Khabar Dabali Logo
  June 5, Fri

आर्थिक अनियमितता गरेको आरोपमा सेनाका जर्नेल र कर्नेल हिरासतमा

काठमाडौँ । आर्थिक अनियमितता गरेको आरोपमा नेपाली सेनाका एक जर्नेल र एक कर्नेललाई सैनिक हिरासतमा राखिएको छ । सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी प्रयोगजंग राणा र सोही निर्देशनालयका महासेनानी नवीन सिलवाललाई आर्थिक अनियमितता गरेको आरोपमा छानबिनको लागि सैनिक हिरासतमा राखिएको हो ।

सैनिक उच्च स्रोतका अनुसार प्रमाण नष्ट नहोस् र छानबिनमा सहज होस् भनेर उनीहरु दुवैलाई जेठ ८ गते देखि सुन्धरास्थित राष्ट्रिय सेवा दलस्थित कार्यालय परिसरमा हिरासतमा राखिएको छ ।

राणा र सिलवालले दुई वर्ष अघि वीरेन्द्र शान्ति तालिम केन्द्र ९संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ जानुअघि प्रशिक्षण गर्ने स्थान० काभ्रेको पाँचखालमा अनियमितता गरेको आरोप लागेको हो । त्यस बेला महासेनानी रहेका राणा तालिम केन्द्रका प्रमुख थिए भने सिलवाल उनको मातहतमा काम गर्थे ।

सेनाले आर्थिक अनियमितता भएको संकेत पाएपछि सैनिक ऐन–२०६३ अनुसार उपरथीको नेतृत्वमा कोर्ट अफ् इन्क्वायरी गठन गरी छानबिन भइरहेको छ । उनीहरुको छानबिन अन्तिम चरणमा पुगेको र केही दिनमा सैनिक समरी अदालतले फैसला गर्ने सैनिक स्रोतले बतायो ।

जेठ १० गते, २०७७ - १२:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्टाण्डर्ड नाप र तौल विधेयक सर्वसम्मतिले स्वीकृत

स्टाण्डर्ड नाप र तौल विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘स्टाण्डर्ड नाम र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ माथि विचार...   

अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई थप १९ करोड ४० लाख डलर सहयोग दिने

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड...   

विदेशबाट अलपत्र नेपाली ल्याउन शुरु, म्यान्माबाट २६ जना आइपुगे

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९...   
ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु

ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु

रियो दि जेनेरियो । कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको...   

रुकुम पश्चिम घटनाबारे संसदीय छानबिन समिति गठन हुने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले रुकुम पश्चिममा भएको युवाहरुको हत्याबारे छानबिन गर्न संसदीय...   

पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका रूपमा विकास गर्न आवश्यक : मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका...   

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेत । क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि...   

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला...   

विदेशबाट घर फर्कनेले खर्च व्यहोर्न सके होटल, नत्र स्थानीय क्वारेन्टिन

बनेपा । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी...   

आइसोलेशनमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

पाल्पा । पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top