Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लकडाउनको दुई महिना : कोरोना संक्रमणको रफ्तार तीव्र

काठमाडौं । भारतसँग नेपालको खुला सीमाना थिएन भने सायद यतिवेला नेपालका कोरोना संक्रमितको संख्या लगभग शून्य पनि हुन सक्थ्यो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - किनकी हवाई मार्गबाट आएका संक्रमित एक व्यक्तिबाहेक सबै निको भइसकेका छन् । सीमा बन्द तथा लकडाउनपछि भारतबाट आएका व्यक्तिहरूबाटै नेपालमा तीव्र गतिमा कोरोना फैलिइरहेको छ । शनिबारसम्म कोरोना संक्रमितको संख्या पाँच सय ९१ पुगेको छ ।

आइतबार कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन घोषणा भएको दुई महिना पुगेको छ । दुई महिनाको अवधि पुग्दा संक्रमितको ग्राफ बढिरहेको छ । १ जेठयता मात्र तीन सय ४१ जनामा संक्रमण देखिएको छ ।

त्यसअघि संक्रमितको संख्या दुई सय ४३ मात्र थियो । नयाँ संक्रमण बढ्नुको कराण आन्तरिक संक्रमणभन्दा भारतबाट आएकाहरू हुन्न्। लकडाउन प्रभावकारी भए पनि सीमा व्यवस्थापन असफल हुँदा नेपालमा पनि कोरोना महामारी हुने जोखिम देखिएको छ ।

भारतबाट २० हजार भित्रिए

चैतको सुरुवातदेखि छिमेकी देश भारतमा संक्रमित बढेसँगै सीमानाका र अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब परेको थियो । तर, सरकार केही दिन पर्ख र हेरको रणनीतिमा बस्यो । ९ चैतमा बल्ल सीमा र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरियो । त्यसको दुई दिनपछि लकडाउन कार्यान्वयन गरियो ।

समयमै लकडाउन गर्दा देशभित्र संक्रमण फैलन त पाएन, तर खुला सीमानाको व्यवस्थापनमा असफल हुँदा अहिले कोरोनाको संक्रमण तीव्र गतिमा फैलँदै गएको छ । नेपालमा अहिले संक्रमितमध्ये ९० प्रतिशत भारतबाट सडकमार्ग हुँदै आएका छन् । कतिपय लकडाउनअघि नै आएका थिए भने धेरैजसो संक्रमित लकडाउनपछि भित्रिएका छन् ।

सीमा बन्द भएयता भारतबाट करिब २० हजार भित्रिएको गृह मन्त्रालयको आन्तरिक रिपोर्ट छ । धेरैलाई लामो समय दशगजा क्षेत्रमा क्वारेन्टाइनमा राखेर भित्र्याइएको छ । उनीहरूको परीक्षणसमेत नगरी घर जान दिइएको छ । लुकिछिपी आएका ४० भन्दा धेरैमा संक्रमण देखिएको छ ।

जसले ठूलो जोखिम देखाउँछ । लुकिछिपी आउने क्रममा पक्राउ परेकाहरूलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको छ । यसरी लुकिछिपी छिरेको ठूलो संख्या राज्यसंयन्त्रको सम्पर्कमा छैन । उनीहरूबाट संक्रमण फैलने जोखिम छ ।

भारतबाट आएकाहरूलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरे मात्र नेपालमा कोरोना नियन्त्रण हुनसक्ने जनस्वास्थ्यविज्ञहरू बताउँछन् । तर, दुई महिनाको अवधिमा पनि क्वारेन्टाइन बनाउनेलगायत तयारी पूरा गर्न नसक्दा भारतबाट पछिल्लो हप्ता छिरेकाहरूबाट खासगरी प्रदेश सुदूरपश्चिम र कर्णाली प्रदेशमा जोखिम देखिएको छ ।

गृहको असफल सीमा सुरक्षा योजना

गृह मन्त्रालयले भारतसँगको सीमा सुरक्षालाई चुस्त बनाउन समयमा रणनीति बनाएर कार्यान्वयन गर्न नसक्दा यसरी संक्रमण बढेको हो । चैतको सुरुदेखि नै सीमा बन्द गर्नुपर्ने अवस्था देखिएको थियो । तर, गृहले त्यसका लागि कुनै रणनीति बनाएन ।

९ चैतदेखि सीमा बन्द भयो, तर १८ सय ८० किलोमिटर सीमामा जम्मा करिब चार हजार सशस्त्र प्रहरी खटिएका थिए । सुरक्षाकर्मीको उपस्थिति कमजोर भएको मौकामा भारतबाट ठूलो संख्यामा नेपाल भित्रिए । पछि, पहाडका जिल्लामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाइयो । तर, उनीहरूलाई स्रोतसाधन पर्याप्त दिइएन । जसकारण भारतबाट छिर्ने क्रम रोकिएन ।

गृहले सशस्त्र प्रहरीले सम्हालेका कतिपय जिम्मेवारी नेपाली सेनालाई दिएर सीमामा सशस्त्र प्रहरीको संख्या बढाउनेबारे पनि छलफल गर्‍यो । तर, यो प्रस्ताव मन्त्रिपरिषद्सम्म गएन । त्यस्तै, पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री तथा नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत फर्काएर डिउटीमा खटाउन सकेन । गृहमा अनुभवी टिम नहुँदा त्यसको असर सीमा व्यवस्थापनमा देखिएको छ ।

अस्त व्यस्त कन्ट्याक्ट ट्रेसिङ

कोरोना नियन्त्रणको महत्वपूर्ण काम संक्रमित व्यक्तिहरूसँग भेटघाट भएका व्यक्तिहरूको पत्ता लगाई परीक्षण गर्नु हो । संक्रमितको संख्या थोरै हुँदा कन्ट्रयाक्ट ट्रेसिङ केही प्रभावकारी देखिए पनि पछिल्लो समय अस्तव्यस्त हुँदै गएको छ । ट्रेसिङको काम कसले गर्ने भन्नेमा अलमल देखिन्छ ।

कतिसम्म भने यससम्बन्धी प्रस्ट कार्यविधि समेत बनाइएको छैन । यसको मुख्य जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई छ । तर, पर्याप्त स्रोतसाधन र जनशक्तिको अभावमा महाशाखाको ट्रेसिङ प्रभावकारी हुन सकेको छैन ।

उपत्यका बाहिर मात्र होइन, भित्रै कतिपय ट्रेसिङको काम हुन सकेको छैन । काठमाडौंका नक्साल, मैतीदेवी तथा कपन क्षेत्रमा देखिएका संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ प्रभावकारी नभएको भन्दै सांसद गगन थापाले समेत केही दिनअघि सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरेका थिए ।

सेना र प्रहरीले समेत ट्रेसिङको काम गर्दै आएका छन् । तर, एकीकृत संयन्त्र बन्न सकेको छैन । ट्रेसिङ र परीक्षण पनि सुस्त छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies