Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अन्तरजातीय प्रेमले लियो दलित युवाको ज्यान, वडाध्यक्षसहित पाँच जना पक्राउ

जाजरकोट । अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको हत्या भएपछि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका वडाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको हत्या भएपछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक धर्म्सिंह विष्टले बताए । उनका अनुसार घटनामा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिने क्रम जारी छ ।

भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँका २१ वर्षीय नवराज विककी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी १७ वर्षीय सुस्मा मल्ललाई बेहुलीको रुपमा भित्रुयाउन शनिबार १९ जना युवासहित गाउँ पुगेका बेलामा वडाध्यक्ष वीरबहादुर मल्लसहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेट्दा नवराजको भेरी नदीमा खसेर मृत्यु भएको र अन्य ६ जना बेपत्ता भएको प्रहरी निरीक्षक विष्टले बताए ।

सुस्मालाई लिन नवराज सहितको युवाको समूह सोती पुगेपछि उनका आमा बुवाले गाउँलेलाई बोलाएर आक्रमण गरी लखेटेको प्रहरीले जनाएको छ । पीडितपक्षले भने हत्या गरेर भेरीमा फालिदिएको दावी गरेका छन् ।

प्रहरी निरीक्षक विष्टले घटनापछि जाजरकोटको भेरी नगरपालिका ४ का गणेश विक, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका टीकाराम सुनार बेपत्ता भएको बताए ।

नवराजसहितको युवा समुहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरी लखेटेको स्थानीयको भनाइ छ । तर माइती पक्षले भने केटीको उमेर नपुगेको र केटीले विवाहको लागि अस्वीकार गरे पनि जबरजस्ती लान खोज्दा विवाद भएको दावी गरेका छन् । घटनापछि प्रहरी सम्पर्कमा गएका १२ जनामध्ये भेरी नगरपालिका वडा नम्बर ४ का सुदीप खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

मृतक नवराजको लास जाजरकोट र पश्चिम रुकुमको सिमाना रहेको धल्ला स्थित भेरी नदीको किनारामा भेटिएको प्रहरीले जनाएको छ । नवराजसँगै सोती पुगेका अन्य १२ जना इलाका प्रहरी कार्यालय चौरजहारीमा रहेको र उनीहरुसँग घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।

घटनापछि बेपत्ता भएका अन्य ६ जनाको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको सवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।

घटना जातीय विभेदका कारणले घटेको भए गम्भीर अपराध ठहरिने दलित अधिकारकर्मी बताउँछन् । केटा र केटीको मन मिले जातीय विभेदको नाउँमा कसैले पनि रोक्न नमिल्ने तर उमेर नपुगेको र सहमती नभएको भए पनि भौतिक आक्रमण गरेर ज्यान लिने हर्कत अक्षम्य नहुने दलित अधिकारकर्मी वीरबहादुर विकको भनाइ छ । यस्तो घटनामा संलग्न जो कोहि भए पनि सजायको भागी हुनै पर्ने उनको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies