Khabar Dabali Logo
  June 6, Sat

गुल्मीका कोरोना संक्रमितलाई मृत्यु भएको ३१ घण्टापछि जंगलमा गाडियो

गुल्मी । कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका शिक्षकको ३१ घण्टापछि अन्येष्टि गरिएको छ ।

नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले मृत्यु भएको ३१ घण्टापछि अस्पतालबाट शब निकालेर शुक्रबार दिउँसो बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा लगेर गाडेको हो ।

शव कसले उठाउने भन्ने विषयमा सहमति नहुँदा अस्पतालबाटै शव उठेको थिएन । नेपाली सेनाका बुटवलस्थित २२ नम्बर बाहिनीमा कार्यरत दुई जवान शव उठाउन सहमत भएपछि शवको अन्तिम संस्कार गरिएको हो । कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले पनि अस्पतालबाट शव निकाल्न र अन्तिम संस्कारका लागि नेपाली सेनालाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

मृतकको शव बिहीबार नै तिलोत्तमा नगरपालिकाको वडा नं ३ स्थित मगरघाटमा जलाएर व्यवस्थापन गर्ने प्रयत्न भए पनि स्थानीयले असहमति जनाएका थिए ।

शुक्रबार सैनामैनाको सालझण्डीमा रहेको सामुदायिक वनमा व्यवस्थापन गर्ने प्रयत्न पनि सफल हुन नसकेपछि स्थानीय प्रशासनले कोरोना विशेष अस्पताल समेत रहेको बुटवल धागो कारखानाको पूर्वतर्फको जङ्गल क्षेत्रमा लगेर शव गाडेको हो ।

जेठ ९ गते, २०७७ - १८:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भरतपुर अस्पतालमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतालमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ...   

भारतको हिमाञ्चल प्रदेशमा कोरोनाबाट ३९८ सङ्क्रमित

सिम्ला । भारतको हिमाञ्चल प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य विभागले...   

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग...   

लकडाउनपछि ४६ प्रतिशत उद्योग मात्र सञ्चालनमा

काठमाडौं । बन्दाबन्दी लम्बिँदै जाँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन क्षमतामा कमी...   

आज थप ३२ जनाले जिते कोरोना, निको हुनेको संख्या ३६५ पुग्यो

काठमाडौँ । कोभिड– १९ लाई अहिलेसम्म ३६५ जनाले जितेका छन् । सङ्क्रमित बढेसँगै दैनिक कोभिड– १९ बाट निको...   

डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

रियो डि जानेरियो । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट...   

कोरोना भाइरसको महामारी चुनौतीसँगै अवसर पनि हो : सांसद भट्टराई

कास्की । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले कोरोना भाइरसको महामारीले चुनौतीसँगै अवसरहरु पनि ल्याएको...   
कोरोनाको असर कम गर्न दिगो अर्थतन्त्र विकासमा जोड

कोरोनाको असर कम गर्न दिगो अर्थतन्त्र विकासमा जोड

samsad काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग...   

विदेशबाट आएकालाई खर्च गर्ने होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

बागलुङ । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि...   
कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु, तीनैजनाको मृत्युपछि मात्र कोरोना पुष्टि

कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु, तीनैजनाको मृत्युपछि मात्र कोरोना पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । मृतकहरुमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top