Khabar Dabali Logo
  June 6, Sat

भारतीयको आक्रमणबाट सीमा क्षेत्रमा खटिएका सशस्त्रका हवल्दार घाइते

झापा । जिल्लाका सीमा क्षेत्रमा भारतीयको आक्रमण बढ्न थालेको छ । नेपाली भूमिमा लगाएको खेति थन्काउने बाहानामा झुण्ड झुण्डमा आएका भारतीयहरुले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्दै आएका छन् ।

आजको अन्नपुर्ण पाेष्ट दैनिकमा खबर छ – नेपाली भूमिमा प्रवेश गर्न खोजेपछि शुक्रबार मध्यान्ह्मा सशस्त्र प्रहरीका हवल्दार शंकर चौधरीमाथि भारतीयले आक्रमण गरेका छन् । कचनकवल गाउँपालिका घेराबारी नजिकैको १२२ नम्बर पिल्लर छेउको अस्थायी पोष्टमा बसेका प्रहरी हवल्दारमाथि भारतीयले आक्रमण गरेका हुन् ।

सीमा क्षेत्रको नेपाली भूमिमा घाँस काट्ने बाहानामा छिर्न खोजेका भारतीयलाई सशस्त्रको टोलीले रोक्न खोज्दा सुरुमा मुखमुखै लागे । त्यसपछि तत्कालै ३०, ४० जनाको झुण्ड आएर आक्रमण प्रयास गरेको गाउँपालिका प्रमुख अञ्जार आलमले जानकारी दिए ।

‘सशस्त्रका हवल्दारलाई गालामाथि कञ्चटमा प्रहार गरेका छन् ।’ आलमले भने, ‘यो किसिमको आक्रमण देशमा लकडाउन सुरु भएपछि नै गाउँपालिकाको विभिन्न सीमा क्षेत्रमा ३ पटक भयो ।’

सीमामा आएर खेती थन्क्याउन पाइन्छ कि भनेर सीमा प्रहरीलाई अनुरोध गर्ने र आउन नदिएपछि गालिगलौज र हातपातमै समेत उत्रिले गरेको आलमको भनाइ छ । गाउँपालिको टोली, सुरक्षाकर्मी र नजिकैका स्थानीय गएर गरेको छलफल गरेपछि उनीहरु फर्केको आलमले जानकारी दिए । अन्नपूर्ण पोष्ट

जेठ १० गते, २०७७ - ०७:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लकडाउनमै १५ उद्योगले पौने ३ अर्बको लगानी स्वीकृति लिए

काठमाडौं । लकडाउनकै अवधिमा नेपालमा ११ उद्योगले विदेशी लगानीको स्वीकृति लिएका छन् । आजको नयाँ पत्रिका...   

जनता समाजावादीको नेतृत्वमै तीव्र विवाद, एकता संकटमा

काठमाडौं । हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै...   

क्वारेन्टिनमा बसेकाको पीसीआर नगर्दा जोखिम बढ्दै

काठमाडौं । सरकारले क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरडिटी–पीसीआर परीक्षण नगर्ने भएको छ । तर,...   

काठमाडौंका तीन स्थानमा विदेशबाट आएकालाई राखिने, यस्ताे छ व्यवस्थापन

काठमाडौं। काठमाडौंका तीन स्थानमा क्वारेन्टाइन निर्माण गरिनेछ । विदेशबाट आएका नागरिकका लागि खरिपाटीको...   

लालपुर्जा नेपालको, भूमि भारतीय कब्जामा

झापा । लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४...   

सीमा समस्यामा त्रिविले थाल्यो अनुसन्धान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मातहतका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई मुलुकको भूगोल,...   

बैतडी घटना : इन्जेक्सन लगाएर बलात्कार गर्ने दोषीलाई साढे ११ वर्ष कैद सजाय

बैतडी । सर्वोच्च अदालतले बैतडी (कुमारी) बलात्कार घटनाका दोषीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको छ । गत...   

सरकारले कोरोना रोकथामका लागि गरेको अर्बौं खर्चको पारदर्शिता खोइ ?

काठमाडौं । सरकारले कोरोना रोकथामका लागि भन्दै चार महिना १२ दिनको अवधिमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च...   

अर्को निर्णय नभएसम्म बजार नखुल्ने

काठमाडौं । अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको...   

५३ हजार विपन्न विद्यार्थीलाई एक अर्बकाे छात्रवृत्ति , अनलाइन फारम भर्न नसकेर १३ हजारले मात्र पाए

काठमाडौं । वर्षमा एकपटक अनलाइन फाराम भर्न नसकेर छात्रवृत्ति गुमाउने अवस्थामा एकैपटक ‘भर्चुअल क्लास’...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top