Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भारतबाट आएका नागरिकले क्वारेन्टिन भरिभराउ

डोटी । जिल्लाका नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा भारतबाट आएका नागरिकले अहिले भरिभराउ भएका छन् । क्वारेन्टिनमा नागरिक भरिभराउ भए पनि सरकारी मापदण्डअनुसार निर्माण नहुँदा समस्या हुँदै आएको छ । यहाँका क्वारेन्टिनमा शुद्ध पानीदेखि बस्ने सुत्ने तथा खाना पकाउनसमेत समस्या भएको क्वारेन्टिनमा राखिएकाको गुनासो रहेको छ । जिल्लामा कोरोना भाइरस कोभिड–१९ सम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले उल्लेख गरेअनुसार कुनै मापदण्ड कार्यान्वयन भएका छैनन् । स्कूलमा रहेका बेञ्च टेबल जम्मा गरेर एकै श्यया (बेड)मा चारदेखि पाँच जनासम्म सुत्ने बनाइएका छन् । त्यस्तै क्वारेन्टिनमा राखिएका खुलमखुलारूपमा घुमफिर गरिरहेका छन् ।

उनीहरुलाइ घरभित्रै राख्न नसकिएका कारण समस्या उत्पन्न हुँदै आएको र उनीहरु मनपरि घुमिरहेको दिपाल पिपल्लाका स्थानीय समिर विष्टले बताए । उनले भने, “क्वारेनिटनमा सुरक्षा तथा उनीहरुलाई घरभित्रै नराखिएका कारण क्वारेन्टिनमा बसेका घर नदीमा जाने, बजार घुम्ने गरेका छन्, जसले गर्दा अरुलाई पनि समस्या हुने डर छ ।” दिपायल, रानागाउँ, मौवा, तिखा, गड्सेरा, विपीनगरलगायत क्षेत्रका विद्यालयमा निर्माण गरिएका क्वारेन्टिन बस्ती नजिक भएकाले पनि समस्या हुने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ ।

क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा बस्तीबाट टाढा हुनुपर्ने भनिएको छ तर जिल्ला सदरमुकाकै दिल्पेश्वर माविमा बस्तीभन्दा पाँच मिटर नजिकै घरहरु भएकाले कसैमा सङ्क्रमण भए अरुलाई पनि समस्या हुने भन्दै स्थानीयमा त्रास पैसा भएको दिपायलका स्थानीय गोविन्द जोशीले बताए । उनले भने, “वरिपरि बाक्लो बस्ती छ, त्यहीँनिर क्वारेन्टिन बनाइएको छ, क्वारेन्टिनमा राखिएका निवार्धरूपमा घुमिरहन्छन, कोही सङ्क्रमित भए त अरुलाई पनि सर्छ होला नि ।” उक्त विद्यालयको क्वारेन्टिनमा मात्रै ७२ जना राखिएको छ ।

यहाँका क्वारेन्टिनमा एकै कोठामा १० देखि १५ जना बस्ने गरेको स्थानीयवासीले जानकारी दिएका छन् । क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा सञ्चार, स्वास्थ्य, सडक, पानी, बिजुलीको पूर्ण व्यवस्था हुनुपर्ने भनिएको भए पनि कतिपय क्वारेन्टिनमा खानेपानी, विद्युत्, स्वास्थ्य, शुद्ध खानेपानीको व्यवास्थासमेत गरिएको छैन । खाना कसले पकाउने क्वारेन्टिन बस्नेबीच नै कहिलेकाहीँ आपसमा विवाद हुने गरेको जोरायल गाउँपालिका–६ का स्थानीय लोकेन्द्र छेडालले बताए ।

उनले भने, “खाना कस्ले पकाउने भन्ने विषयमा आपसमा विवाद हुन्छ, त्यो बेला सम्झाउने मान्छेसमेत हुँदैनन् ।” विद्यालयका चिसो कोठामा राखिएको र कुनै पनि सुविधा नभएको क्वारेन्टिनमा बस्नेले गुनासो गर्दै आएका छन् । सबै व्यक्तिलाई हुलका हुल क्वारेन्टिनमा राखिएका कारण त्यहाँ समाजिक दूरीको पनि कसैले ख्याल नगर्ने गरेको विपीनगर क्वारेन्टिनमा राखिएका पदम धामीले गुनासो गरे । उनले भने, “पशुजस्तै हुलका हुल राखिएको छ, कसले गर्ने सामाजिक दूरी कायम, भगवान् भरोसामा बसेका छौँ ।”

त्यस्तै यहाँका क्वारेन्टिनमा राखिएकाको स्वास्थ्य जाँचसमेत गरिएको छैन । क्वारेन्टिनमा अहिलेसम्म कुनै पनि स्वास्थ्यकर्मी नआएको उनीहरुको गुनासो छ । यतिमात्र नभइ यहाँका गाउँमा निर्माण गरिएका क्वारेन्टिनमा सुरक्षा उपस्थिति नहुँदा स्थानीय तथा जनप्रतिनिधि आफूलाई असुरक्षित महसुस गरिरहेका छन् । सुरक्षा व्यवस्थापन नहुँदा वडाध्यक्ष तथा सदस्यले क्वारेन्टिनमा रहेकालाई व्यवस्थान गर्न नसक्दा आफूलाई असुरक्षा महसुस गरिरहेको बताउँदै आएका छन् । त्यति मात्र नभइ नजिकै घर भएकाहरु भागेर घर जाने सम्भावना रहेको उनीहरुको भनाइ छ । भारतबाट आउनेको सीमा क्षेत्रमै आरडिटी तथा पिसीआर परीक्षण गर्नुपर्ने जिल्लावासीको माग छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies