Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सर्लाहीका किसानले बजार नपाएपछि १५ कठ्ठामा लगाएको भिन्डी ट्र्याक्टर लगाएर जोतेँ

सर्लाही । जिल्लाको हरिवन नगरपालिका–४ सासापुर तीनघरेका एक दम्पतीले जग्गा भाडामा लिएर तरकारी खेती गरेका छन् ।

हरिवन नगरपालिका–४ सासापुर तीनघरेका रामकुमार भुजेल र सम्झना भुजेलले पाँच बिघा जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन् । ती जग्गाको वार्षिक रु तीन लाख भाडा तिर्ने गरी सम्झौता भएको छ । तर उत्पादन गरेको तरकारीले बजार नपाउँदा उनीहरु समस्यामा परेका छन् ।

तीन बिघामा लगाएको भिन्डी, फर्सी, घिरौला, लौका र दुई बिघामा लगाएको परवल उत्पादन भए पनि बिक्री गर्न नपाउँदा समस्यामा परेको उनीहरुले गुनासो गरेका छन् । तरकारी उत्पादनको मुख्य सिजनमै लकडाउन भएपछि तरकारी बेच्न नपाएको रामकुमारको गुनासो छ । “तरकारी उत्पादन भयो तर बजार पाएन, लकडाउन भयो, बिक्री वितरण गर्न नपाएपछि १५ कठ्ठामा लगाएको भिन्डी ट्र्याक्टर लगाएर जोतेँ”, भुजेलले भने, “प्रतिकिलो रु पाँचमा समेत बिक्री नभएपछि आफूले बाध्य भएर जोतेको छु ।” विभिन्न ठाउँका व्यापारीले तरकारीका लागि सम्पर्क गरे पनि लकडाउनले गर्दा कोही पनि आउन वा कहीँ पनि पठाउन नपाएको रामकुमारको भनाइ छ ।

ज्यालामा मान्छे लगाएर निकै मेहेनत गरी पाँच बिघामा फलाएको तरकारी बिक्री नहुँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको रामकुमारकी श्रीमती सम्झना भुजेलले गुनासो गरिन् । डिग्री पास गरेर कृषिकर्ममा लागेका भुजेल दम्पतीले कोभिड–१९ को विरुद्ध देशभर लगाइएको लकडाउनले गर्दा तरकारी बिक्री नहुँदा मर्कामा परेको भन्दै स्थानीय सरकारसँग सहयोगको मागसमेत गरेका छन् । उनीहरुले आफ्नो खेतबारीमा उत्पादित तरकारी बिक्री वितरण गरेर घर व्यवहार चलाउने गरेका थिए ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण सर्लाही जिल्लाका तरकारी उत्पादक किसान मारमा परेका छन् । किसानले उत्पादन गरेको तरकारी बजारमा बिक्री गर्न नपाउँदा बारीमा नै कुहिएर जाने गरेको छ । सबैतिरका बजार बन्द, आवतजावत तथा तरकारी ढुवानीको समस्या भएपछि तरकारी बारीमै कुहिन थालेको कृषकको दुखेसो छ । तरकारीको मुख्य सिजनको समयमा किसानले बिक्रीका लागि तयार भएको बन्दा फर्सीलगायतका तरकारी यतिबेला बजारमा ढुवानी गर्न सकिरहेका छैनन् ।

लकडाउनका कारण जिल्लाका अधिकांश साप्ताहिक हाटबजार लाग्न छाडेका छन् भने बाहिर पठाउन सवारी साधन सञ्चालन नहुँदा खेतबारीमै तरकारी कुहिन थालेका किसानले गुनासो गरेका छन् । कोरोना सङ्क्रमण फैलिने डरले गाउँघरका हाटबजारमा मानिसको चहलपहल बन्द हुँदा उत्पादित तरकारी खेतबारीमै सुक्न थालेको छ । उत्पादन भएका तरकारी बजारसम्म पुर्याउने साधनको अभाव, बाहिरका व्यापारी खेतबारीमा नआउनेलगायतका समस्याका कारण तरकारी उत्पादक किसान मारमा परेका हुन् ।

उत्पादन गरेको तरकारीहरु खेतबारीमै कुहिन थालेपछि तरकारी खेतीबाट जीविका चलाइरहेका कविलासी नगरपालिका–९ सलेमपुरका किसान जोगी महतोले घरपरिवार चलाउन समस्या शुरु भएको बताएका छन् । उत्पादित तरकारी बिक्रीका लागि बजारसम्म लान नसकेकाले पशुचौपायालाई खुवाउनुपरेको तरकारी उत्पादक किसान महतोले बताएका छन् । साहुसँग केही पैसा ब्याजमा लिएर शुरु गरेको तरकारी खेतीबाट आम्दानी हुनुको साटो साहुको ब्याज तिर्नसमेत नसक्ने अवस्था सिर्जना भएको सलेमपुरकै अर्का तरकारी उत्पादक किसान ठगा रायले गुनासो छ ।

व्यावसायिकरूपमा लगाएको तरकारी बाली जिल्ला सदरमुकामलगायत जिल्लाभन्दा बाहिर व्यापारीलाई सम्पर्क गरेर पठाउने गरेको भए पनि लकडाउनका कारण व्यापार व्यवसाय पनि बन्द र ढुवानी गर्ने सवारी साधन पनि बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी त्यसै खेर गएको छ ।

बजार बन्द भएपछि बोडी, लौका, भिन्डी, घिरौला, रामझिङ्गनी, भान्टा, काँक्रो, करेला, विभिन्न किसिमका हरिया सागका साथै हरियो खुर्सानी, टमाटरलगायतका तरकारी बाली बारीमै कुहिन थालेको छ । तरकारी उत्पादनको सिजनमा लकडाउन भएका कारण बीउबिजन तथा मलखाद ल्याउन नसकिएको भन्दै व्यापारीले पनि चर्को शुल्क असुल्ने गरेका हरिवन नगरपालिका–२ का तरकारी उत्पादक किसान रामपुकार महतोले बताए । तरकारी उत्पादनबाट जीविका चलाउने किसानले उत्पादित तरकारी बिक्री वितरण गर्न नपाएपछि घर खर्च टार्नसमेत समस्या हुन थालेको कृषकको गुनासो छ । दिनरात मेहेनत गरेर उत्पादन गरेको तरकारी बिक्री नभएपछि सस्तोमा दिनुपर्ने र पशुचौपायालाई खुवाउनुपर्ने किसानको गुनासो छ ।

कहिलेकाहीँ केही व्यापारी खेतबारीमा आएर तरकारी लगिहाले पनि उत्पादन धेरै भएको र माग थोरै भएपछि व्यावसायिकरूपमा तरकारी खेती गर्ने किसान थप समस्यामा परेका कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies