Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

पूर्व गृहमन्त्री र नेताले फिर्ता गर्न थाले सशस्त्रका सुरक्षाकर्मी

तर, पूर्वराजा र पूर्व प्रधानमन्त्रीले सुरक्षाकर्मी फिर्ता गरेनन्

काठमाडौं । सुरक्षाकर्मी फिर्ता गर्ने क्रमको सुरुवात पूर्वगृहमन्त्री रहेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका थिए । समाचार प्रकाशित भएकै दिन ३१ वैशाखमा उनले सुरक्षाकर्मी फिर्ता गर्ने घोषणा गरेका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ -‘मेरो व्यक्तिगतभन्दा राष्ट्रको सुरक्षा प्रमुख हो । मेरो कारणले राष्ट्रलाई असर परेको भए क्षमाप्रार्थी छु,’ उनले ट्विट गरेका थिए । लगत्तै उनले सशस्त्रको गाडीसहित १० सुरक्षाकर्मी फिर्ता गरेका छन । अब उनको सुरक्षामा तीन जना मात्र खटिएका छन् ।

अन्य नेताहरूबाट पनि सुरक्षाकर्मी फिर्ता हुन थालेको सशस्त्र प्रहरीका एआइजी नारायणबाबु थापाले बताए । उनका अनुसार पूर्वगृहमन्त्रीहरू भीम रावल, रामचन्द्र पौडेल र कमल थापाको घरबाट पनि आधा सुरक्षाकर्मी फिर्ता भएका छन् ।

रावलको सुरक्षामा नौ, पौडेलकोमा १० तथा थापाकोमा १३ जना खटिएका थिए । त्यस्तै, पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको घरमा ११ जना रहेकोमा ६ जना आइतबार फिर्ता भएका छन् ।

त्यस्तै, कांग्रेस नेताहरू गोपालमान श्रेष्ठ, डा। रामशरण महत र डा। प्रकाशशरण महतको घरबाट पनि सुरक्षाकर्मी फिर्ता भएका छन् । ‘फिर्ता भएका सुरक्षाकर्मीलाई तत्कालै नियमित ड्युटीमा खटाइएको छ,’ उपत्यकास्थित सशस्त्र प्रहरी बाहिनीका डिआइजी चन्द्रप्रकाश गौतमले भने ।

कतिपयले आफैँ फोन गरेर सुरक्षाकर्मी फिर्ता लैजान भनेका छन् भने कतिपयलाई भने सशस्त्र प्रहरीले फोन गरेर आग्रह गर्नुपरेको छ । ‘पहिले सरकारले निर्णय गर्दा पनि सुरक्षाकर्मी फिर्ता भएका थिएनन्, तर अहिले धेरैले आफैँ फोन गरेर फिर्ता गर्नुभएको छ,’ सशस्त्रका एक अधिकारीले भने ।

गृह मन्त्रालयले केही महिनाअघि विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि संशोधन गरेर सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । तर, महिनौँ हुँदा पनि निर्णय हुन सकेको छैन ।

एक हजार आठ सय ८० किलोमिटर लामो खुला सिमानामा भारतले लगातार अतिक्रमण बढाउँदा निगरानी गर्न नेपालले पर्याप्त जनशक्ति खटाउन सकेको छैन । भारतले प्रत्येक तीन किलोमिटरमा बोर्डर आउट पोस्ट ९बिओपी० राख्दा नेपालले १५ किलोमिटरको अन्तरमा मात्र यस्ता पोस्ट राखेको छ । सीमारक्षकको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीको जनशक्ति भिआइपीको अगुवा–पछुवाको रूपमा ठूलो संख्यामा खटाइएको छ ।

भिआइपीको सुरक्षा राज्यको जिम्मेवारी हो । तर, नेपालमा कसलाई कति सुरक्षा–चुनौती छ भन्ने मूल्यांकन गरिएको छैन । सुरक्षा जोखिम भए ६–६ महिनामा मूल्यांकन गरेर सुरक्षाकर्मी थपघट गर्नुपर्ने मापदण्ड छ । तर, पहुँचको भरमा विगतमा खटाइएको सुरक्षा जनशक्ति वर्षौंसम्म फिर्ता गरिएको छैन ।

पूूर्व प्रधानमन्त्रीलाई ५–६ जना तथा पूर्वगृहमन्त्रीलाई दुई जना सुरक्षाकर्मी दिए पुग्ने गृह मन्त्रालयको आन्तरिक मूल्यांकन छ । तर, पूर्वराजादेखि पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वमन्त्री, अवकाशप्राप्त सुरक्षाकर्मी तथा केही पहुँचवाला व्यक्तिको घरमा कम्तीमा एक हजार सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयकै तथ्यांक छ ।

सुरक्षाका नाममा दुरुपयोग भएको जनशक्ति तानेर सीमामा पठाउन सकिए करिब २५ बोर्डर आउट पोस्ट ९बिओपी० थप्न सकिन्छ । सीमामा अहिले सशस्त्रको पाँच हजार जनशक्ति परिचालन छ जब कि भारततर्फ नेपालको भन्दा पाँच गुणा धेरै जनशक्ति छ । नेपालको कमजोर उपस्थितिका कारण नै अतिक्रमण मात्र होइन, नाकाबाहिरबाट नेपाल छिर्ने क्रम अहिले पनि रोकिएको छैन ।

तर, पूर्वराजा र पूर्व प्रधानमन्त्रीले सुरक्षाकर्मी फिर्ता गरेनन्
पूर्व गृहमन्त्री र अन्य केही नेताहरूबाट सुरक्षाकर्मी फिर्ता हुन थाले पनि पूर्वराजा र पूर्वप्रधानमन्त्रीले भने अझै पनि फिर्ता गरेका छैनन् । पूर्व प्रधानमन्त्रीहरू असन्तुष्ट हुन सक्ने भन्दै सशस्त्र प्रहरीले पनि त्यसतर्पm पहल गर्न सकेको छैन जब कि उनीहरूको सुरक्षामा नेपाल प्रहरी पनि खटिएको छ ।

पूर्वराजा र राजपरिवारको सुरक्षामा अहिले पनि सशस्त्रका एक सय जनाको फौज परिचालन भएको छ । सशस्त्रको समूहले पूर्वराजा ज्ञानेन्द्र मात्र होइन, पूर्वयुवराज्ञी हिमानीको पनि सुरक्षा गर्दछ । राजपरिवारको सुरक्षा आवश्यक भए पनि सयजना केको आधारमा खटाइएको हो भन्ने कुनै मूल्यांकन छैन ।

पूर्वप्रधानमन्त्रीहरूमध्ये सबैभन्दा ठूलो समूह पुष्पकमल दाहाल, ‘प्रचण्ड’को सुरक्षामा खटिएको छ । उनको सुरक्षामा सशस्त्रका प्रहरीका ४८ सुरक्षाकर्मी परिचालित छन् । त्यस्तै, डिएसपीको नेतृत्वमा नेपाल प्रहरीको छुट्टै समूह पनि उनको सुरक्षामा खटिएको छ ।

सशस्त्र प्रहरीको तथ्यांक भन्छ– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा १४, माधवकुमार नेपालको सुरक्षामा १३, लोकेन्द्रबहादुर चन्दको सुरक्षामा १०, झलनाथ खनालको सुरक्षामा नौ र डा। बाबुराम भट्टराईको सुरक्षामा आठ सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुरक्षामा सशस्त्रका नौ सुरक्षाकर्मी खटिएका छन् ।

त्यस्तै, पूर्वगृहमन्त्रीहरू वामदेव गौतमले १३, विमलेन्द्र निधिले ११ र कृष्णप्रसाद सिटौलाले सशस्त्रका ११ सुरक्षाकर्मी आफ्नो सुरक्षामा परिचालन गरेका छन् । त्यस्तै, पूर्वगृहमन्त्रीका रूपमा जनार्दन शर्माले १० र विजयकुमार गच्छदारले तीन सुरक्षाकर्मी पाएका छन् ।

सुरक्षा दिन मापदण्ड बनाउनुको सट्टा केन्द्रीय सुरक्षा समिति तथा मन्त्रिपरिषद्बाट विभिन्न समयमा निर्णय गरेर नेताहरूलाई सुरक्षाकर्मी दिने गरिएको छ । ‘यो अनावश्यक हो, आवश्यक हो भने कुनै मापदण्ड चाहिन्छ,’ सशस्त्रका एक अधिकारीले भने ।

एआइजीलाई बोलाएर पछुवागाडीसहित सुरक्षाकर्मी फिर्ता पठाएँँ स् नारायणकाजी श्रेष्ठ, पूर्वउपप्रधान तथा गृहमन्त्री
मैले पूर्व गृहमन्त्रीको हैसियतमा गाडी, इन्धनजस्ता राज्यको सुविधा सुरुदेखि नै नलिने नीति लिएको थिएँ ।

गृहमन्त्रीबाट बिदा भएपछि सुरक्षाका लागि मलाई पछुवागाडीसहित सशस्त्र प्रहरी दिइए पनि सुरक्षा खतरा महसुस छैन, आवश्यक छैन भनेर फर्काइदिएँ । ६ वर्षसम्म राज्यको त्यो सुविधा लिइनँ । तर, गत चुनावताका सुरक्षा थ्रेट भएकाले राख्नैपर्छ भन्ने सुरक्षा संयन्त्रको आग्रहअनुसार चुनाव नसकेसम्मका लागि प्रयोग गरेको हुँ ।

तर, चुनाव सकिएपछि पनि निवासमा पछुवागाडी थियो, तर प्रयोग गरेको थिइनँ । किनकि मैले सुरक्षा खतरा महसुस गरेको थिइनँ । फेरि अहिले दुनियाँ र देश संकटमा छ । त्यस्तो वेलामा बोर्डर पोस्टमा सुरक्षाका लागि राज्यलाई थप सुरक्षाकर्मीको आवश्यकता पनि छ ।

त्यसैले सशस्त्र प्रहरी बलका एआइजी नारायणबाबु थापालाई बोलाएर पछुवागाडी र त्यसमा हिँड्ने सुरक्षा टोलीलाई फिर्ता पठाइसकेको छु । मैले त सबै फिर्ता गर्नुस् भनेको थिएँ, तर उहाँहरू तयार हुनुभएन । त्यसैले अहिले तीन जना सुरक्षाकर्मी मात्र मेरो साथमा छन् । राज्यले आवश्यक परेको वेला लगोस् भन्ने आग्रह अहिले पनि छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies