Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बागलुङमा ५५ दिनयता देखिएन कोरोना

बागलुङ । गत चैत २० मा दोस्रो कोरोना सङ्क्रमणको घटना पुष्टि भएयता जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छैनन् । त्यसअघि चैत १५ मा बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीमा पहिलोपटक कोरोना देखिएको थियो ।

बेल्जियमबाट युवतीसँगै फर्किएकी सोही नगरपालिका–३ की ६५ वर्षीया महिला जिल्लाको दोस्रो सङ्क्रमित छन् । उनीहरु चैत ४ मा कतार एयरको विमानबाट दोहा हुँदै काठमाडौँ आएका थिए । युवती नेपालको पाँचौ र महिला छैटौँ सङ्क्रमित छन् । कोरोनालाई जितेपछि दुवै सामान्य जीवनमा फर्किसकेका छन् । धवलागिरि अस्पतालबाट स्वास्थ्यलाभ गरी घर फर्केको पनि महिना दिन बितिसक्यो ।

चैत १० मा काठमाडौँकी १९ वर्षीया युवतीमा कोरोना देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा जिल्लाका दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँकी युवती पनि फ्रान्सबाट दोहा हुँदै कतार एयरको विमानमार्फत नेपाल आएका थिए। नेपालमा कोरोना प्रवेशको शुरुआती चरणमै बागलुङका दुई व्यक्तिमा सङ्क्रमण फेला परेपछि जनसाधारणमा एकाएक त्रास छाएको थियो । घर आएको ११ दिनपछि युवतीमा र १६ दिनपछि महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सो अवधिमा सङ्क्रमितले परिवारका सदस्य, बसोबास क्षेत्र र भौतिक सम्पर्कमा आएका व्यक्तिमा भाइरस सारेको हुनसक्ने भयले धेरैलाई सताएको थियो । सौभाग्य नै मान्नुपर्छ दुवै जनाबाट अर्को व्यक्ति सङ्क्रमित भएको पाइएन । तत्कालै ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी कोरोना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आयो । घरकै सदस्य र भौतिक सम्पर्कमा आएका व्यक्तिमा कोरोना नदेखिएपछि जिल्लावासीमा उत्पन्न डरको ताप घट्यो । स्थानीय अधिकारी, जनस्वास्थ्यकर्मी र चिकित्सक समुदायमा सङ्क्रमण नसरेको निष्कर्षमा पुगे ।

झण्डै दुई महिना बित्न लाग्दासम्म नयाँ सङ्क्रमण नभेटिनुलाई स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले समुदायमा भाइरस नफैलिएको रुपमा अथ्र्याए । “पहिले भेटिएका सङ्क्रमितबाट कुनै जोखिम आइलागेन”, उनले भने, “भारतलगायत बाहिरी ठाउँबाट जिल्ला भित्रने क्रम शुरु भएकाले अब जोखिम थपिँदैछ ।” उहाँले नेपाल कोरोनामुक्त नभएसम्म जिल्लामा सङ्क्रमणको जोखिम सधैँ रहिरहने बताउनुभयो । प्रमुख गुरौले पछिल्ला दिनमा सयौँको सङ्ख्यामा मानिसहरु भारतबाट जिल्ला फर्केकाले सङ्क्रमण फेरि देखिन सक्ने सम्भावना औँल्याए ।

“स्थानीय समुदायमा कोरोना नभए पनि बाहिरबाट आउनेबाट सङ्क्रमणको खतरा छ”, उनले भने, “क्वारेन्टिन व्यवस्थापन र बढीभन्दा बढीमा कोरोना जाँच गर्नुबाहेक हामीसँग अरु विकल्प छैन ।” स्वास्थ्य कार्यालयका अनुसार भारतबाट आएका करिब ३०० अहिले क्वोन्टिनमा छन् । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले पनि भारतलगायत सङ्क्रमित क्षेत्रबाट आएका व्यक्तिबाट सङ्क्रमणको जोखिम रहेको उल्लेख गरे । उनले लामो समयसम्म नयाँ सङ्क्रमण नभेटिनुलाई सुखद् मान्नुपर्ने बताए।

दुई सङ्क्रमितलाई निको बनाएको अस्पतालले शङ्कास्पद बिरामीलाई पनि आइसोलेसनमा राखेर उपचार गर्ने गरेको छ । “ज्वरोका बिरामीलाई विशेष निगरानी गर्छौँ, शङ्कास्पद देखिएमा कोरोना जाँच हुन्छ”, प्रमुख चिकित्सक पोखरेलले भने । अहिले अस्पतालको आइसोलेसनकक्षमा कोही पनि बिरामी छैनन् । नयाँ सङ्क्रमित फेला नपरे पनि ढुक्क भएर बस्ने स्थिति नरहेको प्रमुख चिकित्सक पोखरेलको भनाइ छ । “सम्भावित जुनसुकै अवस्थाका लागि हामी तयारी अवस्थामा बस्नुपर्छ”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कमाण्ड पोष्टका संयोजक गौलोचन सैँजूले भारतबाट आउने नागरिकलाई व्यवस्थित क्वारेन्टिनमा राख्नु नै अहिलेको मुख्य जिम्वेवारी रहेको बताए । “उहाँहरुलाई क्वारेन्टिनमा राख्ने र पिसीआर विधिबाट कारोना जाँचका लागि हाम्रो पहल अघि बढेको छ”, उनले भने।

प्रजिअ सैँजूका अनुसार क्वारेन्टिन व्यवस्थापनमा स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको छ । भारतलगायतका ठाउँबाट एकैसाथ ठूलो सङ्ख्यामा सर्वसाधारण भित्रिँदा क्वारेन्टिनमा श्यया थप्नु र गुणस्तर कायम राख्नु चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।

जिल्ला कमाण्ड पोष्टले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि सबै पक्षसँग समन्वय र सहकार्यमा काम गरिरहेको छ । कन्ट्याक्ट ट्रेसिङ, उच्च निगरानी र सावधानी, बन्दाबन्दीको पालनाजस्ता कारणले कोरोना नियन्त्रणमा सघाएको कमाण्ड पोष्टको बुझाइ छ ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक हजार २७१ जनामा दु्रत जाँच र ३०८ जनामा पिसीआर विधिबाट कोरोना जाँच गरिएको छ । जसमध्ये १८ जनाको रिपोर्ट आउन बाँकी छ । सोमबार पनि पत्रकारलगायत थप शङ्कास्पद व्यक्तिमा कोरोना जाँचका लागि स्वाब लिइएको छ । जिल्लामा सङ्कलित स्वाबको नमूना परीक्षण पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा हुने गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies