Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

इन्टरनेटको त कुरा छोडौँ, हेलो भन्न पनि राति समीको बोटमुनि पुग्नुपर्ने बाध्यता छ !

काठमाडौं । नेपालको दूरसञ्चार सेवाको विकास, विस्तार र गुणस्तर दक्षिण एशियामै गौरव गर्न लायक भनिरहँदा संसदीय समितिले गुणस्तर र सेवा विस्तारको धिमा गतिप्रति गम्भीर प्रश्न उठाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाको कार्यप्रगति सुनेपछि सांसद यज्ञ सुनुवारले ‘रातको समयमा समीको बोटमुनि बसेर पूर्व फर्केर डायल गरेपछि काठमाडौँमा ट्वाक्कै फोन लाग्यो’ भनेपछि समितिको बैठकमा हाँसो गुञ्जियो ।

टेलिफोन गर्न राति समीको बोटमुनि पुग्नुपर्छ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीलाई टेलिफोन सेवा र गुणस्तरबारे जानकारी गराउँदै उनले भने, “तीन चार दिनदेखि ओखलढुङ्गाका विभिन्न गाउँबस्तीबाट काठमाडाँै सम्पर्क गर्न खोजेँ तर टावर आएन, एकजना साथीले चौतारोमा रातको समयमा समीको बोटमुनि गई पूर्वतर्फ फर्केर नम्बर डायल गर्न सल्लाह दिए, त्यही गरेँ काठमाडौँसँग सम्पर्क भयो ।”

नेपालले छोटो समयमा सूचना प्रविधि र सञ्चारजगत्मा ठूलो प्रगति गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले पूर्वाधार विकास कार्यक्रमसँग सम्बन्धित मन्त्रालय र निकायबीच समन्वयको अभावले गरेका कामको तारिफ हुने र जस पाउने बेलामा गाली खानुपर्ने अवस्था अन्त्यका लागि समन्वय र सुझबुझका साथ आयोजना अघि बढाउन सुझाव दिए ।

पहाडी जिल्लामा बनेको सडकलाई अप्टिकल फाइबर बिछ्याउन प्रयोग गरिएको हुँदा समयमै काम सकेर वाहीवाही कमाउनुपर्नेमा वर्षाका बेला त्यस्ता सडक हिलाम्मे भई यातायातका साधन दुर्घटना हुने कारक बनिरहेको उनको भनाइ थियो ।

पछिल्लो समय ठेकेदार होस् वा कर्मचारी, दिएको जिम्मेवारीलाई कार्ययोजना बनाई समयमै पूरा गर्नुको साटो अयोग्यतालाई ढाकछोप गर्ने अस्त्रका रूपमा कोभिड–१९ को दृष्टान्त दिने प्रवृत्ति जनप्रतिनिधिका लागि पटक्कै चित्त बुझेको छैन ।

दुई वर्षमा पूरा गर्ने अठोटका साथ २०७५ सालमा शिलान्यास गरिएको सूचना महामार्ग र ब्रोडब्याण्ड इन्टरनेटको हालसम्मको समग्र भौतिक प्रगति ११ प्रतिशतमा सीमित रहेको जानकारी प्राप्त गरेपछि सांसद सुनुवारले भन्नुभयो, “सामान्य टेलिफोन लाइनको त यस्तो अवस्था छ, अप्टिकल फाइबरको त कुरै नगरौँ । घोषणा गरिएका कार्यक्रम कार्यान्वयन नहुँदा जनतामा निराशा पैदा हुन्छ ।”

हुम्लीले अझै हेलो भन्न पाएका छैनन्

हुम्लाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नुहुने रङ्गमति शाही लकडाउन चैतदेखि मात्र भएको हुँदा आफ्ना कमजोरीलाई ढाकछोप गर्न जेलाई पनि कोभिड–१९ देखाएर पन्छन पाइँदैन भने ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा उनले भने, “दूरदराजका हुम्ली जनताले अझै टेलिफोनमा हेलो भन्न पाएका छैनन्, हेलो भन्न कहले पाउँछन् ? कोरोनाले लग्यो ९मरियो० भने ठीकै छ, हैन भने हेलो भन्न त पाउनुप¥यो नि १”

दूरदराजका गाउँबस्तीका समस्या र आवश्यकता पहिल्याएर योजना बनाएको खण्डमा सजिलै कार्यान्वयन हुने तर्क प्रस्तुत गर्दै सांसद शाहीले भन्नुभयो, “इन्टरनेटको कुरा त परै जाओस्, हुम्लामा छ महिनाअघि बिग्रिएको टावर अझै बन्न सकेको छैन, इन्जिनीयरका भाषा बुझिँदैन, हुम्ली जनतालाई नक्सा देखाएर अलमलमा पार्ने मात्र काम भएको छ ।”

समन्वय नगर्नेलाई दण्डको भागिदार बनाउनुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद टोपबहादुर रायमाझीले राजनीतिक प्रणाली फेरिए पनि काम गर्ने र योजना बनाउने संस्कार र संस्कृति परम्परागत रहेकै कारण लक्ष्यअनुसारको नतिजा दिन नसकिएको बताए ।

उनले भने, “राष्ट्रव्यापीरूपमा अप्टिकल फाइबरको सेवा कसरी पु¥याउने हो, यसको गुरुयोजना के हो, कार्यसम्पादन कसरी गर्ने भनेर गहन र विस्तृत छलफल गरिन्न । टापटिपे, फाटफुटे ढङ्गबाट काम गर्छौं, विकास साझेदार निकाय सडक, विद्युत्, खानेपानी, ढल, दूरसञ्चार, वनसँगको समन्वय ठ्याप्पै छैन, स्वदेशमै रोजगार बढाउने, यहाँका उद्योग व्यवसायलाई प्रवद्र्धन गर्नेमा ध्यान पुग्न सकेको छैन । जुन आवश्यक छ ।”

विकास निर्माणसँग सम्बन्धित निकायबीच समन्वय नहँुदा ‘लेख्छन्, कोर्छन् विचरा भूपि शेरचन’ भनेजस्तै कालोपत्र गर्ने, खाल्टो खन्ने अनि पुर्ने क्रम दोहोरिँदा राष्ट्रको ढुकुटी त्यसै खेर गरिरहेको बताउँदै उनले भने, “अब समन्वय गरेर काम नगरिए दण्डनीय बनाउँदै मूल्याङ्कनको पाटो बनाउनुपर्छ । ‘बनाएको छ, भत्काएको छ’ को प्रवृत्तिलाई हामीले बदल्नु प¥यो ।”

आशालाई निराशामा परिणत गरेको छ

सिन्धुलीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने गणेशकुमार पहाडीले अप्टिकल फाइबर र ब्रोडब्याण्ड विस्तारको कार्यप्रगति ११ प्रतिशत हुनुले आशालाई निराशामा परिणत गरेको टिप्पणी गरे ।

“कोभिड–१९ का कारण सबै क्षेत्र धरासायी भए पनि इन्टरनेटको भने धमाधम विस्तार छ, यो क्षेत्रका लागि अहिले ठूलो बजार र अवसर मिलेको छ । मध्यपहाडी र पूर्व–पश्चिम राजमार्गमै पनि कतिपय स्थानमा अझै टेलिफोेन टिप्दैन । विस्तारको कार्यप्रगति निराशाजनक छ, अन्तर मन्त्रालय समन्वयम कमजोर छ, यसलाई अहिले नभएर कहिले सच्याउने रु आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गरी गुरुयोजना बनाएरमात्र काम शुरु गर्ने प्रवृत्ति विकास गरौँ”, उनले भने।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले ‘सरकारी काम, कहिले जाला घाम’ उखानको चरितार्थ ब्रोडब्याण्ड र सूचना महामार्ग निर्माण प्रगतिले देखाएको प्रतिक्रिया दिए ।

उनले भने, “पहिलो प्राथमिकता स्वदेशमै रोजगारी दिने हुनुपर्छ, आयोजना छनोट विधिमा क्रमभङ्गता गर्नै पर्छ । अरु क्षेत्र डामाडोल हुने अवस्था आए पनि इन्टरनेटको बजार कोरोनाले उकासेको छ, अनुकूलता ल्याएको छ, यो समयलाई मौका छोप्नुपर्छ, त्यसका लागि कार्ययोजना बनाएर काम गर्नुस् ।

कमजोरी लुकाउने, ढाँट्ने र छल गर्ने अस्त्र बनाउनु हुन्न

नेपाली काँग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौमले कोभिड–१९ लाई सबैतिरबाट कमीकमजोरी ढाकछोप गर्ने माध्यम बनाइन नहुने बताउँदै यस्तो बेलामा पनि संवेदनशीलता र गम्भीरता नदेखिए परिस्थिति र समयले साथ नदिने तर्क गरे ।

नेकपाका नेता एवं सांसद टेकबहादुर बस्नेतले भने, “भइहाल्छ, चलिराखेकै छ, यति प्रगति भएको छ, भन्ने परम्परा र मनोवृत्ति रहेसम्म तीव्र विकास कोरा कागजमा मात्र सीमित हुनेछ ।”

विकास निर्माणमा स्वदेशी जनशक्ति, साधन स्रोत प्रयोगमा जोड दिनुपर्नेमा परामर्शदाताका नाममा विदेशीलाई पैसा खुवाउने कार्य आपत्तिजनक भएकाले सच्याउनुपर्नेमा जोड दिँदै उनले भने, “हाम्रो कामको गति धीमा छ । कोभिड–१९ लाई कमजोरी लुकाउने, ढाँट्ने र छल गर्ने उदाहरणको अस्त्र बनाउन सकिएला तर यस्तो काम गराइबाट पार पाइँदैन ।”

मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग करिब १० अर्ब र ब्रोडब्याण्ड इन्टरनेट सेवा करिब रु साढे तीन अर्बको लागतमा अघि बढाइएका परियोजना हुन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies