्ध सुधार्न जोड दिएका छन् ।

भास्कर दैनिकमा प्रकाशित लेखमा डा. वैदिकले नेपाल भारत सम्बन्ध बिग्रिनुमा नेपालको आन्तरिक राजनीति समेत जिम्मेवार रहेको तर्क गरेका छन् । यसका साथै उनले भारतीय सेनाध्यक्षको भनाईको समेत आलोचना गरेका छन् ।

वैदिकले अहिले देखिएको विवादमा कालापानी क्षेत्रमाथिको दावी छोड्नुपर्ने सुझाव भने दिएका छैनन् ।

सुगौली सन्धी अनुसार, नेपालले दावी गरेको भूभाग भारतकै भएको उनको तर्क छ । तर, डा. वैदिकले कालापानी क्षेत्रका ३५ किलोमिटर भूभागको साटो त्यसको दोब्बर क्षेत्रफलको जमिन नेपाललाई भारतले उपहार दिनुपर्ने उनले तर्क दिएका छन् ।

नेपालको समुन्द्रसँग सीमा सम्पर्क नभएका कारण कलत्तामा रहेको भारतको फुलबाडी क्षेत्र भारतले नेपाललाई लिजमा हस्तान्तरण गर्नुपर्ने र कालापानीको क्षेत्र भारतले नेपालबाट लिजमा लिन उनले सुझाव दिएका छन् ।

यसका साथै कुनै अन्य क्षेत्रमा पनि नेपाललाई त्यसको दोब्बर जमिन दिनुपर्ने उनको भनाई छ ।

डा. वैदिकले अहिलेको समस्याको हल कुनै पनि शर्तमा निकाल्नुपर्ने बताएँदै विकल्पमाथि छलफल गर्नुपर्ने र उत्तेजनापूर्ण अभिव्यक्ति कसैले पनि दिन नहुने कुरा समेत बताएका छन् ।

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies